×

NEPAL TIMES UPDATES

Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026

विपद् जोखिम न्यूनीकरणमा नेपाल दक्षिण एशियामै कमजोर

२७ आश्विन २०७७

२७ असाेज, काठमाडौं ।

अलि उचाइबाट हेर्ने हो भने नेपालका सग्लो र हरियाली पहाड सडक मार्गले छियाछिया परेको देखिन्छ । भत्काइएका ठाउँमा नयाँ बिरुवा रोप्ने र निकास पठाउने काम भएको पाइँदैन । हरेक पहाड डोजरले काटेर गाउँगाउँ सडक पुर्याइनु नकारात्मक नभए पनि सडक बनाइरहँदा त्यसले गर्ने असर र उत्पन्न परिस्थितिबारे विश्लेषण हुन नसक्दा विनाश निम्त्याइरहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कनअनुसारका गतिविधि पाइँदैन ।

रुखबिरुवा रोप्ने प्रावधान नीतिनियममा मात्रै सीमित भएकाले सडक खनेर बनेको नाङ्गा पहाड पहिराको प्रमुख कारण बन्ने गरेको छ । विपद् जोखिम व्यवस्थापनविज्ञ कृष्ण देवकोटा नेपालमा विपद्मैत्री विकास हुन नसक्दा नै जोखिम बढिरहेको जिकिर गर्नुहुन्छ ।

पछिल्लो समय नेपालमा पहिरोजन्य घटना वृद्धि भएको छ । यस वर्ष मात्रै विपद्का कारण ४०२ जनाको मृत्यु भएको तथा १०१ जना हराइरहेका छन् । अर्बौंको क्षति भएको छ । वैशाखयता पहिराले मात्रै २९५ जनाको मृत्यु हुनु सामान्य कुरा होइन । यो दशककै सबैभन्दा बढी मानवीय क्षति हो ।

विश्वभरि रहेको जलवायु परिवर्तको प्रभाव नेपालमा पनि छ । हिमशृङ्खला भएकाले मौसम परिवर्तन हुँदा हिउँ पहिरो जाने, हिउँ पग्लने र हिमताल फुट्न सम्भावना छ । पानीका कारणले हुने विपत्ति पनि नेपालमै छ । त्यसमाथि विकासनिर्माणका काम विपद्मैत्री नहुँदा जोखिममा तेल थप्ने काम गरेको देवकोटा बताउँछन् । ‘सडक खनियो तर जोखिम हेरिएन, त्यसले पहिराजन्य घटना बढायो, अनि बाढी र डुबान भयो”, देवकोटाले भने, ‘जोखिम आकलन गरिएको स्थानमा समेत रोकथाममा प्रविधिको प्रयोग अपर्याप्त छ, पहिचान गरेर मात्रै भएन, त्यसको सही उपचार पनि गर्नुपर्छ, हामी त्यसमा चुकेका छौँ ।’

कतिपय अवस्थामा जोखिम थाहा हुँदाहुँदै पनि मानिस त्यही ठाउँमा बस्न बाध्य भए । नेपालमा यसपालि गएको पहिराका घटना हेर्दा कतिपय ठाउँका बासिन्दाले जान्दाजान्दै पनि अकालमा ज्यान गुमाए । सिन्धुपाल्चोकको जुगलस्थित लिदीमा गएको पहिरो त्यसैको एउटा उदाहरण हो । नागरिकहरु प्हिरो आउँछ भनेर महिनादेखि नै रातभर बाहिर पालमा बस्थे र बिहान घर आउँथे । सोही क्रम दोहोरिँदा बिहान पहिरो खसेर गाउँलेले मृत्यु भोगे ।

जोखिम क्षेत्र भएका स्थानका बासिन्दालाई समयमै स्थानान्तरण गर्न सके मानवीय क्षति कम गर्न सकिन्थ्यो । देवकोटा यसमा सरकारको भूमिका पनि कमजोर छ भन्छन् । सही ठाउँमा सही जिम्मेवारी नदिँदा समस्याको समाधान गर्न नसकिएको तर्क उनको छ । नेपालमा विपद्सम्बन्धी संस्थामा काम गर्ने जनशक्तिको अभाव छ । स्रोतसाधन परिचालन र उद्धार तथा अन्य काममा एकद्वार नीति अबलम्बन गर्न सकिएको छैन ।

विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा नेपाल दक्षिण एशियाको दाँजोमा कमजोर छ । नेपालले विसं २०४९ मा दैवीप्रकोप उद्धार ऐन ल्याएको थियो । यो दक्षिण एशियाको पहिलो ऐन हो । अन्य मुलुकले विपद् मन्त्रालय नै खडा गरिसकेका अवस्थामा नेपालले तीन वर्षअघि सन् २०१७ मा मात्रै नयाँ ऐन ल्याया । बल्ल यस वर्ष विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बनाइएको छ । अफगानिस्तान, श्रीलङ्का र बङ्गलादेशमा विपद्सम्बन्धी मन्त्रालय नै बनिसकेको छ ।

