बिहान ६ देखि ९ बजेसम्म सिद्धार्थ राजमार्ग दैनिक ३ घण्टा बन्द

२५ असोज ७७, सोमबार

२६ आश्विन, बुटवल ।
सिद्धार्थ राजमार्ग आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ ।

राजमार्गअन्तर्गत तानसेन बुटवल सडकखण्ड पर्ने विभिन्न ठाउँमाहरु मर्मत गर्नु भएको असोज २९ सम्म बन्द सडक डिभिजन पाल्पाले जनाएको छ । मर्मतको लागि बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द गर्ने पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।

पाल्पाको बर्तुङदेखि चिडियाखोलासम्म राजमार्ग बन्द हुनेछ । राजमार्गको विभिन्न ठाउँमा गएको पहिरो पन्छाउन सडक बन्द गरेर काम गर्नुपरेको सडक डिभिजन पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले बताएका छन् ।

Advertisement

केही साता पहिले अविरल वर्षासँगै झरेको पहिरोले राजमार्गको दर्जनौँ ठाउँमा पहिरो गएको छ । अहिले पनि यस ठाउँमा एकतर्फी सञ्चालनमा छ । सडक पूर्णरूपमा सञ्चालनका लागि मर्मत गर्न थालिएको अधिकारीले बताए ।

दसैँ र तिहार आइसकेकाले तत्काल सडक मर्मत गर्न लागिएको अधिकारीले बताए । सिद्धार्थ राजमार्गका कतिपय ठाउँमा घुम्ती काटेर फराकिलो बनाउने काम समेत भइरहेको छ । प्रहरीले सडक अवरुद्ध भएपछि बुटवलको सिद्धबाबाबाट उता सवारी सधान नलैजानको लागि अनुरोध गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

सम्बन्धित समाचार

Scroll to Top