×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

कोभिड –१९ ले पर्यटनमा मासिक रु १० अर्ब घाटा भयो : मन्त्री भट्टराई

३० आश्विन २०७७

३० असाेज, काठमाडाैँ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष २०२० सफल पार्न सरकार र पर्यटन व्यवसायी संघसंस्थाको भव्य गृहकार्य भए पनि कोभिड –१९ ले अभियान सफल हुन नसकेको बताएका छन् ।

Advertisement
Advertisement

पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद्का समन्वयमा बिहीबार पोखरामा भएको ‘नवीनतम सामान्य परिस्थितिमा पर्यटन प्रवद्र्धन तथा ब्राण्डिङ्ग रणनीति तर्जुमा कार्यशाला’ कार्यक्रममा भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोभिड– १९ का कारण पर्यटनमा मासिक रु रु १० अर्ब घाटा भइरहेको बताए ।

आन्तरिक र बाह्य हवाई मार्ग सञ्चालनसँगै हिमाल आरोहरण र पदयात्राका लागि बिस्तारै बुकिङ खुला हुँदै गएकाले अब वैकल्पिक पर्यटन खोजीसँग अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सुरक्षाको मापदण्ड अवलम्बन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो । मुख्यमन्त्री गुरुङले कोरोना सङ्क्रमित देखिए यहाँ सुरक्षा सतर्कता राम्रो भएकाले पदयात्रा पर्यटन र साहसिक खेललगायत ग्रामीण पर्यटनका लागि डराउनु नपर्ने बताए ।

कोभिड –१९ को असरले गण्डकी प्रदेशले रु २७ अर्बको नोक्सानी भोगिसकेको जनाउँदै उनले अब पर्यटनलाई चलायमान गर्नुपर्ने बताउनुभयो । तत्काल पर्यटन क्षेत्रले भोग्नु परेको नोक्सानलाई ध्यान दिएर व्यवसायीलाई राहत प्याकेजमार्फत यस क्षेत्रमा टिकाउन चुनौती रहेको उल्लेख गर्दै उहाँले रु एक अर्ब राहत प्याकेज मङ्सिरभित्रै वितरण गर्ने गरी पहल गरिएको जानकारी दिए ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेश संस्कृति, प्रकृति र साहसिक पर्यटनका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै यसलाई ब्राण्डिङ्ग गरेर जानुपर्ने धारणा राखे ।

सांसद खगराज अधिकारीले सुरक्षाको मापदण्ड अपनाएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । अर्का सांसद विद्या भट्टराईले अब कोभिड–१९ पछिको पर्यटनको अवस्थालाई अध्ययन गरेर नयाँ मार्ग सिर्जना गरी जानुपर्नेमा जोड दिए । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले पोखरा पर्यटनको विकासमा कार्ययोजनासहित अघि बढेको बताए ।

सो अवसरमा पोखरा महानगरपालिका शहरी योजना आयोग उपाध्यक्ष डा रामचन्द्र लामिछाने, पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष टीकाराम सापकोटा र पर्यटनका अध्येता एवं कार्यशालाका सहजकर्ता श्रीकान्त खतिवडाले पोखराको पर्यटनका वर्तमान अवस्था र यसले पारेका प्रभावका साथै कोभिड १९ पछाडिको पर्यटनको विषयमा नवीनतम सम्भावनाको खोजीका बारेमा प्रस्तुति राखेका थिए ।

Advertisement

कार्यक्रमको दोस्रो सत्रमा पोखराका पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी संघसंस्थाबीच समूहगत छलफल गरी पर्यटनका सबल पक्षसहित कोभिड १९ पछि कसरी पर्यटन केन्द्रित कार्यक्रम गर्ने भन्ने सामूहिक निष्कर्ष निकालिएको थियो ।रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top