×

NEPAL TIMES UPDATES

Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

२५ फाल्गुन २०८२

२५ फागुन , काठमाण्डौ।

जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगका पदाधिकारीहरुले आफूले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताएका छन् । साथै कुनै कारणवस वा नियतवस यसको कार्यान्वयन नगरिए पुनः ठूलो आन्दोलन हुने चेतावनी पनि दिएका छन् ।

Advertisement
Advertisement

यो आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आन्दोलनमा हिंसात्मक दमन गर्ने सबैलाई कारबाहीका लागि सिफारिस गरिएको बताउँदै प्रतिवेदन कार्यान्वयन हुनै पर्नेमा जोड दिएका छन् । कार्कीले आयोगले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएलगत्तै पत्रकारहरूसँग कुरा गर्दै भने, ‘गोली हान्न लगाउने, गोली हान्ने र गोली हान्न नरोक्ने सबैलाई कारबाही सिफारिस गरेका छौँं।’

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनापूर्वाग्रह देखेको कुरा मात्र प्रतिवेदनमा राखेको बताएका छन् । ‘भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेका छौँ,’ उनले भने । सरकारको कुशासनका कारण भदौ २३ गते जेनजी आन्दोलन भएको पनि उनले बताए ।

‘कुशासनका कारण यो घटना भएको छ। नियमनकारी निकायहरूलाई विकृत पारिएको छ। न्यायपालिका, कार्यपालिका सबैतिर ढिलासुस्ती छ,’ उनले भने, ‘न्यायाधीशदेखि संवैधानिक नियुक्तिसमेत दलीय भागबण्डामा गर्ने प्रवृत्तिले आक्रोश बढेको पाइएको छ। यो प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिन्छ।’

आयोगका सदस्य विज्ञानराज शर्माले पनि यो प्रतिवेदन कार्यान्वयनमा जानेमा आफू विश्वस्त रहेको बताएका छन् । यो प्रतिवेदन जाँचबुझ मात्र भएकाले अब कारबाही गर्ने निकायले अनुसन्धान गर्नुपर्ने र यसमा अनुसन्धानका लागि आधार तयार गरिदिएको बताए ।

अर्का सदस्य विश्वेश्वर भण्डारीले सुशासनका लागि के गर्ने भन्ने विषय प्रतिवेदनले उल्लेख गरेको बताए । ‘प्रतिवेदनमा समिटिएका कुरा कार्यान्वयन गर्न सके मुलुकको अवस्था धेरै फेरिन सक्छ,’ उनले भने ।यता प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले पनि यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्ने बताएकी छन् ।

साथै सम्पूर्ण प्रतिवेदनभन्दा पनि यसको निचोड वा केही अंश सार्वजनिक गर्ने उनले बताएकी छन । अर्थात यो प्रतिवेदन सार्वजनिक हुन र कार्यान्वयनमा जान अब केही दिन लाग्ने देखिएको छ । यद्यपि प्रतिवेदनमा आयोगले भूमिका औँल्याउँदै तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलगायतलाई कारबाही गर्न सिफारिस गरेको खुलेको छ ।

‘भदौ २३ र २४ मा भएको घटना छानबिन गर्ने म्यान्डेडअनुसार छानबिन ग¥यौँ । २३ भदौको घटनामा जसले किशोरहरूलाई सहिद बनाए, उनीहरूलाई कारबाही सिफारिस भएको छ,’ गौरीबहादुर कार्कीले भने, ‘त्यस्तै, २४ भदौमा भएको घटनामा दोषी देखिएकाहरूलाई पनि कारबाही गर्न सिफारिस गरेका छौँ ।’

आयोग संयोजक कार्कीका अनुसार २३ भदौको घटनामा गोली हान्ने, हान्न लगाउने र गोली हान्न नरोक्ने सबैलाई कारबाही गर्न सिफारिस गरिएको छ । तत्कालीन सरकारमा रहेका जिम्मेवार व्यक्तिलाई पनि कारबाही सिफारिस गरिएको उनले बताए ।

