सिन्धुपाल्चोकमा गाडीभित्र सामूहिक बलात्कारः मुख्य आरोपितमध्ये दुई जना पक्राउ

२२ असोज ७७, शुक्रबार

२३ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको मन्जेमा अपहरणपछि गाडीभित्र भएको सामूहिक बलात्कार घटनाका आरोपित चारमध्ये दुई जना बिहीबार पक्राउ परेका छन् ।

असोज १५ को राति जुगल–३ की ३२ वर्षीया महिलालाई चार जना पुरुषले बोलेरो गाडीभित्र सामूहिक बलात्कार गरेका थिए । पीडितले गत सोमबार प्रहरीमा जाहेरी दिएकी थिइन् ।

पीडितले बताएको हुलियाका आधारमा आरोपितहरूलाई पक्राउ गरिएको डीएसपी प्रकाश सापकोटाले बताए । आरोपितले प्रयोग गरेका बोलेरो र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

पीडितलाई महिला सेल्टरमा राखिएको छ । पक्राउ परेका आरोपितहरू गोन्जे र गोन्डे गाउँका हुन् । ती महिलाका आफन्तका अनुसार बलात्कारमा संलग्नमध्ये एक जना केही महिनाअघि मात्रै दुबईबाट गाउँ आएका हुन् ।

जुगल–३ तेम्बाथानबाट बलेफीको जलबिरे बजार झरेकी उनलाई मन्जे वल्लो टोलदेखि आरोपीले पछ्याएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top