×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘संविधान बमोजिम राष्ट्रपतिले मलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्थ्यो’

८ जेष्ठ २०७८

८ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रतिनिधिसभामा कायम सदस्य संख्याको स्पष्ट बहुमतसहित प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको बताएका छन् ।

आज एक प्रेस विज्ञप्ति निकालेर देउवाले राष्ट्रपतिबाट आह्वान भए अनुसार आफूले १ सय ४९ जना सांसदका हस्ताक्षर पेश गरे पनि आफूलाई प्रधानमन्त्रीमा नियुक्त नगरेको भन्दै आक्रोश व्यक्त गर्नु भएको छ ।

नेपालको संविधान बमोजिम राष्ट्रपतिले आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई अस्विकार गर्दै एकपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भइ संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने घोषणा गरेका ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी भएको विज्ञप्तिमा भनिएको छ ।

यस्तै उहाँले वर्तमान सरकार गठनपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन तथा संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेसले यी सबै कार्यको घोर भर्त्सना गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top