×

NEPAL TIMES UPDATES

Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026

प्लाज्मा सङ्कलन अभियान शुरु

२४ आश्विन २०७७

२४ आश्विन, चितवन ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोभिड–१९ सङ्क्रमित बिरामीको लागि आवश्यक पर्ने प्लाज्मा सङ्कलन अभियान शुरु गरेको छ ।

यहाँ बढी भएको प्लाज्मा देशैभर पठाएर सङ्क्रमित उपचार गर्न सहयोग पुगोस् भन्नका लागि अभियान शुरुआत गरिएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार हालसम्म ३८ युनिट प्लाज्मा सङ्कलन भइसकेको छ ।

गत सोमबार मात्र नेपाली कांग्रेसका कोभिड–१९ अनुगमन समिति कावासोतीले एकैदिन ३३ युनिट प्लाज्मा सङ्कलन गरी केन्द्र पठाएको थियो । यसअघि पाँच जनाले केन्द्रमा नै आएर प्लाज्मा दान गरेका थिए ।

चेम्बर अफ कमर्शको ७०औँ स्थापना दिवसको अवसरमा जिल्लाका तीन ठाउँमा प्लाज्मा सङ्कलन गर्दैछ । चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठका अनुसार यही असोज २७ गते सशस्त्र प्रहरी बल नम्बर–३ गढीमाई बाहिनी वाग्मती प्रदेश भण्डारा, असोज २८ गते रत्ननगरको स्मार्ट फुड्स प्रालि र असोज २९ गते वडा प्रहरी कार्यालय नारायणगढमा प्लाज्मा सङ्कलन गरिँदैछ ।

यी तीनै ठाउँमा अत्यधिक सङ्क्रमण देखिएको थियो । उनले ती तीन ठाउँबाट १०० युनिटभन्दा वढी प्लाज्मा सङ्कलन हुने अनुमान गरे । केन्द्रका प्रमुख पौडेलका अनुसार काठमाडौं, बुटवल, भक्तपुरलगायतका ठाउँबाट प्लाज्मा माग भइरहेको छ ।

उनले भने, “प्लाज्मा सङ्कलन अभियानका लागि सबै इच्छुक भएका छन् । यसले धेरैको ज्यान बचाउने छ ।” प्लाज्मा चाहिए चितवन जाऊ भन्ने अभियान सञ्चालन गर्न सक्ने गरी केन्द्रले काम गरीरहेको उनको भनाइ छ ।

हालसम्म सङ्कलन भएका प्लाज्मामध्ये चारवटा प्रयोगमा आइसकेका छन् । प्लाज्मा छ महिनासम्म प्रयोग गर्न सकिन्छ । सङ्क्रमितको नतिजा नेगेटिभ आएको १४ दिनपछि ४५ दिनभित्र रगत सङ्कलन गरी प्लाज्मा बनाउनुपर्ने हुन्छ ।

यसका लागि लक्षण देखिएका सङ्क्रमित चाहिने पौडेलको भनाइ छ । जिल्लाको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजसँगै पुष्पाञ्जलि अस्पतालमा गम्भीर अवस्थाका सङ्क्रमितको उपचार हुँदै आएको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार निको भएका कोरोना सङ्क्रमितको रगतबाट प्लाज्मा निकालेर सङ्क्रमितको शरीरमा चढाउने प्रक्रिया नै प्लाज्मा थेरापी हो । यसबाट गम्भीर अवस्थाका सङ्क्रमितको उपचार गर्न सहयोग पुग्छ ।

रगतमा हुने प्रोटिनसहितको पहेँलो पदार्थ नै प्लाज्मा हो । निको भएका सङ्क्रमितको विकास भएको एन्टिबडीको प्लाज्मा सङ्क्रमितलाई दिएर भाइरससँग लड्न सक्ने क्षमता यसले विकास गर्ने उनको भनाइ छ ।

उनले रक्तसञ्चार केन्द्रमा प्लाज्मा जगेडा हुने गरी बैंकको विकास गर्न लागिएको जानकारी दिए । अध्यक्ष डा. अधिकारीका अनुसार जुन अस्पतालका सङ्क्रमितलाई प्लाज्मा दिनुपर्छ त्यतिबेला दिन सहज हुनेगरी व्यवस्थापन गर्न लागिएको हो ।

केन्द्रलाई प्लाज्मा सङ्कलनका लागि भरतपुर अस्पतालले सहयोग गर्दै आएको छ । (रासस)

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top