नेपाल जलवायु परिवर्तनको असरको हिसाबले चौथो, भुइँचालाको जोखिमका हिसाबले ११ औँ र पानीजन्य प्रकोपको हिसाबले ३०औँ स्थानमा पर्छ । भौगर्भिक हिसाबले पनि नेपालको धरातल कमजोर छ । देशका भौगर्भिक, भौगोलिक, जैविक, जल तथा मौसम र वातावरणीय अवस्थाका कारणले विपद्का घटाना हुने गरेको पाइन्छ । नेपालका पूर्वदेखि पश्चिमसम्मको भूभाग वर्षायाममा बाढीपहिरो, हिउँदमा अतिवृष्टि या अनावृष्टि, असिना, हुरी र जुनसुकै समयमा भूकम्पीय दृष्टिले संवेदनशील मानिन्छ ।

देशको तराई समतल भूभागमा बाढीजन्य तथा आगलागी, शीतलहर जस्ता विपद्का असर बढी देखिन्छ । पहाडी भागमा पहिरो, बाढी, नदी कटान, आगलागी, भूकम्प, महामारी तथा हिमाली भेगमा हिमपात, हिमताल फुट्ने, पहिरो, आगलागी, महामारी जस्ता विपद् जोखिमका कारण धनजनको क्षति भइरहेको छ ।

नेपालमा हरेक वर्ष औसत ५०० भन्दा बढी विविध प्रकोपका घटना हुने गर्छन् । परिणामस्वरुप भौतिक संरचना तथा मानवीय क्षति हुन्छ र जीविकोपार्जनमा समेत असर पर्छ । पछिल्लो ४५ वर्ष (विसं २०२८–२०७२) का अवधिमा नेपालमा ४० हजारभन्दा बढी व्यक्तिले विपद्का कारण ज्यान गुमाएका छन् । यसपालि पहिराले दशककै सबैभन्दा बढी क्षति पुर्याएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् ।

यस पटकको सङ्कटले जोखिम कम गर्न कसरी एकीकृत रुपमा काम गर्ने भन्नेमा ध्यानाकर्षण गराएको प्राधिकरणले जनाएको छ । जोखिमको आकलन गरेर व्यवहारमा कार्यान्वयन गर्दै स्थानीय तह र समुदायसम्म आवश्यक जानकारी पुर्याउने कुरामा प्राधिकरणले जोड दिएको पोखरेलले बताए । “विपद्लाई अझै पनि प्राथमिकतामा राखेको पाइँदैन, लापरबाहीका हिसाबले लिने, संरचना बनाउँदा अन्य कुरालाई ख्याल नगर्ने, विपद्लाई बुझ्न नसक्ने अवस्था अहिले पनि छ”, पोखरेलले भने, “अब प्राधिकरणले गाउँगाउँमा, जनप्रतिनिधिलाई संरचना निर्माण गर्दा विपद् पनि प्रमुख विषय हो भनेर सचेत गराउन प्रशिक्षण दिने योजना बनाएको छ ।”

दशकौं लगाएर अर्बौंको लगानीमा निर्मित संरचना एक दुई मिनेटमा आएको बाढीपहिराले तहसनहस बनाएको छ । नेपालमा यस सालको बाढीपहिराको क्षति मूल्याङ्कन गर्ने हो भने तत्तत् ठाउँमा वर्षौँ लगाएर बनेको संरचना सखाप भएको पोखरेल बताउँछन् ।

त्यसैले अब कसरी बस्ती बनाउने, भौतिक संरचना बनाउँदा विपद्मैत्री कसरी बनाउने, खोला-नदीको बहावको आकलन र पहिराको जोखिम कसरी पहिचान गर्ने भन्ने हेरी संरचना निर्माण गर्नुपर्नेमा विज्ञको जोड छ । पुनःनिर्माणका कार्यक्रमसँगै बाढीपहिराको पूर्वसूचना प्रणालीलाई अझै व्यवस्थित गर्ने योजनाका साथ प्राधिकरण लागेको जनाइएको छ ।

आज विपद् जोखिम न्यूनीकरण अन्तरराष्ट्रिय दिवस हो । यस वर्षको नारा ‘विपद् जोखिम न्यूनीकरणमैत्री सुशासनः सुरक्षित भविष्यका लागि हाम्रो अभियान’ भन्ने छ । नेपालमा दिवस मनाउने सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपप्रति सजगता राख्दै मानव गतिविधिले उत्पन्न गरेको जोखिम न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका छन् । उनले त्यसको कारण पहिचान गरी सरकारले काम अघि बढाएको बताउनुले पनि जोखिम घटाउनमा सरकारले प्राथमिकता दिएको बुझ्न सकिन्छ ।

गृहमन्त्री रामबादुर थापाले यससम्बन्धी काम गर्ने संस्थाबीच समन्वयमा अभाव रहेकाले सहकार्य जरुरी रहेको औँल्याएका छन् । उनले विपद् जोखिम न्यूनीकरणलाई विकासका हरेक गतिविधिसँग जोडेर लैजानुपर्ने आवश्यकता औँल्याए । रासस

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top