×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्वदेशमै विश्वस्तरको शिक्षा प्रणालीको विकास गर्नुपर्छ ः पूर्वप्रधानमन्त्री खनाल

११ जेष्ठ २०७६

पुर्व प्रधानमन्त्री झलनाथ खनालले शिक्षाको समग्र प्रणालीसंगै पाठ्यक्रम परिर्वतन गर्नुपर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित शिक्षा सम्बन्धी अन्र्तरक्रियामा उनले परिर्वतित सन्र्दभमा विश्वको शिक्षा पद्धती, प्रविधि तथा नमुना अनुसार नेपाली शिक्षाको प्रणाली परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याएका हुन् ।

बर्षेनी ठुलो संख्यामा नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि बाहिरीने गरेको तथा सो क्रममा ठुलो परिमाणमा नेपाली रुपैया बाहिर गएको भन्दै उनले स्वदेशमै विश्वस्तरको शिक्षा प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए । उनले शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौती र सम्भावना हेरेर विश्वस्तर अनुरुप शिक्षाको समग्र प्रणालीलाई परिर्वतन गरि अद्यावधी गर्दै नेपाललाई शैक्षिक केन्द्रको रुपमा विकास गर्दै लैजानुपर्ने आवश्यकता औल्याए ।

पुर्व प्रधानमन्त्री खनालले २०४६ साल देखि नेपालको शिक्षा क्षेत्रमा मात्रात्मक रुपमा ठूलो परिर्वतन भए पनि युगको आवश्यकतालाई प्रतिबिम्बित गर्न नसकेकाले सरकारले उच्चस्तरीय शिक्षा आयोग मार्फत विस्तृत अध्ययन गरि शिक्षामा आमुल परिर्वतन गर्न खोजेको स्पष्ट पारे । उनले शिक्षा क्षेत्रको सुधारका लागि सरकारसंगै नीजि क्षेत्रको पनि सहकार्य आवश्यक रहेको बताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top