×

NEPAL TIMES UPDATES

Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026

१९२१ मा बनेको बीसीजी खोप कोभिड उपचारमा परीक्षण गरिँदै

२७ आश्विन २०७७

२७ आश्विन, एजेन्सी ।
बेलायतका वैज्ञानिकहरुले अहिले १९२१ मा बनेको बीसीजी खोपको परीक्षण गर्न सुरु गरेका छन् ।

यसले कोभिडबाट ज्यान बचाउन सक्छ सक्दैन भन्ने थाहा पाउनका लागि उनीहरुले अध्ययन थालेका हुन् । यो खोप त्यससमय टीबी रोगका लागि निर्माण गरिएको थियो तर यसले अन्य संक्रमणहरुबाट पनि जोगाउन सक्ने केही प्रमाणहरु भेटिएका छन् ।

र, यसको ट्रायलमा अहिले १ हजार भन्दा बढी मानिसहरु सहभागी हुने बताइएको छ । प्रायः मानिसहरुले बाल्यकालमा नै यो खोप लगाइसकेका हुन सक्छन् तर यसबाट अहिले लाभ हासिल गर्न फेरि लगाउन आवश्यक रहेको बताइएको छ ।

खोपहरु प्रतिरोधात्मक प्रणालीलाई नै विशेष रुपमा लक्षित गर्ने किसिमले डिजाइन गरिएको हुन्छ जसले कुनै निश्चित संक्रमणविरुद्ध सुरक्षा दिन्छ । तर यही प्रक्रियाले प्रतिरोधात्मक प्रणालीमा अति तीव्र परिवर्तनहरु पनि ल्याउँछ ।

यसैकारण यो खोपले अन्य संक्रमणहरुप्रति इम्युन सिस्टमले दिने प्रतिक्रिया पनि वृद्धि गर्न सक्ने वैज्ञानिकहरुले आशा गरेका छन् । यसले कोभिडविरुद्ध हाम्रो शरीरलाई फाइदा गराउन सक्ने उनीहरुको भनाइ छ ।

विगतका क्लिनिकल ट्रायलमा बीसीजी खोपले भर्खर जन्मिएका बालबालिकाहरुमा निमोनिया र सेप्सिसका कारण मृत्यु हुने दरलाई ३८ प्रतिशतले कम गराउने गरेको पत्ता लागेको थियो । यता दक्षिण अफ्रिकामा भने यो खोप नाक, घाँटी अनि फोक्सोसँग सम्बन्धित संक्रमण कम गर्न सँग सम्बन्धित रहेको बताइएको छ ।

नेदरल्यान्डमा गरिएको अनुसन्धानमा पनि बीसीजीले शरीरमा ‘यल्लो फिभर’ भाइरसको मात्रा न्युनीकरण गर्ने पत्ता लागेको थियो । यसबारे युनिभर्सिटी अफ एक्सेटर मेडिकल स्कुलका प्रोफेसर जोन क्याम्पबेलले बीबीसीसँग भनेका छन्, “यो विश्वव्यापी रुपमै अत्यन्तै महत्वपूर्ण खोज हुन सक्छ ।

हाम्रो विचारमा यो खोपले कोभिडविरुद्ध नै विशेष रुपमा सुरक्षा दिलाउन नसके पनि वास्तविक खोप र अन्य उपचार नआउन्जेल अवस्य पनि केही फाइदा गराउने सम्भाव्यता बोकेको छ ।” बेलायतको ट्रायल भने अन्तर्राष्ट्रिय ब्रेस–स्टडीको हिस्सा हो जुन अष्ट्रेलिया, नेदरल्यान्ड, स्पेन, ब्राजिलमा पनि भइरहेको छ ।

यसका लागि कूल १० हजार स्वयमसेवक नियुक्त गरिएको छ । जुन स्वास्थ्यकर्मीहरुको स्वास्थ्यमा बढी केन्द्रित छ किनकि उनीहरु कोभिड भाइरससँग सबैभन्दा अगाडि रहेर लडिरहेका छन् । स्याम हिल्टन पनि एक्सटरबाट यस ट्रायलमा सहभागी एक डाक्टर हुन् जो कोभिड संक्रमित हुने उच्च जोखिममा पर्छन् ।

बीबीसीसँगको कुराकानीमा उनले भनेका छन्, “बीसीजीले कोभिडबाट संक्रमित भए पनि धेरै बिरामी नपार्न मद्दत गर्छ भन्ने धेरै राम्रो थ्योरी छ । त्यसैले पनि म यसले केही हिसाबले मलाई सुरक्षित गराउन सक्छ भन्नेमा विश्वास गर्छु । किनकि विशेषगरी यो जाडोयाममा म काममा धेरै खटिनुपर्ने हुन्छ ।”

यता विश्व स्वास्थ्य संगठनका डिरेक्टर जेनेरल डाक्टर टेड्रोसले पनि यो विषयमा यस्तो भनेका हुन्, “रोगमा आधारित खोप नआउन्जेल त्यसविरुद्ध केही स्तरमा सुरक्षा दिलाउन बीसीजी भ्याक्सिनसँग राम्रो सम्भाव्यता छ । ”(बीबीसी)

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top