×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

साउदीको जेद्दाबाट २५३ जना नेपाली लिएर उड्यो नेपाल एयरलाइन्स

१० असार २०७७

योगेन्द्र योगी
१० असार, दोहा ।

कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीहरु अहिले धमाधम स्वदेश फर्कीरहेका छन् । आज पनि साउदी अरबको जेद्दा शहरस्थित किङ अब्दुलजिज विमानस्थ बाट २५३ जना नेपाली यात्रु बोकेर नेपाल एयरलाइन्सको उडान न: २१९४ जहाज काठमाण्डौ लागि उडेको छ ।

कोरोना लगायत लामो समय देखी नेपाल फर्कनको लागि नेपाली कन्सुलेट जनरल जेद्दामा जानकारी गराइ वा फाराम भरी नेपाल फर्कन प्रतिक्षा गरेर बसेका जेद्दा र आसपासका क्षेत्रमा रहेका नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको चार्टर जहाज जेद्दा पुगेको थियो ।

यता, आजै कोरोनाको कारण नेपाल फर्कन नपाएका श्रमिकहरू मध्ये १५४ जना नेपाली श्रमिकहरू लिएर साउदी अरबको दम्माम बाट हिमालय एयरले दोस्रो उडान गरेको छ ।

दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढि नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ । रियादस्थित नेपाली दूताबास र जेद्दास्थित महावाणिज्य दूतावासबाट १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊ भन्दै फारम भरेका थिए । यसअघि साउदीबाट ३ वटा उडानमार्फत ४ सय नेपालीहरु स्वदेश फर्किसकेका छन्।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top