×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मृत्युदण्डविरुद्धको अन्तर्राष्ट्रिय दिवसः १०६ मुलुकमा उन्मूलन हुँदा चीनमा एक वर्षमा हजारभन्दा बढीलाई मृत्युदण्ड

२४ आश्विन २०७७

२४ आश्विन, एजेन्सी ।
मृत्युदण्डविरुद्धको अन्तर्राष्ट्रिय दिवस (१० अक्टोवर)का सन्दर्भमा विश्वभर अनेकन कार्यक्रमहरु भइरहेका छन् ।

यस वर्ष कोभिड–१९ का कारण प्रत्यक्ष कार्यक्रमहरु भने हुन सकेका छैनन् । संसारका १०६ मुलुकले संविधान र कानूनबाट मृत्युदण्डलाई उन्मूलन गरे पनि अझै पनि केही ठूला मुलुकहरुमै मृत्युदण्डको प्रावधान रहँदा सबैभन्दा चिन्ता बढेको छ ।

Advertisement
Advertisement

मुलतः विश्व अर्थ व्यवस्थालाई हाँकिरहेका अमेरिका, चीन, भारत जस्ता ठूला मुलुकले मृत्युदण्डलाई कायमै राख्दा मृत्युदण्डविरुद्ध क्रियाशील विश्वका संस्था र व्यक्तिहरु चिन्तित बनेका हुन् । गएको वर्ष सन् २०१९ मा पनि यिनै मुलुकहरुले मृत्युदण्ड दिनेमा अगाडी देखिएका छन् ।

यससम्बन्धि सूचनामै पहुँच नदिने चीनमा एक हजारभन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिइएको जनाइएको छ । मृत्युदण्डविरुद्ध विश्वव्यापी रुपमा अभियानरत एम्नेष्टी इन्टरनेशनलका अनुसार चीनले गएको वर्ष एक हजारभन्दा बढी व्यक्तिलाई बिना कुनै निष्पक्ष सुनुवाई मृत्युदण्डको सजायँ दिएको हो ।

एम्नेष्टीले आफ्नो विश्व प्रतिवेदनमा भनेको छ, चीनबाहेक सन् २०१९ मा अरु देशमा जम्मा ६५७ जनालाई मृत्युदण्ड दिइयो । सन् २०१८ को तुलना गर्दा यो ५ प्रतिशतले कमी हो । सन् २०१८ मा भने ६९० जनालाई मृत्युदण्डको सजायँ कार्यान्वयन गरिएको थियो ।

एक दशकयताको रेकर्डमा सन् २०१९ को संख्या सबैभन्दा कम रहेको पनि एम्नेष्टीले जनाएको छ । चीनबाहेकको कुरा गर्दा इरान, साउदी अरेबिया, इराक र इजिप्टले कूल मृत्युदण्डको ८६ प्रतिशत ओगटेका छन् ।

बंगलादेश र बहराइनले सन् २०१९ मा मृत्युदण्ड फेरि लागू गरेका छन् भने अफगानिस्तान, ताइवान र थाइल्याण्डमा मृत्युदण्ड दिइएको नदेखिएको एम्नेष्टीको भनाइ छ ।

सन् २०१९ मा इरानले २५१, इराकले एक सय, साउदी अरेबियाले १८४ जनालाई मृत्युदण्ड दिएका छन् । मध्य अफ्रिकी गणतन्त्र, गुयना, केन्या, जिम्बाब्वे, गाम्बिया, कजाखस्तान, बारबाडोस जस्ता मुलुकले मृत्युदण्डविरुद्धका कानुनी प्रक्रिया अबलम्वन गरेका छन् ।

अमेरिकाका २१ राज्यले मृत्युदण्ड दिन नपाइने कानुन बनाए पनि संघीय सरकार आफैले भने अझै पनि मृत्युदण्ड अन्त्यका लागि कानुन बनाएको छैन । रुस, मलेसिया, ताजिकिस्तान जस्ता मुलुकले पनि कानुनी रोकलाई कायम राखेका छन् ।

सन् २०१९ को अन्त्यमा पुग्दा विश्वका १०६ देशले आफ्नो देशको कानुनबाट मृत्युदण्ड उन्मूलनको घोषणा गरेका छन् । १४२ मुलुकले व्यवहारमा मृत्युदण्ड कार्यान्वयन गरेका छैनन् । जबकी सन् १९७७ मा मृत्युदण्डविरुद्धको विश्व अभियान छेड्दा यो संख्या केबल १६ मात्र रहेको थियो, एम्नेष्टी इन्टरनेशनलले भनेको छ ।

Advertisement

वर्ष २०१९ मा २६ हजार ६०४ जना व्यक्ति मृत्युदण्डको पर्खाईमा रहेको तथ्यांक दिँदै एम्नेष्टीले संसारभर घाँटी छिनालेर, विद्युतीय झट्का लगाएर, झुण्ड्याएर, घातक सुईं लगाएर र गोली ठोकेर हत्या गरिएको जनाएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top