२८ असाेज, विराटनगर।
६५औ प्रहरी दिवस २०७७ को अवसर पारेर आज १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङ्गणमा रक्तदान कार्यक्रयम गरिएको छ । नेपाल रेडक्रस सोसाईटी मोरङ शाखा अन्तर्गतको क्षेत्रीय रक्त सेवा विराटनगरको उपस्थितिमा प्रहरीले रक्तदान गरेको हो ।
पछिल्लो समय कोभिड १९ का कारण देशैभर रगतको कमी भईरहेको बेला रक्तसञ्चार सेवामा रगत अभाव नहोस भन्ने हेतुले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले रक्तदान गरेको हो । रक्तदानको कार्यक्रम चलिरहेकै समयमा कोशी अस्पताल बिराटनगरमा एक महिलालाई तत्काल रगत आवश्यक परेको जानकारी पाए लगत्तै रक्तदान स्थानबाटै उक्त बिरामी महिलाका लागी रगत उपलब्ध गराईएको थियो ।
आज भएको रक्तदान कार्यक्रममा १०१ जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेकाे प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ।
