×

NEPAL TIMES UPDATES

Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

२५ फाल्गुन २०८२

२५ फागुन , काठमाण्डौ।

जारी युद्ध र आफूले चाहेकै व्यक्ति सर्वोच्च नेता चुनिनुपर्ने अमेरिकाको धम्कीकाबीच इरानले नयाँ सर्वोच्च नेता चयन गरेको छ । यसअघिका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणमा मारिएपछि उनको स्थानमा उनका छोरा मोज्तबा खामेनीलाई ल्याइएको हो ।

Advertisement
Advertisement

इरानको सरकारी टीभीले सोमबार बिहान मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाइएको घोषणा गरेको हो । गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले संयुक्त हवाई हमला गरी उनका बुबा अली खामेनीलाई मारेका थिए । यसपछि अब आफूहरूको स्वीकृतिबिना नयाँ सर्वोच्च नेता चयन नगर्न भन्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिइरहेका थिए ।

त्यति मात्र होइन, उनले अली खामेनीका छोरा मोज्तबालाई नेता नबनाउनसमेत भनेका थिए । तर अमेरिकाको धम्कीका बाबजुद इरानले उनैलाई नयाँ सर्वोच्च नेता बनाएको हो । अली खामेनी ३५ वर्षसम्म इरानको सर्वोच्च पदमा थिए । उनी सन् १९८९ मा रुहोल्लाह खोमेनीको मृत्यु भएदेखि इरानको सर्वोच्च नेता पदमा थिए ।

आफ्ना बाबुको तुलनामा ५६ वर्षीय मोज्तबा सधैँ पर्दा पछाडि रहेर काम गर्न रुचाउने व्यक्ति हुन् । उनले अहिलेसम्म कुनै पनि सरकारी पद सम्हालेका छैनन् भने सार्वजनिक रूपमा भाषण वा अन्तर्वार्ता पनि दिएका छैनन्। मिडियामा उनका निकै सीमित तस्बिर र भिडिओहरू मात्र सार्वजनिक भएका छन्।

तर, वर्षौँदेखि इरानको सत्ता समीकरणमा उनले पर्दा पछाडिबाट ठूलो प्रभाव पार्दै आएको चर्चा निरन्तर हुँदै आएको छ । सन् २००० को दशकको अन्त्यतिर विकिलिक्सले सार्वजनिक गरेका अमेरिकी कूटनीतिक दस्ताबेजहरूमा उनलाई ‘पोसाकभित्र लुकेको शक्ति’ भनेर वर्णन गरिएको थियो ।

समाचार एजेन्सी एपीका अनुसार उनलाई सत्ताभित्र एक सक्षम र शक्तिशाली पात्रका रूपमा हेरिन्छ । यद्यपि, उनको छनोट विवादरहित भने पक्कै छैन । सन् १९७९ मा राजतन्त्रको अन्त्य गर्दै स्थापना भएको इस्लामिक गणतन्त्रको मुख्य विचारधारा नै सर्वोच्च नेता वंशानुगत रूपमा नभई उसको धार्मिक हैसियत र प्रमाणित नेतृत्व क्षमताका आधारमा छनोट हुनुपर्छ भन्ने हो ।

अली खामेनीले आफ्नो शासनकालमा भावी नेतृत्वका बारेमा कहिल्यै प्रस्ट रूपमा बोलेका थिएनन् । सर्वोच्च नेता छनोट गर्ने निकाय एसेम्बली अफ एक्सपट्र्सका एक सदस्यले दुई वर्षअघि मात्रै अली खामेनीले आफ्ना छोरालाई भावी नेतृत्वको उम्मेदवार बनाउने विचारको विरोध गरेको बताएका थिए ।

तर, यस्ता अनुमानहरूबारे उनले सार्वजनिक रूपमा कहिल्यै सम्बोधन गरेका थिएनन् । मोज्तबा खामेनीको जन्म सन् १९६९ सेप्टेम्बर ८ मा उत्तरपूर्वी सहर मशादमा भएको हो । खामेनीका ६ सन्तानमध्ये उनी दोस्रो हुन्। उनले तेहरानको धार्मिक अलावी स्कुलबाट माध्यमिक शिक्षा हासिल गरेका थिए।

इरानी सञ्चारमाध्यमहरूका अनुसार १७ वर्षको उमेरमा मोज्तबाले इरान–इराक युद्धका क्रममा केही छोटो अवधिका लागि सेनामा पनि सेवा गरेका थिए । उक्त आठ वर्षे रक्तपातपूर्ण युद्धले इरानी सत्तालाई अमेरिका र पश्चिमा राष्ट्रहरूप्रति थप सशंकित बनाएको थियो, जसले त्यसबेला इराकलाई समर्थन गरेका थिए ।

सन् १९९९ मा मोज्तबा आफ्नो धार्मिक अध्ययनलाई निरन्तरता दिन शिया धर्मशास्त्रको महत्त्वपूर्ण केन्द्र मानिने पवित्र सहर कोम पुगे। रोचक कुरा के छ भने, त्यति बेलासम्म उनले धर्मगुरुले लगाउने पोसाक लगाएका थिएनन्। ३० वर्षको उमेरमा मदरसा भर्ना हुने उनको निर्णय आफैंमा असामान्य थियो, किनकि सामान्यतया यस्तो अध्ययन सानै उमेरमा सुरु गरिन्छ ।

