×

NEPAL TIMES UPDATES

Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026
Playing
Iran यु द्धबाट America ले उठायो आर्थिक फाइदा, कसरी ? || Nepal Times
Mar 11, 2026
Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026

यात्रुको चाप हेरेर दसैंलाई अग्रिम टिकट, पूरै सिटमा यात्रु राख्न पाउनुपर्ने माग

२५ आश्विन २०७७

काठमाडौँ : गत वर्ष दुई साताअघि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । यस वर्ष भने अहिलेसम्म त्यसबारे व्यवसायीले केही निर्णय गरेका छैनन् । कोभिड–१९ का बिरामी बढिरहेकाले यात्रुको संख्यासमेत कम छ ।

लामा तथा मध्यम दूरीका सवारी सञ्चालनमा आएको महिना हुन लाग्दा पनि यात्रुको संख्या बढ्न सकेको छैन । अग्रिम टिकट बुकिङका विषयमा यातायात व्यवस्था विभागमा शुक्रबार यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायत सरोकारवाला निकायबीच छलफल भएको थियो । छलफलले यस विषयमा टुंगो लगाउन सकेन ।

पहिलाको तुलनामा अहिले केही यात्रु बढे पनि अग्रिम बुकिङबारे बुझ्न कोही यात्रु नआएको नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर बताउँछन् । ‘यात्रु कम भएपछि गाडी घटेका छन्,’ उनले भने, ‘तर पहिला आधा सिट खाली खाली हुन्थ्यो, अहिले यात्रु बढ्न थालेका छन् ।’ नियमअनुसार कुल सिट क्षमताको आधा मात्र यात्रु बोक्न पाइनेछ । तर त्यो आधा सिट पनि यात्रुले नभरिँदा घाटा सहेर सवारी चलाउनुपरेको यातायात व्यवसायीको गुनासो छ ।

गत वर्ष यही बेला नयाँ बसपार्कबाट दैनिक ५ सयदेखि ६ सय यात्रु बस छुट्थे । अहिले मुस्किलले २ सय बस छुट्छन् । ‘अग्रिम टिकट बुकिङबारे केही निर्णय भएको छैन,’ उनले भने, ‘आवश्यक परे कात्तिक २ बाट खोल्ने कुरा छ ।’ दसैं नजिकिए पनि यति बेला टिकट काउन्टर सुनसान छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जो जहाँजहाँ छौं, त्यहीँबाटै दसैं मनाउन आग्रह गर्दै आएकाले पनि यात्रु चलमलाएका छैनन् । चाडबाडमा घर जाने धेरै हुने भएकाले कोभिड–१९ फैलिने भन्दै मन्त्रालयले सुरक्षित रहने गरी यथास्थानमा दसैं मनाउन आग्रह गरेको हो । कतिपय यात्रु त लकडाउनअघि नै उपत्यकाबाट बाहिरिइसकेका छन् । थप बाहिरिनेको संख्या कम छ ।

यो पटक अग्रिम बुकिङ खुल्ने सम्भावना न्यून रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् । ‘अहिले गाडी खालीखाली चलाउनुपरेको छ, काम नहुने र घर जानैपर्नेहरू अहिले खाली भएकै बेला गए राम्रो हुन्थ्यो,’ उनले भने, ‘यात्रु नै नभएपछि कसका लागि अग्रिम बुकिङ खोल्ने ? त्यसैले यस सम्बन्धमा निर्णय भइसकेको छैन ।’ जहाजमा झैं यात्रु बसमा पनि पूरै सिटमा यात्रु राख्न दिनुपर्ने आफूहरूको माग रहेको उनले बताए । ‘हामीले पूरै सिटमा यात्रु राख्न पाउनुपर्छ भनेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई लिखित माग पेस गरेका छौं,’ उनले भने, ‘मन्त्रिपरिषद्बाट छिट्टै यसबारे निर्णय हुने पर्खाइमा छौं ।’ अहिले कुल संख्याको ४० प्रतिशत मात्र सवारी सञ्चालनमा रहेको उनले जानकारी दिए ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल पनि तत्काल अग्रिम टिकट बुकिङ नखोलिने बताउँछन् । आवश्यक परे घटस्थापनाको एक–दुई दिनपछि खोल्न सकिने उनको भनाइ छ । पहिला चाडबाडको समयमा यात्रुको चाप थामिनसक्नु हुन्थ्यो । सिट नपुगेर मुढा र हुटमा बसेर यात्रु घर जान तयार हुन्थे । अहिले कोभिडले गर्दा सबैमा त्रास छ । जसले गर्दा धेरैले यो पटकको दसैं राजधानीमै मनाउने तयारी गरिरहेको उनको भनाइ छ ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top