×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

१७१ यात्रु बोकेको बोइङ विमान आकाशमै कसरी भाँचियो ?

२२ पुष २०८०

२२ पुष, एजेन्सी ।
अलास्का एयरलाइन्सको विमान उडिरहेका बेला एक टुक्रा भाँचिएर अलग भएपछि अमेरिकाले प्राविधिक जाँच गर्नुपर्ने भन्दै १७१ वटा बोइङ विमानको उडान रोकेको छ । अमेरिकाको संघीय उड्डयन प्रशासनले १७१ वटा विमानलाई प्राविधिक जाँच पूरा नहुन्जेल उडानमा रोक लगाउने निर्णय गरेको हो ।

संघीय उड्डयन प्रशासनका अनुसार यो निर्णयबाट अमेरिकाका ‘बोइङ ७३७ म्याक्स ९’ का १७१ विमान प्रभावित हुनेछन् । युनाइटेड एयरलाइन्सले आफ्ना ७९ वटा ‘बोइङ ७३७ म्यास ९’ विमानमध्ये केहीको संघीय उड्डयन प्रशासनले प्राविधिक जाँच गरेको जनाएको छ । प्राविधिक जाँच गर्नुपर्दा ६० वटा उडान रद्द हुने सम्भावना छ ।

किनभने एउटा हवाई जहाज जाँच गर्दा चारदेखि आठ घण्टासम्म समय लाग्ने बताइएको छ । गत शुक्रबार अमेरिकाको पोर्टल्याण्ड (ओरेगान)बाट ओन्टारियो –क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको हवाई जहाजको एक भाग हावाको दबावमा फुटेर जहाजबाट अलग भएको थियो ।

त्यसपछि हवाई जहाजलाई आकस्मिक अवतरण गराउनु परेको थियो । उक्त हवाई जहाजमा १७१ यात्री र चालक दलका ६ सदस्यहरु थिए । उनीहरु सबै सकुशल छन् । यो घटनालगत्तै अलास्का एयरलाइन्सले आफ्ना सबै ६५ वटा बोइङ विमानका उडान बन्द गरेको थियो ।

उसले प्राविधिक जाँच गराउने र फेरि उडान अनुमति नपाएसम्म सेवा बन्द गर्ने जनाएको छ । संघीय उडड्नले बोइङ ७३७ म्याक्सको निरीक्षणलाई नजिकबाट अनुगमन गरिरहेको र विमामन आवश्यक हार्डवेयर फेला नपरेमा थप कारबाही गर्ने विचार गर्ने बताएको छ ।

२०१८ र २०१९ मा खराब डिजाइन गरिएको ककपिट सफ्टवेयरसँग जोडिएको दुईवटा घातक दुर्घटनाहरूले इथियोपिया र इन्डोनेसियामा ३४६ जनाको ज्यान लिएपछि ७३७ म्याक्स २० महिनाको लागि विश्वव्यापी रूपमा ग्राउन्डेड गरिएको थियो ।

बोइङ आफ्नो सानो ७३७ म्याक्स ७ र ठूलो म्याक्स १० को प्रमाणीकरणको लागि पर्खिरहेको छ। इसका लागि संघीय उडड्नले म्याक्सलाई वर्षौंदेखि सावधानीपूर्वक छानबिन गरिरहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top