‘२३ गतेको घटनामा गोली हान्ने, हान्न लगाउने र गोली हान्न नरोक्ने सबैलाई कारबाही गर्न सिफारिस गरेका छौँ । घटना हुँदा तत्कालीन सरकारको जिम्मेवार तहमा जो–जो थिए, उनीहरू सबै परेका छन्,’ कार्कीले भने, ‘उनीहरू को–को छन् ? प्रतिवेदनअनुसार त्यसको सार्वजनिक सरकारले गर्ला । र, कारबाही पनि उसैले गर्ला ।’

भदौ २३ को घटना हुँदा मुलुकको प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक थिए । त्यस्तै, गृहसचिव गोकर्णमणि दुवाडी थिए भने काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी छविराज रिजाल थिए । नेपाल प्रहरीको संगठन प्रमुख आइजिपी चन्द्रकुवेर खापुङ थिए ।

यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रमुख एसएसपी विश्व अधिकारी थिए । उनको ट्वाइसीमा एसपी अपिलराज बोहरा थिए । घटनाको दिन काठमाडौं उपत्यका प्रहरी कार्यालय भने प्रमुखविहीन थियो । निमित्त प्रमुखको भूमिकामा डिआइजी ओम राना थिए ।

त्यस्तै, २३ भदौका दिन नयाँ बानेश्वरस्थित संसद् भवन सुरक्षामा एसएसपी सोमेन्द्रसिंह राठौर फिल्डमा खटिएका थिए । उनी मातहत डिएसपी एलिजा गिरी पनि फिल्डमा थिइन् । नेपाल प्रहरीको पूर्वएआइजिपीसमेत रहेका आयोगका प्रवक्ता विज्ञानराज शर्माले २३ भदौको घटनामा हुनुमा ‘रेक्युरिटी ल्याप्सेस’ रहेको बताए ।

उनले भने, ‘घटना हुनुमा सेक्युरिटी ल्याप्सेस देखिएको छ । संसद् भवनपरिसरमा सुरुबाटै कमी–कमजोरी भएका छन् । ब्यारिकेडदेखि नै रेक्युरिटी ल्याप्सेस देखिएको छ । घटनामा दोषी देखिएकाहरूलाई कारबाहीको सिफारिस गरिएको छ । उनीहरूको संख्या कति छ ? को–को कारबाहीमा परेका छन् । उनीहरूको नाम म भन्दिनँ ।’

सरकारले २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गत ५ असोजमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो । ९ असोजदेखि कार्यारम्भ गरेको आयोगको प्रारम्भिक अवधि तीन महिना तोकिएको थियो ।

आयोगले यस अवधिमा तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका तत्कालीन आइजी चन्द्रकुवेर खापुङलगायत उच्चपदस्थ व्यक्तिहरूको भूमिका पहिचान गर्ने, २३ भदौको आन्दोलन र गोली प्रहारसम्बन्धी घटना छानबिन गर्ने तथा २४ भदौको आगजनी घटनाको स्थलगत अध्ययन गर्ने काम गरेको थियो ।

आयोगले २३ गते भएको गोली प्रहार र २४ गते भएको आगजनीलाई फरक–फरक ढंगले केलाएको छ । अब ६ महिनाको अध्ययनपछि बुझाइएको प्रतिवेदनको संवेदनशीलता हेरेर पूर्ण वा आंशिक सार्वजनिक गर्ने भन्नेसहित यसलाई कार्यान्वयनमा लैजानेबारे निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ ।

निर्वाचनपूर्व प्रतिवेदन बुझाउँदा आउन सक्ने सम्भावित जोखिमसमेत हेरेर आयोगले ‘होल्ड’मा राखेको थियो । करिब एक हजार पृष्ठको विस्तृत प्रतिवेदनले घटनाका जिम्मेवार व्यक्तिहरू पहिचान गर्दै कानुनी कारबाहीको बाटो खोले पनि अब मुख्य प्रश्न यसको कार्यान्वयन कहिले र कसरी हुन्छ भन्नेमा केन्द्रित भएको छ ।

विगतजस्तै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन सजिलो भने छैन । तर अब बन्ने सरकारले आफ्नो र अर्कोका मान्छे नचिनेसम्म प्रतिवेदन कार्यान्वयन गर्न गाह्रो हुँदैन । जनताले दुईतिहाइ बहुमत दिएको हुँदा प्रतिवेदन कार्यान्वयन गर्न अब बन्ने सकारलाई कुनै अवरोध नहुने देखिन्छ ।

