२६ आश्विन, चितवन ।
चितवनमा थप ५५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।
आइतवार भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा भएका परीक्षणमा ५५ जनामा पोजेटीभ देखिएको हो। २ सय ३५ जनामा परीक्षण गर्दा ५५ जनामा पोजेटीभ देखिएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकरी दिइन।
सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकाका रहेका छन्। भरतपुर महानगरपालिकामा ३४ जनामा कोभिड देखिएको हो। जसमा एक जना ६ वर्षीय बालक समेत रहेका छन्।