×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सिलगढीको नाचन्थली क्षेत्र सिल, पूर्वीचौकी गाउँपालिकामा तालाबन्दी

२४ आश्विन २०७७

२४ आश्विन, डोटी ।
जिल्ला सदरमुकाम सिलगढीस्थित वडा नं ६ नाचन्थली क्षेत्र सिल गरिएको छ ।

उक्त वडाका समुदायमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको हो । दिपायल सिलगढी नगरपालिकामा आज बसेको आकस्मिक बैठकले थप कोरोना जोखिम हुन नदिन नाचन्थली क्षेत्र सिल गरिएको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिइन् ।

Advertisement
Advertisement

उनका अनुसार नगरपालिकाले तत्काल नाचन्थली मोडबाट कालिका मन्दिरसम्मको क्षेत्र सिल गरिएको हो । त्यसैगरी सङ्क्रमित भएका व्यक्तिसँगको सम्पर्कमा आएका अन्य व्यक्तिको तथ्याङ्क सङ्कलन गर्न कर्मचारी खटाइएकोे नगरपालिकाले जनाएको छ ।

उक्त वडामा रहेको कृषि विकास बैंकमा कार्यरत एक व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । सङ्क्रमित व्यक्तिलाई घरमा आइसोलेट गरिएको बैंकका प्रमुख दीर्घबहादुर शाहले जानकारी दिए ।

पछिल्लो समय यहाँका समुदायमा समेत कोरोना देखिन थालेपछि सबै नागरिकलाई सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ । जिल्लामा हालसम्म एक हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् ।

पूर्वीचौकी गाउँपालिकामा तालाबन्दी

जिल्लाको पूर्वीचौँकी गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिकाको कार्यालयमा रहेका जनप्रतिनिधि तथा कर्मचारी कार्यालय बन्द गरेर शुक्रबार पिकनिक खान गएको जनाउँदै नेपाल विद्यार्थी सङ्घ पूर्र्वीचौँकी गाउँ एकाइ समितिले तालाबन्दी गरेको हो ।

नागरिकका कामलाई लथालिङ्ग राख्दै गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख, स्वास्थकर्मी गाउँपालिकाको गाडी लगेर पिकनिक खान छिमेकी जिल्ला अछामको कैलाशखोला गएको पाइएकाले आफूहरुले कार्यालयमा तालाबन्दी गरेको नेविसङ्घ पस्र्वीचौँकी गाउँ एकाइ समितिका सभापति रेशमविक्रम खड्काले जानकारी दिए ।

उनले भने, “नागरिकको सेवा गर्नका लागि खटिएका जनप्रतिनिधि तथा कर्मचारी सरकारी गाडी लिएर पिकनिक खान गएकाले हामीले तालाबन्दी गरेका हौँ, नागरिकको काममा बाधा गर्न र सरकारी सम्पत्ति दोहन गर्न पाइँदैन ।”

Advertisement

गाउँपालिकामा गरिएको तालाबन्दीबारे आफूलाई जानकारी नभएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । उनले भने, “आज शुक्रबार कार्यालयको काम सकिएपछि कर्मचारी कहीँकतै गएको हुन सक्छन्, कार्यालय समय सकिएपछि गएको विषयलाई ठूलो बनाउन जरुरी छैन, हामीले जनताको सेवा प्रभावित हुने काम गरेका छैनौँ ।” (रासस)

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top