‘२३ र २४ भदौको आन्दोलनमा ७६ जनाले ज्यान गुमाए । सोही राजनीतिक धरातलबाट अबको सरकार बन्ने हो । यस्तो अवस्थामा सरकारले आफ्नो र अर्काको मान्छे छुट्याउनुहुँदैन । जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा पनि यही मापदण्ड लागू हुनुपर्छ ।

तर यदि कार्यान्वयनका क्रममा आफ्नो–पराया छुट्याइयो भने अब बन्ने सरकार र विगतका सरकारबिच कुनै फरक रहनेछैन । आउने सरकारसँग दुईतिहाइ बहुमत प्राप्त हुँदै छ, त्यसले प्रतिवेदन कार्यान्वयन गर्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।

भावी सरकारको नेतृत्व गर्ने जनादेश पाएको रास्वपाले चुनावी वाचापत्रमै आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने उल्लेख गरेको छ । रास्वपाको वाचापत्रमा छ, ‘२०८२ को भदौ २३ र २४ गते जेन–जी आन्दोलनमा भएको बल प्रयोगलगायतका घटनाको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख हुने सुझाव र सिफारिसलाई कार्यान्वयन गर्नेछौँ ।’

२४ भदौको घटनामा रास्वपाका नेता–कार्यकर्ताको भूमिकामाथि तत्कालीन सत्तारुढ दल कांग्रेस–एमालेले प्रश्न उठाउँदै आएका छन् । एमालेले आयोगको प्रतिवेदन निष्पक्ष देखिए समर्थन गर्ने र पक्षपातपूर्ण भए प्रतिक्रिया गर्ने जनाएको छ । एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले प्रतिवेदन अध्ययनन गरिनसकेको हुँदा धारणा बन्न बाँकी रहेको बताए ।

आयोगका अनुसार प्रतिवेदन अनुसूचीसहित करिब एक हजार पृष्ठको छ । उक्त प्रतिवेदनलाई छुट्टाछुट्टै १० वटा खण्डमा लिपिबद्ध गरिएको छ । घटनाक्रमसँग सम्बन्धित दुई सयभन्दा बढी व्यक्तिसँग बयान लिइएको छ । साथै घटनाका क्रममा खिचिएका ३५ हजारभन्दा बढी भिडियो, उपलब्ध सिसिटिभी फुटेज र कल डिटेल्समाथि पनि आयोगले विस्तृत अनुसन्धान गरेको आयोग स्रोतले जनाएको छ ।

विशेषगरी आन्दोलनका दिन र त्यसअघि नयाँ बानेश्वर, सिंहदरबार, बालुवाटार तथा राष्ट्रपतिनिवासआसपास सक्रिय भएका मोबाइल फोन, तीमार्फत गरिएका फोन तथा सन्देश, सामाजिक सञ्जालको गतिविधि, आदान–प्रदान गरिएका भ्वाइस म्यासेज र लिखित सन्देशको समेत सूक्ष्म प्राविधिक विश्लेषण गरिएको छ ।

त्यसबाहेक सबैभन्दा बढी क्षति भएका भक्तपुर, ललितपुर, पोखरा, विराटनगरलगायत १५ सहरमा पनि सोही प्रकृतिको प्राविधिक अध्ययन गरिएको आयोगले जनाएको छ ।  ‘त्यस्तै, आगजनी भएका स्थानबाट संकलन गरिएका खरानी, माटो, ध्वाँसो र अँगारजस्ता भौतिक पदार्थको पनि अध्ययन गरिएको छ, ता कि आगजनीमा कुनै रासायनिक पदार्थ प्रयोग भए–नभएको स्पष्ट हुन सकोस् । यसका लागि विज्ञ टोलीले ती सबै नमुनामाथि वैज्ञानिक परीक्षण गरेको छ र दोषी ठहरिएकामाथि सोही आधारमा कारबाही सिफारिस गरिएको छ,’ आयोग स्रोतको भनाइ छ ।

