×

NEPAL TIMES UPDATES

Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026

कोरोना खोप बनाउने र वितरण गर्ने विश्वव्यापी अभियानमा चीन पनि जोडियो

२३ आश्विन २०७७

२३ असोज, एजेन्सी । कोरोनाभाइरसको खोप बनाउने र विभिन्न मुलुकमा २ अर्ब डोज वितरण गर्ने विश्वव्यापी अभियानमा चीन पनि औपचारिक रूपमा जोडिएको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले शुक्रबार कोभ्याक्स नाम दिइएको उक्त अभियानमा आफ्नो देश पनि जोडिएको जानकारी दिइन्।

पछिल्लो समय ठूला मुलुकहरूबीच देखिएको ‘खोप राष्ट्रवाद’ लाई छोडेर विश्वव्यापी अभियानमा जोडिने चीन सबैभन्दा ठूलो अर्थतन्त्र हो।

सुरूमा बेइजिङले कोभ्याक्स अभियानमा जोडिन ढिला गरेको थियो। यस अभियानमा विश्व स्वास्थ्य संगठन, गाभी, द भ्याक्सिन अलाइन्स र द कोलियसन फर एपिडिमिक प्रिपेडनेस एन्ड इनोभेसन्सलगायत संस्थाहरू छन्।

यसको अनुसन्धान तथा वितरणमा लाग्ने खर्च भने विकसित तथा विकासशील राष्ट्रहरूले व्यहोर्नु पर्नेछ।

एक सय ५६ राष्ट्र जोडिएको यस अभियानको उद्देश्य कोभिड(१९को खोप प्रदान गर्नु हो। सुरूमा खोप हरेक राष्ट्रका जोखिममा रहेका ३ प्रतिशत जनसंख्यालाई प्रदान गरिनेछ।

त्यसपछि सबै मुलुकका २० प्रतिशत जनसंख्याकालाई खोप दिइने छ।

विश्व स्वास्थ्य संगठनका निर्देशक टेड्रोस अडानोम गेब्रियससले खोप सबै राष्ट्रमा पुग्ने तर सबैलाई नदिइने बताएका थिए।

गत वर्ष डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको संक्रमणविरूद्ध लड्न छिटो केही नगरेको भन्दै आलोचना भएको थियो। अहिले कोभ्याक्समा जोडिएपछि बेइजिङले आफ्नो छवि सुधारेको छ।

यसअघि प्रतिस्पर्धीको रूपमा रहेको संयुक्त राज्य अमेरिकाले बेइजिङ यस अभियानमा जोडिन नसक्ने बताएको थियो।

कोभिड(१९को खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलमा अग्रणी स्थानमा रहेका चार राष्ट्रमध्ये चीन पनि एक हो।

स्वास्थ्य अधिकारीहरूले भ्याक्सिन नोभेम्बर वा डिसेम्बरसम्ममा आइसक्ने बताएका छन्।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top