×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

थप १५ जना संक्रमितको मृत्यु, हालसम्म कोरोनाबाट मृत्यु हुने संख्या ६२९

२५ आश्विन २०७७

२५ आश्विन,काठमाडौं ।
नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ ।

पछिल्लो पटक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–८ की ६२ वर्षीया महिला, धनकुटाकी ६१ वर्षीया महिला र दुबही नगरपालिकाका ६५ वर्षीय पुरुष छन् ।

यसैगरी, रुपन्देहीमा चार जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिकाका–११ का ८४ वर्षीय वृद्व र ६१ वर्षीया महिलाको उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ भने बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति मृत्यु भएको जनाइएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको हिजो मृत्यु भएको छ । यता, चितवनमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत दुई र भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका ८५ वर्षीया महिला र सर्लाही हरिवनका ३८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । भरतपुर अस्पतालमा ४७ वर्षीय पुरुषको हिजो राती मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैबीच, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पनि दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको हरिनगरका ७१ वर्षीय बृद्ध र दुहबी ३ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी, बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पनि दुई कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० का ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिकाका ७१ वर्षीया महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

भेरी अस्पताल र कोहलपुर शिक्षण अस्पतालमा गरि २० जना सिकिस्त अवस्थामा छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ का ५२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय २९ पुगेको छ । यता, संक्रमितको चाप ह्वात्तै बढ्दा देशभरका अस्पतालहरु भरिएका छन् । कोरोना संक्रमण भई गम्भीर भएकाहरुलाई शैयाकै अभाव हुन थालेको छ ।

सरकार आफैले संक्रमितलाई वेहोश नभई अस्पताल नआउन भन्न थालेको छ । जसका कारण आम मानिसमा त्रास फैलिएको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top