आयोगसँग सम्बन्धित उच्च स्रोतका अनुसार यस क्रममा उपलब्ध ३५ हजारभन्दा बढी भिडियोको अध्ययन गरिएको छ । त्यसबाहेक उपलब्ध सिसिटिभी फुटेजको पनि विस्तृत विश्लेषण गरिएको छ । ती सामग्रीमार्फत विभिन्न स्थानमा आन्दोलनमा सहभागी समूहहरूको आवागमन र गतिविधि सूक्ष्म अध्ययन गरिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवन, सिंहदरबार, अदालत, प्रहरी संरचना, निजी भवन, नेताहरूका निजी घर, पार्टी कार्यालय, राष्ट्रपतिनिवास, भाटभटेनी सुपरमार्केट, होटेललगायतका भौतिक संरचनामा आगजनी गर्दा सक्रिय रहेका समूहहरूको पहिचान गरिएको छ ।

विभिन्न स्थानमा आगजनीमा संलग्न समूहहरूबिचको आपसी सम्बन्ध, उनीहरूबिच भएका टेलिफोन संवाद तथा सामाजिक सञ्जालमार्फत भएका सम्पर्क र आदान–प्रदान गरिएका सन्देशहरूको पनि सूक्ष्म अध्ययन गरिएको छ । त्यसका आधारमा दोषी देखिएकाहरूलाई कारबाहीका लागि सिफारिस गरिएको स्रोतको दाबी छ ।

आयोगसम्बद्ध स्रोतका अनुसार प्रतिवेदनले धेरै पक्ष सतहमा ल्याएको छ । ‘आन्दोलनका दिन एक्टिभेट मोबाइल, अदान–प्रदान भएका सन्देश र त्यसको सबै सिडिआर उतारिएको छ । त्यसबाहेक आगजनी भएका भौतिक संरचनाको खरानी परीक्षणसमेत भएका छन्,’ स्रोतले भन्यो, ‘फरक–फरक ठाउँमा आन्दोलन गर्न सडकमा उत्रिएकाहरूको मोबिलिटी अध्ययन गरिएको छ । यतिसम्म कि संसद् भवन र बालुवाटार जलाउने समूह एउटै हो–होइन र उनीहरूबिच सम्बन्ध छ–छैन जस्ता विषय अध्ययन भएका छन् । त्यही आधारमा दोष्ीा देखिएका कारबाही सिफारिस गरिएको छ ।’

त्यसबाहेक आन्दोलन हुनुको कारण, त्यसले निम्त्याएको क्षति र भविष्यमा अपनाउनुपर्ने उपाय पनि प्रतिवेदनमा उल्लेख छ । यता प्रतिवेदन बुझेलगत्तै प्रधानमन्त्री सुशीला कार्कीले कार्यान्वयनको विषयलाई लिएर परामर्श थालेकी छिन् । आगामी मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन पेस भएसँगै लाहाछाप खोलिनेछ ।

त्यसपछि प्रतिवेदनमाथि थप अध्ययन हुनेछ । अध्ययनपछि प्रतिवेदनको गाम्भीर्यतासहितको निचोड निकालिनेछ । र, प्रतिवेदन सार्वजनिक गर्दा–नगर्दाको सुरक्षा खतरा विश्लेषण गरिनेछ । त्यसपछि मात्रै प्रतिवेदनको निचोड सार्वजनिक हुनेछ ।

मन्त्रिपरिषद्बाट कार्यान्वयनमा लैजाने निर्णय भएसँगै प्रतिवेदन सम्बन्धित निकायमा कारबाहीका लागि पठाइने प्रधानमन्त्री कार्यालयले जनाएको छ । त्यसपछि घटनामा सम्बन्धित प्रहरी कार्यालयले अर्को चरणको अनुसन्धान गर्नेछ । र, दोषीविरुद्ध सोही कार्यालयले नै मुद्दा अभियोजन गर्नेछ ।

‘प्रतिवेदन पेस भएको छ । मुद्दा अभियोजन भने प्रहरीले नै गर्नेछ । यसका लागि प्रतिवेदन सम्बन्धित प्रहरी कार्यालयमा पठाइनेछ । उनीहरूले घटनामाथि थप अनुसन्धान गर्नेछन् । दोषी देखिएका विरुद्ध मुद्दा अभियोजन गर्नेछन्,’ प्रधानमन्त्री कार्यालयसम्बद्ध एक उच्च अधिकारीले भने ।

