×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

२५ फाल्गुन २०८२

२५ फागुन , काठमाण्डौ।

चुनावको अन्तिम परिणाम आइरहँदा यसको प्रभावले सेयर लगानीकर्तामा अभूतपूर्व उत्साह देखिएको छ। खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमत (करिब दुईतिहाई बहुमत) आएपछि स्थिर सरकार बन्ने र त्यसले नीतिगत स्थिरता हुने आशासहित लगानीकर्ताले खरीदारी बढाउँदा सोमबार बजार खुलेदेखि नै सेयर किन्न नपाउने अवस्था देखियो ।

Advertisement
Advertisement

किन्नेहरु मात्र थुप्रिएपछि र बिक्री गर्न कोही तयार नभएपछि एक मिनेटमै बजारमा पहिलो सर्किट लाग्यो । २० मिनेट कारोबार हल्ट गरी खुलेको बजारमा फेरि अर्को मिनेटमा नेप्से ५ प्रतिशत बढेपछि सर्किट लगाइयो । दोश्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार हल्ट गरिएको थियो ।

त्यसपछि खुलाइएको बजार फेरि अर्को एक मिनेटमा थप १ प्रतिशत अर्थात कुल ६ प्रतिशतले बढेपछि तेश्रो सर्किट लगाएर आजका लागि कारोबार स्थगित गरियो । यससंगै आज नेप्से परिसूचक १६२.९३ अंकले बढेर २८७५.४३ को विन्दूमा पुग्यो । २५३ कम्पनीको सेयर खरीदबिक्री भएको बजारमा ५१ करोड बढीको कारोबार भयो ।

यसरी हेर्दा चुनावपछि खुलेको बजारमा अभूतपूर्व उछाल र उत्साहको अवस्था देखिएको छ । जसका कारण आज तीनवटा सर्किटअघिको अवधि हेर्दा जम्माजम्मी ३ मिनेट मात्र कारोबार हुन पायो । सामान्य अवस्थामा ४ घण्टासम्म कारोबार हुने बजार जम्माजम्मी ३ मिनेटको कारोबार भएर आजका लागि बन्द भयो ।

सेयर बजारले चुनावअघिकै केही कारोबार दिनमा समेत चुनावपछिको परिदृश्य संकेत गरिरहेको थियो । देश रास्वपामय भएको छनक बजारले चुनावअघि नै दिइसकेको थियो । घण्टीमय देश बनिरहेको बेला प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको स्पष्ट बहुमत आउने र त्यसले राजनीतिक अन्यौलता, नीतिगत स्खलन तथा ६÷६ महिनामा नयाँ सरकार बन्ने दुर्भाग्यपूर्ण अवस्थाको अन्त्य गर्ने धेरैमा विश्वास देखिएको थियो ।

ठूला तथा संस्थागत लगानीकर्ताहरु चाहिँ चुनावअघिसम्म पनि ‘पर्ख र हेर’को अवस्थामै थिए । चुनावअघिको केही कारोबार दिनमा बैंक तथा वित्तीय संस्था लगायतका केही संस्थागत लगानीकर्ताहरुले भने चूपचाप खरीदारी बढाउन थालेका थिए । यस्तै, कतिपय लगानीकर्ताहरुले भने चुनावअघि कित्ता थपेर जूवा खेल्ने रणनीतिसहित खरीदारी बढाउँदा त्यसको सकारात्मक प्रभाव बजारमा देखिएकै थियो ।

चुनाव भएपछि त्यसको परिणामले यस्तो अवस्था देखाइदियो कि पर्ख र हेरको अवस्थामा रहेका ठूला तथा संस्थागत लगानीकर्ताहरु समेत आक्रामक ढंगले बजार प्रवेश गर्न खोजेकोे देखिन्छ । ठूला लगानीकर्ताहरुको यही आक्रामकता र त्यसमा सानाले थपेको बलका कारण बजारमा उछालको माहौल बनेको हो ।

सेयर लगानीकर्ताहरुमा रास्वपाको स्थिर सरकार बनेपछि अर्थतन्त्र र सेयर बजारलाई राम्रोसँग बुझेका डा. स्वर्णिम वाग्ले अर्थमन्त्रीको रुपमा आउने विषयले समेत सकारात्मक प्रभाव पारेको देखिन्छ । यस्तै, रास्वपाले आफ्नो चुनावी बाचापत्रमा अन्य दलभन्दा एक कदम अगाडि बढेर सेयर बजारको दिगो सुधार तथा विकासका लागि सार्वजनिक गरेका प्रतिबद्धताका कारण समेत अहिले सोही दलको एकल सरकार बन्ने विषयले लगानीकर्तामा उत्साह थपेको देखिन्छ।

रास्वपाले आफ्नो बाचापत्रमा सेयर बजारको आमूल सुधार गरी नेप्सेलाई अन्तराष्ट्रिय स्तरको बनाउने सगौरव घोषणा गरेको छ । यो विषयले समेत लगानीकर्ताहरुको अहिलेको उत्साहमा इन्धन भर्ने काम गरेको देखिन्छ । बजारका विज्ञ तथा विश्लेषक र अनुभवी लगानीकर्ताहरुले आजबाट सुरु भएको बुल लामो समयसम्म रहने तथा नेप्से परिसूचकले अलटाईम हाईको रेकर्ड ब्रेक गर्नेसम्मको प्रक्षेपण गरिरहेका छन् ।

राजनीतिमा आएको ऐतिहासिक परिवर्तन र त्यसपछि बजारका लगानीकर्तामा देखिएको उत्साहलाई हेर्ने हो भने नेप्सेले अलटाईम हाई ब्रेक गर्ने समय आउन धेरै दिन पर्खिनुपर्छ भन्ने देखिन्न । यस्तै अब भोलि पनि बजारमा सर्किटहरु लाग्ने धेरैको दाबी छ ।

आज छोटो समयका लागिमात्रै खुलेको बजारमा २५३ कम्पनीको सेयर किनबेच भयो, जसमध्ये २५२ कम्पनीको मूल्य उछालको गतिमा बढ्यो भने एउटा कम्पनी रिलायन्स स्पिनिंग मिल्सको मूल्य मात्र घट्न पुग्यो । रिलायन्सको सेयर १० कित्ता कारोबार भयो र मूल्य प्रतिकित्ता १०.२० रुपैयाँले घट्यो ।

Advertisement

यो तीन मिनेटमा व्यापार समूह सबैभन्दा बढी ७.७३ प्रतिशतले बढ्यो भने लगानी समूहमा ७.०६ प्रतिशतको उछाल देखियो । बैंकिंग समूह पनि ७ प्रतिशतको हाराहारीमै बढ्न पुग्यो । विकास बैंक समूह करिब ६ प्रतिशत, होटल तथा टुरिजम करिब ६ प्रतिशत, जलविद्युत समूह करिब ७ प्रतिशत, जीवन बीमा समूह करिब ५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ५ प्रतिशतभन्दा बढी माइक्रोफाइनान्स ४ प्रतिशत, निर्जीवन बीमा समूह करिब ४ प्रतिशत र अन्य समूह ५.५६ प्रतिशतले बढे । आज २४ कम्पनीको सेयरमूल्य बढेर सर्किट लेभलमा पुग्यो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top