देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ, साउन २१ मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ । मनसुन न्यूनचापीय रेखा नेपाल नजिक (खासगरी मध्य र पश्चिम क्षेत्र) भएकाले काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको मौसविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार आज राति काठमाडौँसहित मध्य र पश्चिमका एक÷दुई… Continue reading देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

पूर्वमा ८४ प्रतिशत क्षेत्रफलमा धान रोपाई, सबैभन्दा बढी सोलुखुम्बुमा ९९ प्रतिशत

विराटनगर,साउन २१ पूर्वमा साउनको तेस्रो सातासम्म धान खेती हुने क्षेत्रफल मध्य ८४ प्रतिशत क्षेत्रफलमा धान रोपाई भएको छ । धान खेतीको लागि उर्वरभूमि मानिने तराई पहाडी क्षेत्रको कुल ४ लाख ६६ हजार २ सय ८६ हेक्टरमा धान खेती हुँदै आएकोमा साउन २१ गतेसम्ममा ३ लाख ९३ हजार ६१ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको क्षेत्रीय कृषि… Continue reading पूर्वमा ८४ प्रतिशत क्षेत्रफलमा धान रोपाई, सबैभन्दा बढी सोलुखुम्बुमा ९९ प्रतिशत

रोजगारीका लागि कोरिया जाने नेपालीका लागि हवाई भाडा घट्यो

काठमाडाँै, साउन २१ रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ ।नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडाबापत तिर्ने रकम ५३० अमेरिकन डलरबाट ४११ अमेरिकन डलरमा झरेको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ । अब नेपाली कामदारले कोरिया जाँदा हवाई टिकटबापत रु… Continue reading रोजगारीका लागि कोरिया जाने नेपालीका लागि हवाई भाडा घट्यो

एउटै वडाका १६१ महिला इराकमा

चौतारा,साउन २१ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ । नेपाल सरकारले खुला नगरे पनि भारतको बाटो भएर यहाँका २४७ जना इराक गएका छन् । इराक जानेमा १६१ महिला रहेको माइती नेपालको जिल्ला संयोजक पवित्रा धिमिरेले बताईन् । माइती नेपालले प्रत्येक घरमा गएर हालै सर्भेक्षण गरेको थियो ।… Continue reading एउटै वडाका १६१ महिला इराकमा

विद्युत हुकिंग गर्ने प्रहरीको फन्दामा

विराटनगर,साउन २१ विद्युत चोरीमा संलग्न मोरङको जहदा गांउपालिकाका ९ जनालाई जरिवाना गराइएको छ । विद्युत पोलबाट अवैधानिक रुपले हुकिंगगरी विद्युत चोरी गरेको अभियोगमा पक्राउ गरिएका ९ जना सोमबार नियमानुसारको जरिवाना तिरेर रिहा भएका छन । विद्युत चुहावट नियन्त्रण गर्न खटिएको टोलीले आइतबार ती ब्यक्तिहरुलाई जहदा गांउपालिकाको वडा नम्बर ७ बाट पक्राउ गरेको थियो । पक्राउ… Continue reading विद्युत हुकिंग गर्ने प्रहरीको फन्दामा

बजारको अभावमा गोलभेंडा बारीमै कुहिए

विराटनगर,साउन २१ भारत निर्यातहुने कृषि उपजको सूचिमा नेपाली गोलभेंडा नपरेको बहाना बनाएर निर्यातमा गरिएको अबरोधपछि धनकुटाका किसानले उत्पादन गरेको गोलभेंडा बारीमै कुहिन थालेको छ । गत बर्ष बोटबाटै प्रतिकिलो ६५ रुपैयाँसम्ममा बिक्रि भएको गोलभेंडा यो बर्ष तीन रुपैयाँमा पनि बिक्रि भएको छैन । ६ रोपनीमा खेती गरी उत्पादन गरेको गोलभेंडा बेचेर गएको बर्ष ७ लाख… Continue reading बजारको अभावमा गोलभेंडा बारीमै कुहिए

काठमाडौंबाट अपहरित बालकको हत्या

विराटनगर,साउन २१ राजधानीको काँडाघारीबाट आइतवार अपहरणमा परेका ११ वर्षीय बालकको हत्या भएको छ । आईतबार साँझ अपहरित निशान खड्कालाई अपहरणकारी समूहले हत्या गरेको हो । बालकको शव भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ७ नगदेशमा गाडिरहेको अवस्थामा भेटिएको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । अपहरणकारीले सोमबार बिहान निशानको परिवारलाई सम्पर्क गरेर निशान… Continue reading काठमाडौंबाट अपहरित बालकको हत्या

भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए

विराटनगर,साउन २१ भक्तपुरको डोलेश्वर जंगलमा प्रहरीले अपहरणकारीमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा भएको भिडन्तमा प्रहरीको गोली लागि अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अपहरणकारीमाथि गोली चलाउँदा उनीहरुको मृत्यु भएको महानगरीय… Continue reading भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए

लाइन्स क्लब अफ विराटनगर डाइनोले गर्याे ईट्टा उद्योगमा बृक्षारोपण

विराटनगर,साउन २१ बढ्दो वायुप्रदुषण रोक्न हामी सबैको पहल भन्ने उद्धेश्यका साथ लाइन्स क्लब अफ विराटनगर डाइनोले मोरङको रंगेली स्थित नयाँबजारमा रहेको एसीसी ईटा उद्योग परिसरमा बृक्षारोपण गरेको छ । सोमबार विहान लाइनका पदाधिकारीहरुले विभिन्न जातका १ सय ५० विरुवाहरु रोपेका हुन ।   वन कार्यालय मोरङले उपलब्ध गराएका १ सय बढी टिक, २० भन्दा बढी… Continue reading लाइन्स क्लब अफ विराटनगर डाइनोले गर्याे ईट्टा उद्योगमा बृक्षारोपण

