×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुनसरीका तरुण दल सभापति सिजन गुरुङ पक्राउ

१२ जेष्ठ २०७५

विराटनगर,जेठ १२

तरुण दल सुनसरीका सभापति सिजन गुरुङ गुण्डागर्र्दीको आरोपमा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले शुक्रबार राति पक्राउ गरेको हो ।

गुरुङलाई पछिल्लोपटक तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गा कब्जा गरेको र सो जग्गामा बनाइएको घरबाट २०६८ सालदेखि भाडा असुल्दै आएको आरोप लागेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।

यद्यपि नेता गुरुङले भने सो जग्गा आफ्नै भएको बताउँदै आएका छन् । डिएसपी श्रेष्ठले गुरुङको विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

गुरुङ यसअघि इटहरीको एक बलात्कार काण्डमा समेत मुछिएका थिए । जसमा जबरजस्ती मिलापत्र गराइएको आरोप छ । यसअघि २०७१ सालमा ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा भेडेटारबाट सिजन गुरुङलाई प्रहरीले पक्रिएको थियो ।

त्यसविरुद्ध उनका समर्थकले चक्काजाम लगायतका दबावमुलक आन्दोलन गरेका थिए । नेता कार्यकर्ताको चर्को दबावपछि उनी रिहा भएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top