×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सोमबारदेखि ‘नेपाल खुला दिशामुक्त राष्ट्र’

१० आश्विन २०७६

१० असोज, काठमाडौं ।

सरकारले यही असोज १३ गते सोमबार ‘नेपाललाई खुला दिशामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ ।

खानेपानी मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही असोज १३ गते काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी नेपाललाई खुला दिशामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी गराएको हो ।

सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल भएकाले राष्ट्रिय उत्सवकै रुपमा मुलुकलाई खुला दिशामुक्त राष्ट्र घोषणा गर्ने निर्णय गरिएको खानेपानी मन्त्री विना मगरले जानकारी दिइन ।

उनले सो अभियानलाई सफल बनाउन सबै मन्त्रालय, सम्वद्ध पक्ष र सर्वसाधारणलाई पनि अपिल गरे । सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिशामुक्त घोषणा गर्न सुरु गरेको थियो ।

सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको थियो । यो अभियान स्कुल तह, जिल्ला तहहुँदै अघि बढाइएको पनि मन्त्री मगरले बताइन ।

अभियानमा सबै राजनीतिक दल, पेशा र व्यवसायमा संलग्न रहेकाले पनि देशलाई नै खुला दिशामुक्त घोषणा गर्न सक्ने अवस्थामा आई पुगिएको पनि खानेपानी मन्त्रालयको भनाई छ । नेपालमा खुला दिशामुक्त राष्ट्र घोषणा गरेलगत्तै सरसफाई अभियानलाई तीव्रता दिने सरकारको योजना छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top