घाँस काट्न गएकी महिलालाई बाघले लग्यो

रत्ननगर, साउन २१ चितवनको भरतपुर महानगरपालिका वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको छ । स्थानीय राप्तीदून मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासी विकास पाठकले जानकारी दिए । उनलाई बाघले आक्रमण गरेको देखेपछि बेहोश भएका अर्का एक जनालाई उपचारका लागि अस्पताल लगिएको… Continue reading घाँस काट्न गएकी महिलालाई बाघले लग्यो

बस दुर्घटनामा १६ घाइते

पर्वत, साउन २१ मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा आज बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख ५५९८ नं को बस सडकबाट करीव ३० मिटर तल खेतमा खस्दा त्यसमा सवार १६ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक… Continue reading बस दुर्घटनामा १६ घाइते

काठमाडौँमा २० मुलुकका उच्च सैनिकको अभ्यास शुरु

काठमाडौँ, साउन २१ विपद्को समयमा मानवीय उद्धारमा खटिँदा बहुराष्ट्रिय सेनाबीच सम्पर्क कायम गरी सूचना प्रवाहलाई कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने उद्देश्यले २० मुलुकका उच्च सैनिकको अभ्यास आजदेखि यहाँ शुरु भएको छ । अमेरिकी सेनाको प्रशान्त क्षेत्र कमाण्डको सहयोगमा नेपाली सेनाद्वारा आयोजित उक्त अभ्यासमा आ–आफना देशका सैनिकले सञ्चालनमा ल्याएका दूरसञ्चार (सिग्नल) मार्फत बहुराष्ट्रिय सेनाबीच विपद्का समयमा… Continue reading काठमाडौँमा २० मुलुकका उच्च सैनिकको अभ्यास शुरु

नवजात शिशुको मृत्यू प्रकरणको छानविन हुने (अपडेट)

विराटनगर,साउन २१ नवजात शिशुको मृत्यू भएपछि विराटनगरस्थित कोशी अंचल अस्पतालमा तीनदिन देखि जारी तनाव अन्त्य भएको छ । चिकित्सकको लापरवाहीले शिशुको मृत्यु भएको भन्दै आफ्न्तले शुक्रबारदेखि आन्दोलन गर्दै आएका थिए । आईतबार अस्पताल प्रशासन र पीडित पक्षबीचको छलफलमा तनाव अन्त्य गर्ने सहमति भएको हो । सहमति अनुसार पीडितका परिवारलाई कोशी अञ्चल अस्पतालले आजिवन निःशुल्क उपचार… Continue reading नवजात शिशुको मृत्यू प्रकरणको छानविन हुने (अपडेट)

नारायणगढ मुग्लिन सडक अवरुद्ध

चितवन, साउन २१ निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ः५५ बजेबाट सडक अवरुद्ध भएको हो । जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता… Continue reading नारायणगढ मुग्लिन सडक अवरुद्ध

राहत वितरणका लागि सहजीकरण समिति गठन

विराटनगर,साउन २१ समयमा वितरण नगरिएका कारण फिर्ता गएको बाढी पीडितको राहत रकम फेरिपनि निकासा गराउन पहलगर्ने उद्धेश्यले कटहरी गांउपालिकाले बाढीपीडित राहत वितरण सहजीकरण समिति गठन गरेको छ । गांउपालिकाले आज पत्रकार सम्मेलनको आयोजनागर्दै सो बिषयमा जानकारी दिएको हो । समितिमा गांउपालिकाका प्रमुख रामकुमार कामतसहित बाढीपीडित संघर्ष समितिका संयोजक मृत्यूञ्जय झा रहेका छन् । ७ सदस्यीय… Continue reading राहत वितरणका लागि सहजीकरण समिति गठन

वपरडेकले गर्याे २६ जनालाई सम्मान

विराटनगर,साउन २१ महिला शान्ति अनुसन्धान तथा विकास केन्द्र (वपरडेक)ले आईतबार २६ जनालाई सम्मान गरेको छ । संस्थाले मानव अधिकार र महिला अधिकारको क्षेत्रमा पु¥याएको योगदानको कदर सम्मान गरेको हो । १३ औं वार्षिकत्सव एवं साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा पत्रकार , समाजसेवी , अधिकारकर्मी र चिकित्सकलाई सम्मान गरेको हो । सम्मानित हुनेमा मकालु टेलिभिजनका वरिष्ठ… Continue reading वपरडेकले गर्याे २६ जनालाई सम्मान

सरकारले १८ देखि ६० वर्ष उमेर सम्मका बेरोजगारलाई भत्ता दिने

साउन २१ : सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ।वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको व्यक्तिलाई भत्ता दिनेगरी कानुन बनाउन लागिएको समाचार आजको कान्तिपुर दैनिकमा छपिएको छ । १८ वर्षदेखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई यो सुविधा दिनेगरी बनाइएको कानुनको मस्यौदा श्रम रोजगार तथा सामाजिक सुरक्षा… Continue reading सरकारले १८ देखि ६० वर्ष उमेर सम्मका बेरोजगारलाई भत्ता दिने

