सोतीगाउँ हत्याकाण्ड: सुर्खेत उच्च अदालतका न्यायाधीशबीच राय बाझियो

२५ असोज ७७, सोमबार

२६ आश्विन, सुर्खेत ।
रुकुम पश्चिमको सोतीगाउँमा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा मुछिएकाहरूलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा उच्च अदालत सुर्खेतका दुई न्यायाधीशको राय बाझिएको छ ।

उनीहरूबीच घटनामा मुछिएकी एक किशोरीलाई छाड्ने विषयमा भने मत मिलेको छ । राय बाझिएको विषय निरूपणका लागि सुर्खेत उच्च अदालतकै अर्का न्यायाधीशको इजलासमा मुद्दा पेस हुनेछ । दुई न्यायाधीशको राय बाझिएको विषय तेस्रो न्यायाधीशको राय नआउन्जेल कार्यान्वयन हुँदैन ।

रुकुम पश्चिम जिल्ला अदालतले घटनामा मुछिएका ३४ मध्ये २५ जनालाई पुर्पक्ष थुनामा पठाएको थियो । दुई नाबालकलाई यसअघि नै सुधारगृह पठाउन आदेश भएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध आरोपितहरू उच्च अदालत गएका थिए ।

Advertisement

आरोपितहरूको निवेदन सुनुवाइका क्रममा मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच राय बाझिएको हो । मृतक नवराज विकसँग नाम जोडिएकी किशोरीलाई थुनामा नभई साधारण तारेखमा छाड्ने विषयमा भने दुवै न्यायाधीशको मत मिलेको हो ।

के यो मूल मुद्दा हो ?

Advertisement

अहिले उच्च अदालत सुर्खेतमा पुगेको विषय मूल मुद्दा होइन । सामूहिक हत्याको आरोप लागेकाविरुद्धको मुद्दा रुकुम पश्चिमको जिल्ला अदालतमै विचाराधीन छ ।

उनीहरूलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने भनी गरिएको आदेशविरुद्ध मात्रै आरोपितहरू उच्च अदालत पुगेका हुन् । अनि केही आरोपितलाई छाड्ने आदेशविरुद्ध सरकारी वकिलले पनि उच्च अदालत सुर्खेतमा निवेदन दिएको छ ।

यो मुद्दामा तेस्रो न्यायाधीशको समेत राय आएपछि आरोपितलाई थुनामै राख्ने, धरौटीमा छाड्ने वा साधारण तारिखमा रिहा गर्नेमध्ये एउटा आदेश हुनेछ । त्यो आदेशसमेत चित्त नबुझे सम्बद्ध पक्षले सर्वोच्च अदालतमा निवेदन दिन पाउनेछ ।

सर्वोच्चले समेत सुनुवाइ गरेपछि थुनछेकको आदेश अन्तिम भएर बस्छ । त्यसपछि जिल्ला अदालत रुकुममा विचाराधीन ज्यानमुद्दाको सुनुवाइ अघि बढ्छ । तर जिल्लामा विचाराधीन मुद्दा अघि बढाउन भने अहिलेको यो प्रक्रियाले कुनै असर गर्दैन ।

केमा राय बाझियो ?

सुर्खेत उच्च अदालतका रजिस्ट्रार माधवप्रसाद पौडेलका अनुसार राय बाझिएको विषयमा तेस्रो न्यायाधीशसमक्ष मुद्दा पेस हुनेछ । उनले दिने राय निर्णायक भई कार्यान्वयनमा आउनेछ ।

आइतबार मध्यरातमा मात्रै आदेश तयार भएकाले कोरको व्यक्तिलाई छाड्ने–नछाड्ने हो भन्नेबारे आफूलाई सम्झना नभएको पौडेलले बताए । उनले भने, ‘बिहान कार्यालय खुलेपछि मात्रै मैले थप भन्न सक्छु ।’

रुकुम पश्चिमको जिल्ला अदालतले गत असारमा घटनामा जोडिएकी किशोरीकी आमालाई मात्रै एक लाख रुपैयाँ धरौटी मागेको थियो । तीन जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

साधारण तारेखमा छुट्ने आदेश गरिएकामा इन्द्रबहादुर मल्ल, तिलबहादुर मल्ल र दीपेन्द्र चन्द थिए । वडाध्यक्ष डम्बरबहादुर मल्ललगायत अरू सबैलाई थुनाको आदेश जारी भएको थियो । घटनामा संलग्न भएको आरोप लागेका पाँच जना फरार थिए । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Advertisement

भर्खरको समाचार

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

सम्बन्धित समाचार

Scroll to Top