मोज्तबा अझै पनि मध्यम स्तरका धर्मगुरु हुन्, जसले उनलाई सर्वोच्च नेता बन्न केही प्राविधिक बाधा खडा गर्न सक्थ्यो। तर, पछिल्ला केही दिनयता इरानको सत्ता निकट सञ्चारमाध्यम र अधिकारीहरूले उनलाई उच्च धार्मिक पद ‘आयतोल्लाह’ भनेर सम्बोधन गर्न थालेका छन्।

पर्यवेक्षकहरूका अनुसार यो उनको धार्मिक हैसियत बढाउने र उनलाई एक योग्य नेताका रूपमा प्रस्तुत गर्ने सुनियोजित प्रयास हो । मदरसा प्रणालीमा आयतोल्लाह को पदवी पाउनु र उच्च स्तरका कक्षाहरू पढाउनुलाई व्यक्तिको विद्वता र ज्ञानको सूचक मानिन्छ, जुन भावी नेता छनोटका लागि आवश्यक पूर्वसर्तहरूमध्ये एक हो।

यद्यपि, इरानमा यस्तो अभ्यास नौलो भने होइन। सन् १९८९ मा दोस्रो सर्वोच्च नेता बनेपछि अली खामेनीलाई पनि रातारात आयतोल्लाहमा बढुवा गरिएको थियो । मोज्तबाको नाम पहिलो पटक सन् २००५ को राष्ट्रपतीय निर्वाचनका बेला सार्वजनिक रूपमा विवादमा तानिएको थियो। उक्त चुनावमा कट्टरपन्थी पपुलिस्ट नेता महमुद अहमदिनेजाद विजयी भएका थिए ।

सुधारवादी उम्मेदवार मेहदी करौबीले खामेनीलाई लेखेको खुला पत्रमा मोज्तबामाथि इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) र बासिज मिलिसियाको प्रयोग गरेर चुनावमा हस्तक्षेप गरेको आरोप लगाएका थिए। अहमदिनेजादलाई जिताउन धार्मिक समूहहरूलाई पैसा बाँडिएको आरोप थियो ।

चार वर्षपछि सन् २००९ मा पनि मोज्तबाले यस्तै आरोपको सामना गर्नुप¥यो । अहमदिनेजादको पुनर्निर्वाचनपछि देशभर ग्रीन मुभमेन्टका नाममा विशाल प्रदर्शनहरू भएका थिए । केही प्रदर्शनकारीहरूले मोज्तबाले आफ्ना बाबुलाई प्रतिस्थापन गर्न सक्ने सम्भावनाको विरोधमा सडकमै नाराबाजी समेत गरेका थिए।

तत्कालीन उपगृहमन्त्री मुस्तफा ताजजादेहले उक्त नतिजालाई चुनावी कू को संज्ञा दिएका थिए। पछि उनलाई सात वर्षको जेल सजाय सुनाइयो, जसलाई उनले मोज्तबा खामेनीको प्रत्यक्ष चाहना भनेर दाबी गरेका थिए । सन् २००९ को चुनावपछि दुई सुधारवादी उम्मेदवार मीर–हुसेन मौसवी र मेहदी करौबीलाई घरमै नजरबन्द गरिएको थियो।

बीबीसी न्युज पर्सियनका अनुसार सन् २०१२ को फेब्रुअरीमा मोज्तबाले मौसवीलाई भेटेर विरोध प्रदर्शन छोड्न दबाब दिएका थिए । अब इरानको नवनियुक्त सर्वोच्च नेताका रूपमा मोज्तबाले आफ्ना बाबुका कट्टरपन्थी नीतिहरूलाई नै निरन्तरता दिने धेरैको अपेक्षा छ।

अमेरिका–इजरायल आक्रमणमा आफ्ना बाबु, आमा र श्रीमतीसमेत एकैपटक गुमाएका उनी पश्चिमा दबाबसामु झुक्ने सम्भावना निकै कम रहेको विश्लेषकहरू बताउँछन्। तर, उनीसामु इस्लामिक गणतन्त्रको अस्तित्व जोगाउने र चरम राजनीतिक तथा आर्थिक सङ्कटबाट देशलाई पार लगाउन आफू योग्य छु भनेर जनतालाई विश्वस्त पार्नुपर्ने पहाडजस्तो चुनौती छ।

उनको नेतृत्व क्षमताको परीक्षण अझै हुन बाँकी छ । देशको सर्वोच्च पद वंशानुगत प्रणालीतर्फ धकेलिएको भन्ने बुझाइले इरानी जनतामा असन्तुष्टि थप बढाउन सक्ने जोखिम उत्तिकै छ। अर्कोतर्फ, मोज्तबा अहिले विश्वकै सबैभन्दा ठूलो सुरक्षा खतरातर्फ धकेलिएका छन्।

Advertisement

इजरायलका रक्षामन्त्रीले गत हप्ता मात्रै आयतोल्लाह अली खामेनीको उत्तराधिकारी जोसुकै चुनिए पनि ऊ इजरायलको हिटलिस्टमा हुने सीधै चेतावनी दिएका छन् ।

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top