प्रदेश अन्तर्गत रहने कार्यालयको टुङ्गो लाग्यो

साउन २१ : सरकारले प्रदेशमा जाने सरकारी कार्यालय संख्या टुंगो लगाएको छ।सरकारले प्रदेशमा रहने सरकारी कार्यालयको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भेअनुसार अन्तिम टुंगो लगाएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । संघीय सरकारको मातहतमा रहँदै आएका सवारीचालक अनुमति कार्यालय (लाइसेन्स वितरण गर्ने कार्यालय), काठमाडौं बाहिर रहेका संग्राहलय, बाख्रा विकास, मत्स्य विकास, भेटनरी, कुखुरा फर्म, बिउ… Continue reading प्रदेश अन्तर्गत रहने कार्यालयको टुङ्गो लाग्यो

१३ वर्षीया किशोरीको बलात्कारपछि हत्या !

साउन २१ :कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरीको ११ दिनअघि बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको छ । आजका कान्तिपुर दैनिकमा यो खबर छ । किशोरीको पोष्टमार्टम रिपोर्टबाट उक्त कुरा पुष्टि भएको प्रहरीले जनाएको छ। “हामीले जे आशका गरेका थियौं, त्यही पुष्टी भयो” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञान बहादुर सेठीले भने। तर… Continue reading १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या !

छथरमा बसाइँ सरेर जानेलाई १ लाख रुपैयाँ इनाम !

साउन २१ : तेह्रथुमको छथर गाउँपालिकाले बसाइँ सरेर आउने नागरिकलाई १ लाख रुपैयाँ इनाम दिने नीति लिएको छ ।गाउँपालिकाले उनीहरुलाई ब्यावसायिक काम गरेमा ५ लाख रुपैयाँ अनुदान समेत दिने घोषणा गरेको छ । आजको कारोवार दैनिकमा यो खबर छ । नेपालमै पहिलोपटक यस गाउँपालिकामा बसाइँ सरी आउने नागरिकलाई ब्यावसायिक अनुदान दिने कार्यक्रम तयार भएको अधिकारीहरुले… Continue reading छथरमा बसाइँ सरेर जानेलाई १ लाख रुपैयाँ इनाम !

एक लाख ५० हजार रियाल बुझाएर साउदीको जेलबाट फर्किए इलामका प्रेम

साउन २१ आफुले चलाएको मालवाहक गाडी चोरी भएपछि जेल चलान भएका इलामका प्रेमबहादुर राई साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत एक लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) बुझाएपछि जेलमुक्त भएका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किए । गाडी चोरी भएपछि साउदी अदालतले उनलाई दुई महिना जेल… Continue reading एक लाख ५० हजार रियाल बुझाएर साउदीको जेलबाट फर्किए इलामका प्रेम

प्रधानन्यायाधीशको अग्रपंक्तिमा आएका मिश्रको प्रमाणपत्रपनि भारतको

साउन २१, कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद भईरहेको बेला रहेको बेला उनीपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि ‘अर्गानिक’ नभई आयातीत भएको देखिएको छ । संसदीय सुनुवाई समितिले जोशीको नाम अस्वीकृत गरेपछि प्रधानन्यायाधीशको अग्रपंक्तिमा आएका मिश्र पनि शैक्षिक प्रमाणपत्रकै विवादमा तानिने सम्भावना बढेको छ । यो खबर आजको नयाँ पत्रिकामा छ । प्राप्त… Continue reading प्रधानन्यायाधीशको अग्रपंक्तिमा आएका मिश्रको प्रमाणपत्रपनि भारतको

अबैधरुपमा उत्खननमा प्रयोग गरिएका ट्रयाक्टर प्रहरी नियन्त्रणमा

विराटनगर,साउन २१ अबैधरुपमा गिट्टी बालुवा उत्खननमा प्रयोग गरेको अभियोगमा प्रहरीले मोरङबाट ५ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । मोरङको सुन्दरहरैचा ४ स्थित गछिया खोलामा अबैध उत्खननमा संलग्न ती ट्रयाक्टरहरुलाई आईतबार प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय बेलबारी तथा गछिया प्रहरीचौकीको टोलीले अवैधरुपमा उत्खन्नमा संलग्न हुंदैगर्दा ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता निशान थापाले… Continue reading अबैधरुपमा उत्खननमा प्रयोग गरिएका ट्रयाक्टर प्रहरी नियन्त्रणमा

चोरीमा संलग्न एक दर्जन व्यक्ति पक्राउ

विराटनगर,साउन २० इटहरीबाट प्रहरीले चोरीमा संलग्न एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पेशेवर रुपमै चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएकोे छ । नेपाल र भारतका विभिन्न स्थानमा चोरीमा संलग्न उनीहरुलाई विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो । टीकाराम श्रेष्ठ सन्देश भनिने दिनेश अधिकारी, रामकुमार विष्ट, दिनेश मरिक डोमलगायतलाई नियन्त्रणमा लिइएको… Continue reading चोरीमा संलग्न एक दर्जन व्यक्ति पक्राउ

गंगामायाका छोरा नुरप्रसाद भेटिए

विराटनगर,साउन २० गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई नियन्त्रणमा लिएको छ । अपराध महाशाखाको टोलीले नुरप्रसादलाई आइतबार मध्याहृन सानेपाबाट नियन्त्रणमा लिएको हो । गंगामायाकै आग्रहमा प्रहरीले उनको खोजी गरेको हो । हालै मात्र अनसन तोड्ने क्रममा अधिकारीले मानवअधिकार आयोगसमक्ष आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेकी थिइन् । गंगामायाको कान्छा छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग… Continue reading गंगामायाका छोरा नुरप्रसाद भेटिए

