×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संविधान दिवसमा सरकारले सर्वसाधरणको मन दुखायो

३ आश्विन २०७६

३ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा राजधानी काठमाडौको टुँडिखेलमा संघीय सरकारले आयोजना गरेको विशेष कार्यक्रम मा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम हेर्नबाटै बञ्चित भएका छन् ।

सरकारले सर्वसाधरण सबैलाई संविधान दिवसका दिन आयोजित कार्यक्रममा सहभागी भई भव्यताका साथ मनाउन आव्हान गरिरहेका बेला राजधानीका टुँडिखेलमा विशेष कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम अवलोकन गर्नबाटै बञ्चित भएका हुन् । मुल कार्यक्रम स्थलमा प्रवेश नपाएपछि पर्खाल बाहिर बसेर कार्यक्रम हेरिरहेका सर्वसाधरणलाई सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउदै हटाएपछि सर्वसाधरण कार्यक्रम अवलोकन गर्नबाट बञ्चित भएका हुन् ।

राष्ट्रप्रमुख, सरकार प्रमुख , उच्च पदस्थ अधिकारी, विशिष्ट अधिकारी, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख ,राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी कर्मचारी लगायतको उल्लेख्य उपस्थिति रहेको टुंडिखेल भित्र आयोजित विशेष कार्यक्रममा सर्वसाधरणले प्रवेश त पाएनन् नै सुरक्षाकर्मीले पर्खालमा बसेर हेर्न पनि दिएनन् ।

सबैलाई सहभागी भएर हर्षोल्लास पुर्वक संविधान दिवस मनाउन उर्दी पनि जारी गर्ने अनि कार्यक्रममा सहभागी हुन गएका सर्वसाधरणलाई कार्यक्रम हेर्नबाटै रोक्ने सरकारको व्यवहारले सर्वसाधरणलाई निकै दुखि बनायो ।

कार्यक्रम स्थलमा प्रवेश गर्न नपाएपछि तेह्थुम सोल्मा गाविस वडा नम्बर ७ की पार्वती कार्कीको मन पनि साह्ै दुखायो । उपचारका लागि राजधानी गएकी पार्वती सरकारले आव्हान गरेको संविधानदिवसको कार्यक्रममा सहभागी भई हर्षोल्लास साट्नुको साथै केही अनुभव पनि बटुल्न चाहन्थीन् तर पर्खालबाहिर बसेर पनि हेर्न नपाएपछि निकै दुखि भईन् ।

बुढानिलकण्ठकी कमला बोहरा छोराछोरीलाई लिएर ऐतिहासिक महत्वको संविधान दिवसको कार्यक्रम देखाउन आईन् तर हेर्न पाईनन् । उल्टै सवारीको समय भयो भन्दै सुरक्षाकर्मीले झण्डै डेढघण्टा जहाँको त्यही रोकिदिए ।

विराटनगरका गुरु अधिकारी र कृष्ण दाहालको अवस्था पनि उस्तै रह्यो । कार्यक्रम स्थलमा छिर्न त पाएनन् नै पर्खाल बाहिर बसेर पनि हेर्न नपाएपछि सडकमै बसेर आखा तन्काई तन्काई हेर्न बाध्य भए ।

सानोठिमीका महेश दाहाल भने कार्यक्रम स्थलमा प्रवेश नपाएकोमा दुखी त भएनन् तर संविधान दिवस मनाए जसरी नै सरकारले संविधानमा निहित नागरिकको अधिकार प्रत्याभुत गर्न सक्नुपर्ने धारणा राखे ।

संविधानमा सबैको अपनत्व महशुस गराउनका लागि सबैको अनिवार्य सहभागीताको कुरा सरकारले जोड जोडले गरेको भएपनि सर्वसाधरण लाई मुख्य कार्यक्रम हेर्नबाट रोक लगाएपछि टुँडिखेल पुगेर कार्यक्रम हेर्न नपाएका सर्वसाधरण सरकारप्रति रुष्ट देखिएका थिए । संविधान दिवस मुलुकभर मनाईएको छ ।

संघीय सरकारले मुल कार्यक्रम राजधानीको टुंडिखेलमा आयोजना गरेको हो । त्यसैगरी प्रत्येक प्रदेशमा आयोजित कार्यक्रमलाई प्रदेश प्रमुखहरुले सम्बोधन पनि गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top