×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सडक कर विद्युतीय प्रणालीबाट उठाइने

२१ श्रावण २०७७

काठमाडाैँ : सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी सुरु गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत सडकबाटै कर उठाउने प्रणाली अन्त्य हुने भएको हो ।

सडक उपभोग दस्तुर सङ्कलन गर्न प्रयोग गर्दै आएको ढाट प्रणालीलाई हटाएर विद्युतीय भुक्तानी प्रणाली जडान गर्ने तयारी सडक बोर्ड नेपालले सुरु गरेको छ । सडक बोर्डले २०५२ सालदेखि ठेकेदारमार्फत सडकमा ढाट लगाएर दस्तुर उठाउँदै आएको छ । अहिले मुलुकका केही राजमार्गका विभिन्न आठ ठाउँमा ढाट लगाएर सडक दस्तुर सङ्कलन हुँदै आएको छ ।

सडक मर्मत सम्भारका लागि उठाउँदै आएको सडक उपभोग दस्तुर उपभोगकर्ताले बिनाझन्झट सहज किसिमले भुक्तानी गर्न सकियोस् भन्ने उद्देश्यले ढाट प्रणालीलाई हटाएर विद्युतीय भुक्तानी प्रणाली राख्न लागिएको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले जानकारी दिए ।

उनले भने, ‘‘पूर्णरूपमा स्वचालित हुने यो प्रणालीमार्फत सडक उपभोगकर्ताले तिरेको रकम सीधै सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ ।’’ अहिलेसम्म सङ्कलन भएको रकम सम्बन्धित सडक खण्डको मर्मत सम्भारमा नै खर्च हुँदै आएको उहाँले बताउनुभयो । विद्युतीय भुक्तानी प्रणाली जडान गर्नका लागि चालू आर्थिक वर्षभित्र नै परामर्शदाता चयन गरी अध्ययन कार्य सम्पन्न गरिने भएको छ । यो प्रणाली जडान भइसकेपछि उपभोक्ताले उपभोग दस्तुर तिर्न घण्टौँ लाइनमा लाग्नु पर्दैन । ‘‘विद्युतीय प्रणाली जडान भइसकेपछि सडक बोर्डले सडक उपभोगकर्ता सवारीधनीलाई एउटा कार्ड उपलब्ध गराउँछ, त्यसैगरी अहिले ढाट राखिएको ठाउँमा ‘डिभाइस’ जडान गरिनेछ,’’ कार्यकारी निर्देशक बस्नेतले भने । सवारीसाधन लिएर आएका उपभोक्ताले आफ्नो कार्ड डिभाइसमार्फत दस्तुर तिर्न सक्छन् ।,आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top