फुजेल घटनाको बहस शुरु

चितवन, साउन २० गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस आज शुरु भएको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुलीबाट बहस शुरु भएको अदालतका स्रेस्तेदार गहेन्द्र पन्तले जानकारी दिए । कृष्णप्रसादको विसं २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा… Continue reading फुजेल घटनाको बहस शुरु

जाजरकोटमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु

जाजरकोट, साउन २० जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजार नजिक आज बिहान सात बजे गएको पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ । स्थानीय पत्रकार तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार,८ वर्षीय गोबिन्द परियार र ८ वर्षीय दर्शक परियार छन्… Continue reading जाजरकोटमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु

नेपालका गाईगोरु बंगलादेश तस्करी

साउन २० : तस्करी समहुले नेपालको पहाडी क्षेत्रबाट गाईगोरु संकलन गरी बंगलादेशतर्फ तस्करी गर्ने गरेको खुलेको छ ।यो खबर आजको नयाँ पत्रिकामा छ । नुवाकोट प्रहरीले सिन्धुलीको सिन्धुलीगढी २ का अनिल मोक्तानलाई दुई ट्रक गाईगोरुसहित देवीघाटबाट पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो प्रहरीका अनुसार उनले नुवाकोटको लिपु, गुप्तेश्वर, शिवपुरीलगायतका क्षेत्रबाट गाईगोरु जम्मा गरी बंगलादेशतर्फ लैजान… Continue reading नेपालका गाईगोरु बंगलादेश तस्करी

कोसी ब्यारेज निर्माण भएको आधा शताब्दी बित्दा पनि किसानले पाएनन् मुआब्जा

सप्तरी : नेपाल र भारतबीच कोसी सम्झौताअनुरूप कोसी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भएपनि ब्यारेज निर्माणअघि अधिग्रहण गरिएको तथा ब्यारेज निर्माणका कारण डुबान र कटानमा परेको नेपालतर्फको हजारौं बिघा खेतीयोग्य जग्गाबापतको मुआब्जा अझै नेपाली किसानले पाउन सकेका छैनन् । आजको नागरिक दैनिकमा मुख्य समाचार छ, सप्तरी, सुनसरी र उदयपुरका हजारौं किसान अधिग्रहण गरेको र… Continue reading कोसी ब्यारेज निर्माण भएको आधा शताब्दी बित्दा पनि किसानले पाएनन् मुआब्जा

नयाँदिल्लीबाट उद्धार गरिएका ६८ नेपाली महिलालाई खाडी पठाउन खोजिएको पुष्टि

काठमाडौँ : नयाँदिल्लीबाट गतसाता उद्धार गरिएका ६८ नेपाली महिलालाई गैरकानुनी रूपमा अरब मुलुक पठाउन खोजिएको पुष्टि भएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । उद्धार गरिएका ७१ नेपाली महिलामध्ये ६८ जनालाई दिल्ली हुँदै अरब पठाउन लागिएको पुष्टि भएको हो । उनीहरूमध्ये १६ जनालाई मंगलबार काठमाडौं ल्याइएको छ, ३६ जनालाई शनिबार साँझ दिल्लीबाट भैरहवातर्फ ल्याइएको छ… Continue reading नयाँदिल्लीबाट उद्धार गरिएका ६८ नेपाली महिलालाई खाडी पठाउन खोजिएको पुष्टि

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, साउन २० नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो खसिरहेकाले रातको समयमा सफा गर्न नसकिएको भए पनि बिहानबाट पहिरो पन्छाउने काम सुरु भएको जनाइएको छ । सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ । सोही ठाउँमा शनिबर… Continue reading नारायणगढ–मुग्लिन सडक अवरुद्ध

अभियान शुरु गरेका तीन वर्ष बिते पनि छब्बीस तुइन विस्थापन हुन बाँकी

काठमाडौँ, साउन १९ सरकारले विभिन्न नदी र खोल्सामाथि आवागमनका लागि बनाइएका तुइन विस्थापनका लागि अभियान शुरु गरेका तीन वर्ष बिते पनि अझै २६ वटा तुइन सञ्चालनमै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक प्रधानमन्त्री पदमा बहाली गर्दा विसं २०७२ असोज २५ मा दुुई वर्षभित्र तुइन विस्थापन हुने गरी मन्त्रिपरिषद्बाट निर्णय गराई सम्बन्धित निकायलाई निर्देशन… Continue reading अभियान शुरु गरेका तीन वर्ष बिते पनि छब्बीस तुइन विस्थापन हुन बाँकी

नारायणगढ–मुग्लिन सडक पहिरोका कारण पुन अवरुद्ध

चितवन, साउन १९ नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलवीरेमा पहिरो जाँदा पुनः सवारी साधन आवागमन अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छा कामना गाउँपालिका–६ जलवीरेमा दिउँसो २ः ५५ बजे पहिरो गएपछि सवारी आवागमन अवरुद्ध भएको हो । आज बिहान भरतपुर महानगरपालिका–२९ घुमाउनेमा खसेको पहिरो २ः४५ बजे पन्छाएर सडक सञ्चालन गरिएको थियो । जलवीरेमा खसेको पहिरो… Continue reading नारायणगढ–मुग्लिन सडक पहिरोका कारण पुन अवरुद्ध

