Nepal Times
Nepal Times
3
Shares

डा. केसीको समर्थनमा नेविसंघको विरोध प्रदर्शन

डा. केसीको समर्थनमा नेविसंघको विरोध प्रदर्शन

२२ असोज, काठमाडौँ ।
नेपालविद्यार्थी संघ (नेविसंघ)ले अनशनरत डा. गोविन्द केसीकामाग पुरा गर्न सरकारलाई दवाव दिन भन्दै विरोध प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले गरीब जनताको पक्षमा आवाज उठाउने डा. केसीको माग तत्काल सरकारले पूरा गर्नुपर्ने बताए । तर सरकारल डा. केसीकामाग पूरा गर्न गम्भिर नदेखिएको काफ्लेले बताए । सरकार आफ्नो पार्टीका नेताहरुको व्यवस्थापनका लागि पद बाँडफाँड गर्न तल्लिन भएकाले डा. केसीका माग सम्बोधन गर्न नचाहेको उनले बताए ।

विरोध प्रदर्शनमा विद्यार्थी नेताहरु विभिन्न ब्यानर सहित उपस्थित भएका थिए । ‘डा. गोविन्द केसीको माग पूरा गर’, ‘मेडिकल माफिया मुर्दावाद’, ‘दूरदराजमा मेडिकल कलेज खै’ लगायत लेखिएका ब्यानर लिएर विद्यार्थीहरु उपस्थित भएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.