डा. केसी र सरकारबीचको वार्ता ४ बजे फेरी बस्ने

२२ असाेज, काठमाडाैँ ।

Advertisement

सरकारी टोली र डा. केसीका प्रतिनिधिबिच भएको वार्ता केही समयका लागि स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज (बिहीबार) विहान साढे दश बजेदेखि जारी वार्ता दिउसो ४ बजे फेरी बस्नेगरी स्थागित भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए ।

उनले विहान देखि भएको वार्तामा सरकारी टोलीसँग डा. केसीका मागहरुको सम्बन्धमा बुँदागत छलफल भएको बताए । अहिले सम्म भएको छलफललाई ड्राफ्ट बनाई दुवै पक्षबिच फेरी छलफल भई दिउसो ४ बजे वार्तामा बस्ने सहमति भएको डा. कार्कीले बताए । उनले आफुहरु जतिसक्दो छिटो वार्तालाई निष्कर्षमा पु¥याउन चाहेको समेत बताए ।

Advertisement

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै डा. केसी २५ दिन यता अनशनरत छन् । सरकारले डा. केसीसँग वार्ता गर्नका लागि बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । जसमा मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा सदस्य रहेका छन्।

Advertisement

सरकारले वार्ता टोली गठन गरेसँगै डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो । वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्व अध्यक्ष डा. अन्जनी कुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top