आदिवासी जनजातिका एजेण्डामा बौद्धिक बहस हुनुपर्छ : सभामुख महरा

काठमाडौँ, साउन १९ सभामुख कृष्णबहादुर महराले आदिवासी जनजाति समुदायको आन्दोलन र त्यसले उठाएका आवाज संसद्कै ‘एजेण्डा’ हुने गरी बौद्धिक बहसमा लैजान आग्रह गरेका छन् । चौबीसौँ विश्व आदिवासी दिवसका अवसरमा आज यहाँ आयोजित आदिवासी जनजाति बृहत राष्ट्रिय राजनीतिक सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, “आदिवासी जनजाति समुदायले उठाउँदै आएका अधिकार, प्रतिनिधित्व, स्वायत्तता÷स्वशासन र पहिचानसहितको संघीयताजस्ता मुद्दालाई… Continue reading आदिवासी जनजातिका एजेण्डामा बौद्धिक बहस हुनुपर्छ : सभामुख महरा

शमसानघाटलाई डम्पिङ साईट बनाएकोमा रुष्ट

विराटनगर,साउन १९ विराटनगर–६ स्थित किरांतीहरुको शमसानघाटलाई डम्पीङ साईट बनाइएकोमा सरोकारवालाले विरोध जनाएका छन । २४ औं विश्व आदिवासी दिवसको पुर्वसन्ध्यामा सो शमसानघाटको सरसफाई गर्न पुगेका सरोकारवालाले चिहानहरु फोहोरको डंगुरमा पुरिएको फेला पारेपछि विरोध जनाएका हुन । किराती समुदायले २०५४ सालयता सो ठांउमा मृतकको अन्त्येष्टि गर्दै आएका छन । विराटनगर महानगरपालिकाले भने सोहि ठांउमा नगरक्षेत्रमा उत्पादन… Continue reading शमसानघाटलाई डम्पिङ साईट बनाएकोमा रुष्ट

कृषिमा लगानी उल्लेखनीय, प्रतिफल स्थिर

काठमाडौँ, साउन १९ कृषिमा सरकारी अनुदान र वित्तीय संस्थाको ऋण लगानी उल्लेखनीय छ । तर, लगानीअनुरुप प्रतिफल प्राप्त हुनसकेको छैन । कृषि विकास मन्त्रालयले आव ०७३।०७४ मा रु १० अर्ब ७८ करोड अनुदान र कृषि बिकास बैंकले २०७५ असारसम्म रु एक खर्ब ३४ अर्ब ३२ करोड लगानी गरेको छ । कृषि विकास बैंक सरकारको ५१… Continue reading कृषिमा लगानी उल्लेखनीय, प्रतिफल स्थिर

प्रतिकूल मौसमका कारण दैनिक पचास प्रतिशत उडान रद्ध,अवतरण नगरेरै फर्किन्छन् जहाज

डोल्पा,साउन १९ केही दिनदेखि निरन्तरको वर्षाका कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु मर्कामा परेका छन् । झण्डै डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलदेखि पहाडी जिल्लामा हुने ५० प्रतिशतभन्दा धेरै उडान रद्द हुने गरेको छ । निरन्तर वर्षा र बाग्लो हुस्सुका कारण पश्चिम भेगका हवाई उडान प्रभावित हुँदै आएको नेपालगञ्ज… Continue reading प्रतिकूल मौसमका कारण दैनिक पचास प्रतिशत उडान रद्ध,अवतरण नगरेरै फर्किन्छन् जहाज

बलात्कारीलाई फाँसीको माग

विराटनगर,साउन १९ बलात्कारीलाई फाँसीको माग गर्दै विराटनगरका युवाले ¥याली निकालेका छन् । स्थानीय ट्राफिकचोकबाट निकालिएको ¥यालीले बजार परिक्रमा गरेको छ । ¥यालीले बुधहाट, जल्जलाचोकबाट मेनरोड हुँदै नगरक्षेत्रका विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय चोकमा पुगेर समापन भएको थियो ।     ¥यालीका सहभागीले महिला हिंसा रोक्न तथा बलात्कारीलाई फाँसी दिनुपर्ने माग गर्दै नारा लगाएका… Continue reading बलात्कारीलाई फाँसीको माग

देशभर नब्बे प्रतिशत धान रोपाइँ, ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान

काठमाडौँ, साउन १९ देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाइँँ सम्पन्न भएको पाइएको छ ।कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँँ सम्पन्न भएको छ । गत वर्ष साउनको दोस्रो सातासम्म ७७ प्रतिशत मात्र रोपाइँँ भएको थियो । अघिल्लो वर्ष भदौ १३ गतेसम्म ९५ प्रतिशत रोपाइँँ भएकामा यस… Continue reading देशभर नब्बे प्रतिशत धान रोपाइँ, ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान

अफ्रिकी देश कङ्गोमा तैनाथ नेपाली सेना विकास–निर्माणमा व्यस्त

कङ्गो, साउन १९ नेपाली सेना स्वदेशमा मात्र होइन विदेशमा समेत विकास निर्माणका कार्यमा संलग्न छ भन्ने के तपाईलाई थाहा छ ? द्वन्द्वग्रस्त अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ नेपाली सेनाको इञ्जिनियर गुल्मले एक वर्षको अवधिमा कङ्गोमा विभिन्न ठूला–साना निर्माण परियोजना शुरु गरेको छ । गुल्मले शुरु गरेको तीन वटा महत्वपूर्ण परियोजनामध्ये एउटा सम्पन्न भइसकेको छ… Continue reading अफ्रिकी देश कङ्गोमा तैनाथ नेपाली सेना विकास–निर्माणमा व्यस्त

