रुकुम पश्चिम, सोती घटनाः जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा सुनुवाइ

२२ असोज ७७, शुक्रबार

२३ असोज, सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–४ सोतीमा नवराज विकसहित ६ जना युवाको ज्यान गएको घटनाको उच्च अदालत सुर्खेतमा वादी र प्रतिवादीका तर्फबाट परेको छुट्टाछुट्टै निवेदनमा सुनुवाइ जारी छ ।

जिल्ला अदालत रुकुम पश्चिमले असार अन्तिममा ३४ जना आरोपितमध्ये ४ जनालाई धरौटीमा छोडेर बाँकीलाई पुर्पक्षमा पठाउने फैसला गरेको थियो । उक्त फैसला बेरितको भएकाले हेरफेर गरिपाऊँ भन्दै प्रतिवादीका तर्फबाट निवेदन परेको थियो । अर्कोतर्फ ४ जनालाई धरौटीमा छोड्ने आदेशविरुद्ध पनि जिल्ला सरकारी वकिलको कार्यालय, रुकुम पश्चिमको सिफारिसमा उच्च अदालत सरकारी वकिल कार्यालय, सुर्खेतले बेरितको निवेदन दिएको छ ।

तल्लो अदालतले मुद्दाको अन्तिम फैसला गर्नुअघि सुरुमा गरेको पुर्पक्षको निर्णय वा अन्य आदेशविरुद्ध माथिल्लो अदालतमा पुनरावेदनसरह दिने निवेदनलाई बेरितको निवेदन भनिन्छ । यस्तो निवेदन चित्त नबुझेको जुनै पक्षले पनि दिन पाउँछ । त्यही कानुनी सुविधाको उपभोग गर्दै यस घटनाका वादी–प्रतिवादी दुवै पक्षले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका हुन् । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै राख्नु नपर्नेलाई थुनामा राखेको जिकिर गर्दै प्रतिवादी उच्च अदालत पुगेका छन् भने वादी पक्षचाहिँ अदालतले सबै दोषीलाई पुर्पक्षमा नथुनी आंशिक दोषीलाई मात्रै थुनेको भन्दै अभियोगपत्रमा उल्लेख भएका सबैलाई थुनामा राखी मुद्दाको कारबाही अघि बढाई पाऊँ भनी निवेदन दिएको छ ।

दुइटै निवेदनमाथि अहिले तेस्रो पेसी चलिरहेको छ । प्रतिवादी पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धरले बिहीबार प्रतिवादीका कानुन व्यवसायीको बहस सकिएको बताए । वादीका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार पीडितका तर्फबाट सरकारी वकिलसहित आफूहरूले बहस गर्ने बताए ।

यसैबीच, जाजरकोटका पूर्वसांसद राजीवविक्रम शाहले सोती घटनाका पीडितलाई राज्य र पीडक पक्षले विभिन्न प्रलोभन दिई प्रभावित गरेको आरोप लगाएका छन् । पीडितलाई भेटेर सुर्खेत आइपुगेका शाहले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएका हुन् ।

घटनामा मृत्यु भएका ६ जनाका परिवारलाई संघीय सरकारले जनही १० लाख र प्रदेश सरकारले जनही १ लाख रुपैयाँको दरले राहत दिने निर्णय गरे पनि पीडितले अहिलेसम्म रकम नबुझेको उनले बताए । २०७७ जेठ १० मा चौरजहारी–४ सोतीमा भएको उक्त घटनामा ६ युवाको ज्यान गएको थियो । पीडित पक्षले उनीहरूलाई लखेटेर हत्या गरी भेरी नदीमा बगाइएको भन्दै आएका छन् भने प्रतिवादीले घटनालाई भवितव्यका रूपमा दाबी गर्दै आएका छन् । ईकान्तिपुरबाट साभार ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top