×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
‘बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्‘ || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

कसले कहाँ जिते ? को अगाडि ?

२३ फाल्गुन २०८२

२३ फागुन , काठमाण्डौ ।

१६५ निर्वाचन क्षेत्रमा गत बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार, केही क्षेत्रमा भन्दा बाहेक देशभर अहिले मतगणना जारी छ । जसमध्ये २७ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

Advertisement
Advertisement

प्रारम्भिक मतपरिणाम अनुसार, रास्वपाले एक सय बढी क्षेत्रमा अग्रता लिइरहेको छ भने १९ क्षेत्रमा जित निकालिसकेको छ । रास्वपाले अग्रता लिइरहँदा अन्य पूराना दलहरू भने जमानत समेत जोगाउने चुनौतीमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन्।

लामिछानेले ५४ हजार ४०२ मत ल्याएर नेपाली कांग्रेसकी मिना खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका छन्। यस क्षेत्रमा ८७ हजार २८ मत सदर र २ हजार ७९६ मत बदर भएको थियो।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।

उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन् । रास्वपाले पछिल्लो समय बाँके ३ मा रास्वपाका खगेन्द्र सुनार विजयी भएका छन् । सुनारले २९ हजार ५५१ मत प्राप्त गरेका छन् । उनका नजिकका प्रतिस्पर्धीले एमालेका सुमन मल्लले १९६१५ मत पाएका छन् ।

नेपाली कांग्रेसका अमर सिंह पुनले १३ हजार २१५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका दिपककुमार गौरी मगरले ३ हजार ७७४ मत पाएका छन् । धनुषा–३ मा रास्वपाका मनिष झाले जित निकालेका छन् । यहाँ कांग्रेसका बिमलेन्द्र निधि, नेकपा एमालेका जुलिकुमारी महतो जस्ता हेभिवेट उम्मेदवार थिए ।

उनले ४३ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १५ हजार ९५२ मत ल्याउँदा र नेकपा एमालेका जुलिकुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरेकी छन् । रास्वपाबाट गण्डकीमा एक्ली महिला उम्मेदवारका रूपमा खडा भएकी बिना गुरुङले कास्की–३ मा निर्वाचित भएकी छिन् ।

अन्तिम मतपरिणाम अनुसार, उनी ३७ हजार ७५० मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उनले यसअघिका निर्वाचित नेकपा एमालेका दामोदर पौडेल बैरागीलाई पराजित गरेकी हुन् । काठमाडौं क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । ३७ हजार ४६९ मतसहित रास्वपाका प्रदीप विष्ट विजयी भएका हुन् ।

दोस्रोमा नेपाली कांग्रेसका हिमाल कार्की छन् । उनले ८,१०० मत ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठ ४,८६४ मतसहित तेस्रो स्थानमा छन् । मोरङ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । उनले ४०८३३ मत प्राप्त गरे घिमिरेले १२८१८ मत प्राप्त गरेका छन् । रास्वपाका उत्तमप्रसाद पौडेल कास्की २ क्षेत्रबाट निर्वाचित भए ।

एमालेले जित्दै आएको क्षेत्रमा उनले २४ हजार ४१८ मतान्तरका साथ विजय प्राप्त गरेका हुन् । उनले कुल ३१ हजार ९११ मत पाउँदा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत प्राप्त गरेका थिए । सस्मित पोखरेल काठमाडौं ५ बाट विजयी भएका छन् ।

वैकल्पिक राजनीतिका अभियन्ताका रूपमा परिचित उनले नेपाली कांग्रेशका प्रदीप पौडेल, नेकपा एमालेका ईश्वर पोखरेल, राप्रपाका कमल थापा, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ जस्ता चर्चित उम्मेदवारहरूलाई हराए । काठमाडौं–४ मा पुकार बम विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका सचिन तिमल्सिना, नेकपा एमालेका राजन भट्टराई जस्ता उम्मेदवारलाई हराए । उनले २९ हजार १८२ मत प्राप्त गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । खनाल २७ हजार ७११ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । उनले २४ हजार ५९२ मत ल्याए । काठमाडौं ३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे निर्वाचित भए । घिसिङले ११ हजार १७१ मत ल्याउँदा पाण्डेले १८ हजार ७५७ मत ल्याएका थिए । पाण्डे काठमाडौं महानगरपालिकाको पूर्व प्रहरी प्रमुख हुन् ।

काठमाडौं–१ मा रञ्जु दर्शना (नेउपाने) विजयी भएकी छन् । काठमाडौं–९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक तथा उपसभापति डोल प्रसाद अर्यालले फराकिलो मतले जित हासिल गरे । उनले ३५ हजार ९३ मत प्राप्त गर्दै जित निकालेका हुन् । उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मत मात्र ल्याइन् ।

मोरङ–६ मा कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला ४२ हजार ६६३ मतान्तर सहित रास्वपाकी उम्मेदवार रुबिना आचार्यले जित निकालेकी छिन् । उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् ।

त्यस्तै, एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत प्राप्त गरेका छन् । बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित भएका छन् । उनले ३२ हजार ७९२ मत ल्याउँदा नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ९५ मत ल्याए ।

स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनञ्जय रेग्मी विजयी भएका छन् । रुपन्देही–४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् । उनले २८०६६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याए ।

तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई ८८० मतान्तरले हराए । सुब्बाले ११ हजार ५६१ मत पाउँदा ढकालले १० हजार ६८२ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत पाए भने श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले ५ हजार २०० मत पाए ।

नेकपाका रनध्वज लिम्बुको पक्षमा ९१९ मत प¥यो । अहिलेसम्म नेपाली कांग्रेसले तेह्रथुमसहित मुस्ताङ–१, रसुवा–१, मनाङ–१ र दैलेख–१ मा गरी पाँच वटा निर्वाचन क्षेत्रमा जित निकालेको छ । अहिले मत परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टी तेस्रो स्थानमा छ । देशभर गरेर उसले दुई सिटमा जितेको छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्व १ बाट निर्वाचित भए । बारम्बार निर्वाचन क्षेत्र फेरिरहने उनले यसपाली १० हजार २४० मत ल्याए । यस्तै कालिकोट–१ बाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट महेन्द्र बहादुर शाही विजयी भएका छन् । उनले अन्य दलका उम्मेदवारहरू पछि पार्दै ११ हजार ३३६ मत ल्याएर उनी विजयी भएका हुन् ।

नेकपा एमालेले भने बाँके–२ बाट खाता खोलेको छ । नेकपा एमालेले पहिलो जित बाँके–२ बाट निकालेको हो । एमालेमा नवप्रवेशी मोहम्मद ईश्तियाक राईले बाँके–२ बाट पहिलो जित दिलाए । २४ हजार ६२६ मत ल्याएर उनले एमालेका निम्ति जितको खाता खोल्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठ निकटतम् प्रतिद्वन्द्वी बने ।

Advertisement

श्रेष्ठले १८ हजार ५८१ मत ल्याएका छन् । ६ हजारको मतान्तरमा जितेका ईश्तियाकले गणनाभर अग्रता लिएका थिए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top