नारायणगढ – ­मुग्लिन सडक एकतर्फी सञ्चालन

रत्ननगर, साउन १९ चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ­मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो । अहिले रोकिएका गाडीलाई गन्तव्यतर्फ पठाउन थालिएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद… Continue reading नारायणगढ – ­मुग्लिन सडक एकतर्फी सञ्चालन

दुईतिहाइ भूकम्पपीडित दोस्रो किस्ता अनुदान लिन आएनन्

म्याग्दी, साउन १९ जिल्लाका दुईतिहाइ भन्दा बढी भूकम्पपीडितले अझै निजी आवास पुनःनिर्माणका लागि अनुदानको दोस्रो किस्ता लिन आएका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास पुनःनिर्माणका लागि २०७५ असार मसान्तसम्मको समयसीमा तोकेको थियो । विभिन्न माध्यमबाट पहल गरिए पनि दुईतिहाइभन्दा बढी भूकम्पपीडित दोस्रो किस्ता अनुदानका लागि अझै सम्पर्कमा नआएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको… Continue reading दुईतिहाइ भूकम्पपीडित दोस्रो किस्ता अनुदान लिन आएनन्

विराटनगरका समाजेसेवी युवा इराकी नेपालका चिन्नैपर्ने अग्रणी युवाको सुचिमा

विराटनगर, साउन १८ विराटनगरका समाजेसेवी युवा  चाँद बाबु इराकी नेपालका चिन्नैपर्ने अग्रणी युवाको सुचिमा पर्न सफल भएका छन् । लिड इन्टरनेशनलले प्रत्येक वर्ष सुचिकृत गर्ने नेपालका चिन्नैपर्ने अग्रणी ५ हजार युवाको सुचिमा इराकी पनि पर्न सफल भएका हुन् । लियो क्लब अफ मल्टिपल डिस्ट्रीक्टकका प्रेसिडेन्ट समेत रहेका युवा इराकी नेपालका ५ हजार चिन्नैपर्ने युवाको सुचिमा… Continue reading विराटनगरका समाजेसेवी युवा इराकी नेपालका चिन्नैपर्ने अग्रणी युवाको सुचिमा

विराटनगरमा विभत्स अवस्थामा युवतीको शव भेटियो

विराटनगर, साउन १८ प्रदेशको अस्थायी राजधानी विराटनगरको वडानम्बर १४ जतुवामा एक युवतीको शव नग्न अवस्थामा भेटिएको छ । जतुवा नहर छेउको रेल्वे ट्रयाकको कल्र्भटमा अन्दाजी २२ बर्षिय युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । स्थानीयबासीले दिएको सूचनापछि पुगेको प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमकालागि कोशी अंचल अस्पताल पठाएको छ । तराईमुलको जस्तो देखिने… Continue reading विराटनगरमा विभत्स अवस्थामा युवतीको शव भेटियो

घरेलु हिंसाको सम्बन्धमा बनेको बिधेयकमाथिको छलफल सकियो

विराटनगर, साउन १८ प्रदेश १ सामाजिक विकास मन्त्रालयले पहिलोपटक संसदमा टेबल गरेको घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल शुक्रबार सकिएको छ । छलफलमा बोल्दै सांसद मोहम्मद ताहिर मियाँले मुस्लिम समुदायमा व्याप्त रहेको तलाक प्रथाका कारण पनि मुस्लिम महिलाहरु हिंसामा पर्ने गरेको बताए । मुस्लिम समुदायमा प्रचलनमा रहेको तलाक प्रथालाई कानुनले मान्यता नदिएको… Continue reading घरेलु हिंसाको सम्बन्धमा बनेको बिधेयकमाथिको छलफल सकियो

साङ्लोको जञ्जिरमा ९ बर्षीय बालक

विराटनगर, साउन १८ आफुले जन्म दिएको बच्चालाई गाई बाख्रालाई जस्तै डोरीले बाँधेर राख्न त कुन आमालाई मन होला र ? तर, विराटनगर ५ की एउटी आमा आफैले जन्म दिएको छोरालाई डोरीले बाँधेर घरमा राख्न बाध्य छिन् । बौद्धिक अपाङगता भएका ९ बर्षीय वालक अर्जुन कालाखेति विगत सात बर्षदेखि डोरीले बाधिएर चिसो भुईमा बस्न बाध्य छन्… Continue reading साङ्लोको जञ्जिरमा ९ बर्षीय बालक

श्रमिक पठाउँदा देखिएका समस्या समाधान गर्ने विकल्पबारे छलफल

काठमाडौँ, साउन १७ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने क्रममा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले गैरकानूनी र अनुचित ढंगले श्रमिकमाथि भएको शोषण बन्द गरी वैदेशिक रोजागरीको क्षेत्रमा देखिएका समस्याको दीर्घकालीन समाधान खोज्न विभिन्न विकल्पमाथि छलफल भइरहेको जानकारी दिए । उनले… Continue reading श्रमिक पठाउँदा देखिएका समस्या समाधान गर्ने विकल्पबारे छलफल