आयोगका अनुसार विशेषगरी कारबाही सिफारिस तीन तवरले गरिएका छन् । २३ भदौको घटनामा प्रत्यक्ष संलग्न हुनेलाई फौजदारी कसुरअन्तर्गत र अन्य भूमिकामा रहेका कर्मचारीहरूलाई प्रशासनिक तहको कारबाही सिफारिस गरिएको छ । त्यस्तै, २४ गतेको घटनामा संलग्न हुनेलाई कसुर हेरेर आकर्षित कानुनअनुसार कारबाही गर्न सिफारिस भएको छ ।

यता एमाले अध्यक्ष केपी ओलीले आफूमाथि सरकारले धरपकड गर्न सक्ने भन्दै सामनाका लागि तयार रहन निकटस्थ नेताहरूलाई भनेका छन् । चुनावी नतिजा पराजितउन्मुख देखिएपछि शनिबार आफूलाई भेट्न गुन्डु पुगेका केही केन्द्रीय सदस्य र नेताहरूलाई ओलीले यस्तो ब्रिफिङ गरेका हुन् ।

‘आयोगका एक सदस्यले भने निष्पक्ष ढंगबाट अध्ययन गरेर प्रतिवेदन तयार पारिएको बताए । उनका अनुसार प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछाने २४ भदौमा ललितपुरस्थित नक्खु कारागारबाट बाहिर निस्किएको घटनादेखि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहसम्मको भूमिकाबारे समेत उल्लेख गरिएको छ ।

आयोगका प्रवक्ता शर्माका अनुसार प्रतिवेदनमा २३ र २४ भदौका घटनालाई अलग–अलग खण्डमा प्रस्तुत गरेर अनुसन्धान र कारबाही सिफारिस गरिएको छ । शर्माका अनुसार २३ भदौको जाँच राज्य पक्षबाट भएको दमन र राज्य संयन्त्रको असफलताको विषयमा केन्द्रित छ भने २४ भदौको घटना योजनाबद्ध थियो÷थिएन र यसमा भूराजनीति जोडिन्छ कि जोडिँदैन भन्ने पक्षबाट समेत अध्ययन गरिएको छ ।

शर्मा भन्छन्, ‘अलि–अलि भूराजनीतिक प्रभाव, अन्तर्राष्ट्रिय चलखेल छ भन्ने आरोप थियो, त्यसबारे अनुसन्धान गरेका छौं । विस्तृत विवरण भने प्रतिवेदनसँगै सार्वजनिक हुन्छ ।’  संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति निवास, व्यापारिक प्रतिष्ठान र निजी सम्पत्तिमा २४ भदौमा भएको आगजनी संगठित हिसाबले गरिएको हो कि होइन भन्नेबारे समेत आयोगले जाँच गरेको थियो ।

त्यसका लागि आयोगले सरकारी संरचनाका साथै निजी क्षेत्रबाट कान्तिपुर पब्लिकेशन्स् र भाटभटेनी सुपरमार्केटबाट खरानी संकलन गरेको थियो । ‘क्षणभरमै आगो लागेका कारण विभिन्न आशंका भयो । हामीले संकलन गरेको खरानीलगायतका नमुना प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाएका थियौं,’ आयोगका अर्का सदस्य भण्डारीले भने, ‘पछि सरकारले जाँचका लागि भारतमा समेत नमुना पठाएको थियो ।’

परीक्षणको प्रतिवेदन भारतबाट आएको भने छैन । जेन–जी आन्दोलनका लागि युवा एकजुट भएको प्लाटफर्म ‘डिस्कर्ड’ का ‘युथ अगेन्स्ट करप्सन’ र ‘युवा हब’ नामक सर्भरमा सोडियमसहितका रसायन र पेट्रोल बम बनाउने विषयमा छलफल भएको थियो ।

Advertisement

‘डिस्कर्ड’ को छलफलमा ‘मोलोटोभ ककटेल’ शब्द मात्रै ३ सय ५६ पटक प्रयोग भएको भेटिएको थियो । ती विषय जोडेर जाँच्ने प्रयास गरिएको तर तत्काल उपलब्ध प्रमाणका आधारमा आगजनी संगठित र योजनाबद्ध थियो भन्ने पुष्टि गर्न नसकिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

भर्खरको समाचार

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

सम्बन्धित खबरहरु

Scroll to Top