पूर्वाअञ्चल विश्वविद्यालयको मेडिकल कलेज आफैं विरामी

विराटनगर, साउन १७ मोरङको सुरन्दहरैचा–७ गोठगाउ“मा रहेको रहेको पूर्वाअञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज आफैं विरामी अवस्थामा पुगेको छ । सरकारले २०५२ सालमा मोरङको गोठगाउस्थित राष्ट्रिय वनको ८ सय ५ बिघा जमिन लिएर मेडिकल कलेजले भौतिक पूर्वाधारहरु निर्माण गरेको थियो । तर सञ्चालन, रेखदेख र संरक्षणको अभावमा भवन लथालिङ्ग अवस्थामा छ भने विश्वविद्यालय घा“से मैदान र… Continue reading पूर्वाअञ्चल विश्वविद्यालयको मेडिकल कलेज आफैं विरामी

सरकारले सामाजिक सुरक्षा अन्र्तगत नयाँ कार्यक्रम ल्याउँछ : मन्त्री विष्ट

विराटनगर, साउन १६ श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारले सामाजिक सुरक्षा अन्र्तगत नयाँ कार्यक्रम ल्याउन लागेको बताएका छन् । विराटनगरमा आयोजित युवा उद्यमशिलता र रोजगारीका अवसरहरु बिषयक प्रदेशस्तरिय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बिष्टले समृद्ध नेपाल र सुखी नेपाली अभियानका साथ अघि बढिरहेको सरकारले सामाजिक सुरक्षा अन्र्तगत नयाँ कार्यक्रम ल्याउन लागेको बताए । उनले योगदानमा… Continue reading सरकारले सामाजिक सुरक्षा अन्र्तगत नयाँ कार्यक्रम ल्याउँछ : मन्त्री विष्ट

विराटनगरमा हरितनगरी अभियानको सुरुवात

विराटनगर, साउन १६ प्रदेश नं. १ को अस्थिायी राजधानी रहेको विराटनगरलाई हरित नगरि बनाउने अभियानको सुरुवात गरिएको छ । विराटनगर महानगरपालिकाले स्वच्छ , सुन्दर, हरियाली, सफा र सभ्य सहर विराटनगर भन्ने नारा सहित वृक्षारोपण कार्यक्रम आयोजना गरि हरिन नगरि बनाउने अभियानको सुरुवात गरेको हो । बुधवार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगर–१० शान्तिचोकबाट बृक्षरोपण गरेर… Continue reading विराटनगरमा हरितनगरी अभियानको सुरुवात

प्रदेश १ मा विपद् ब्यवस्थापनको तयारी पूरा

विराटनगर, साउन १५ प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले प्रदेशको भौगोलिक अवस्थाको विश्लेषणगर्दै सरकारले विपद् ब्यवस्थापनको काम गरिरहेको बताएका छन । गृहमन्त्रालय र प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा संयुक्त रुपमा विराटनगरमा आयोजित विपद जोखिम न्यूनिकरण व्यवस्थापन छलफल कार्यक्रममा उनले प्राकृतिक प्रकोपको रुपमा आउने विपदवाट प्रदेशका जनतालाई सुुरक्षित व्यवस्थापनकालागि सरकारले आवश्यक सामाग्रीकोलागि गोदाम लगायतका… Continue reading प्रदेश १ मा विपद् ब्यवस्थापनको तयारी पूरा

मानव बेचबिखनविरुद्ध हस्ताक्षर अभियान

इटहरी, साउन १४ मानव बेचबिखनविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसका अवसरमा श्रमिक महिला साझा मञ्च इटहरीको सक्रियतामा आज यहाँ विशेष जनचेतनामूलक ¥यालीसहित हस्ताक्षर अभियान सम्पन्न भएको छ । मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउने विभिन्न नारा लेखिएको प्लेकार्ड र ब्यानरसहित इटहरी उपमहानगरपालिका अगाडिबाट निक्लिएको जनचेतनामूलक ¥याली शहरको विभिन्न स्थानको परिक्रमापछि कोणसभामा परिणत भएको थियो । कोणसभामा माइती नेपालको इटहरीस्थित केन्द्रकी… Continue reading मानव बेचबिखनविरुद्ध हस्ताक्षर अभियान

आगलागीबाट दश लाखको क्षति

राजविराज, साउन १४ सप्तरीको सुरुङ्गा नगरपालिका–८ मा आज बिहान आगलागी हुँदा करीब १०लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय निर्चीदेवी रामको घरमा खाना पकाउने क्रममा आगलागी हँुदा निजको एउटा घर र एउटा भान्छा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । त्यस्तै शैनी रामको एउटा घर र छिमेकी पुरण रामको घर जलेर नष्ट भएको… Continue reading आगलागीबाट दश लाखको क्षति

भूटानी शरणार्थीलाई पानीको समस्या

दमक, साउन १४ झापाको दमक–३ स्थित उत्तरी क्षेत्रका बासिन्दा शुद्ध पिउने पानीको अभाव झेली रहेका छन् । यस क्षेत्रका बासिन्दालाई शुद्ध पिउने पानी सहजरुपमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार तथा विभिन्न दातृ निकायको लगानीमा नजिकै रहेको मावा खोलाबाट खानेपानी आयोजना सञ्चालन गरिएको थियो । तर अधिकतम नदी दोहनका कारण खोलाले खानेपानीका पाइप बगाएपछि अहिले सो… Continue reading भूटानी शरणार्थीलाई पानीको समस्या

बिपद ब्यवस्थापनका लागि महानगरले लियो सुझाब

विराटनगर, साउन १४ विराटनगर महानगरपालिकाको बिपद ब्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । महानगरपालिकाको सभाहलमा बसेको बैठकका सहभागी सदस्यहरुले बर्षायाममा हुनसक्ने बाढी र डुबानको समस्या समाधान गर्न तम्तयार रहनुपर्ने सुझाव दिएका छन । नेकपाका नगर संयोजक नमिता न्यौपानेले बाढी र डुबानको समयमा आवश्यक पर्नसक्ने जनशक्ति र श्रोतसाधनको पर्याप्त बन्दोबस्त गर्नुपर्ने बताइन । उनले विपद जुनसुकै… Continue reading बिपद ब्यवस्थापनका लागि महानगरले लियो सुझाब

अनाधिकृत औषधि बिक्री गर्ने एक ब्यक्ति विराटनगरबाट पक्राउ

अस्पतालमा अनाधिकृत औषधि खरिद भएको आशंकामा प्रहरीले गएराती न्यूरो अस्पताल विराटनगरमा छापा मारेको छ । यसअघि अनाधिकृत लेबल लगाएर औषधि बेच्ने एकजना भारतीय औषधि विक्रेतालाई प्रहरीले सोही अस्पताल परिसरबाट पक्राउ गरेको थियो । प्रहरीले प्रक्राउ गरेको राजेश अग्रवाल नामक ती व्यक्तिले एमजे बायो फार्म नामक भारतीय कम्पनीको लेबल लगाएर अनाधिकृतरुपमा औषधि बेच्ने गरेको बताइएको छ… Continue reading अनाधिकृत औषधि बिक्री गर्ने एक ब्यक्ति विराटनगरबाट पक्राउ

चट्याङ लागेर बालिकाको मृत्यु

बुटवल, १४ साउन  ः रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चट्याङ लागेर आइतबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१० बेहोराकी १२ वर्षीया दीपिका ज्ञवाली रहेकी छन् । चट्याङ लागेर घाइते दीपिकालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायब निरीक्षक युवराज पाण्डेले बताए । तिलोत्तमा नगरपालिका–१७ मा… Continue reading चट्याङ लागेर बालिकाको मृत्यु

क्टहरी बाढीपिडित प्रकरण : ७ दिन भित्र राहत उपलब्ध नभए कडा आन्दोलन

किशोर विश्वकर्मा विराटनगर, साउन १३ बाढीपिडिलका लागि आएको राहत रकम कटहरी गाउँपालिकाको लावरवाहिले फ्रिज भएको भन्दै ७ दिन भित्र सो राहत उपलब्ध गराउन माग गर्दै स्थानीय बाढीपिडितले ज्ञापन पत्र बुझाएका छन् । बाढीपिडित संघर्ष समिति कटहरीको अनुवाईमा उनीहरुले विभिन्न ७ सुत्रिय माग राख्दै कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतलाई ज्ञापनपत्र बुझाएका हुन् । बाढीपिडितका लागि आएको… Continue reading क्टहरी बाढीपिडित प्रकरण : ७ दिन भित्र राहत उपलब्ध नभए कडा आन्दोलन

मृगौला पिडित १६ बर्षीय बालकलाई सहयोगी मनहरुको खाँचो

विराटनगर, साउन १३ मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ हसन्दह निवासी हरिबोल चन्द्रवंशीले छोराको जीवन बचाई दिन अपिल गरेका छन । उनले आफना १६ बर्षीय छोरा अभिषेककुमार चन्द्रवंशीको जीवन बचाई दिन अपिल गरेका हुन । स्थानीय अमरसिंह उच्च मावि कक्षा ९ मा अध्ययनरत अभिषेकको दुवै मृगौला फेल भएपछि उनले सहयोगी मनहरुलाई सहयोग गरिदिन अनुरोध गरेका… Continue reading मृगौला पिडित १६ बर्षीय बालकलाई सहयोगी मनहरुको खाँचो

प्रदेश २ को राजविराज नगरपालिकामा नागरिकता सिफारिस निःशुल्क

विराटनगर, साउन १३ प्रदेश नम्बर २ स्थित सप्तरीको राजविराज नगरपालिकाले नागरिकता सिफारिसमा कुनै शुल्क नलिने भएको छ । नगरपालिकाले चालू आर्थिक बर्षदेखि नागरिकता सिफारिस वापत लाग्ने दस्तुर नलिने भएको हो । यस अघि नागरिकता सिफारिसमा शुल्क लिने गरेको भएपनि चालु आर्थिक वर्षदेखी कुनैपनि जनता नागरिकता लिनबाट वञ्चित हुन नपरोस भनेर सिफारिस निशुल्क गरिएको नगरपालिकाका प्रमुख… Continue reading प्रदेश २ को राजविराज नगरपालिकामा नागरिकता सिफारिस निःशुल्क

प्रदेश नं १ का सबै जिल्ला अस्पतालको स्तरोन्नति गरिने

विराटनगर, साउन १३ प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताललाई पहिलो उपचार केन्द्रका रुपमा विकास गर्ने योजनानुसार काम प्रारम्भ गरेको छ । गत फागुन ३ गते स्थापित मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका अस्पतालको स्तरोन्नति गर्न र गामीण क्षेत्रमा चिकित्सकको सेवा उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ । मन्त्रालयले ग्रामीण क्षेत्रका जनताको सेवालाई निरन्तरताका लागि… Continue reading प्रदेश नं १ का सबै जिल्ला अस्पतालको स्तरोन्नति गरिने