×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

आईपीएल: पन्जाबले बेंगलोरलाई अन्तिम बलमा हरायाे

३० आश्विन २०७७

३० असोज, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आइपीएल)मा किंग्स इलेभेन पन्जाबले दोस्रो जित निकालेको छ । बिहीबार शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा ओपनर तथा कप्तान लोकेश राहुल र क्रिस गेलको उत्कृष्ट प्रर्दशनमा किंग्स इलेभेन पन्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गरेको हो । योसँगै पन्जाबले लगातार पाँच खेलमा रहेको हारको सिलसिलामा पूर्णविराम लगाएको छ । जितका लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।

पन्जाबलाई जितको लागि अन्तिम ओभरमा दुई रन आवश्यक रहेको थियो । तर स्पिनर युजभेन्द्र चहलले उत्कृष्ट बलिङ गर्दै खेललाई अन्तिम बलसम्म पुर्याएका थिए । अन्तिम बलमा निकोलस पूरनले लङअनमा छक्का प्रहार गर्दै जित पक्का गराए ।

Advertisement
Advertisement

पन्जाबको जितमा कप्तान लोकेश राहुल ४९ बलमा १ चौका र ५ छक्का सहित ६१ रनमा अविजित रहे । जारी सिजनमा पहिलो खेल खेलेका क्रिस गेलले ४५ बलमा १ चौका र ५ छक्का ५३ रनमा रन आउट भए । दोस्रो विकेटका लागि गेल र राहुलले ९३ रनको साझेदारी गर्दै जित पक्का गराए । गेललाई पन्जाबले तेस्रो नम्बरमा ब्याटिङ गराएको थियो । पहिलो खेलमै उत्कृष्ट अर्ध शतक प्रहार गरेका गेलको प्रर्दशनले पन्जाबलाई मध्यक्रममा आगामी खेलमा ठूलो राहत पुग्नेछ ।

पन्जाबलाई ओपनर मयंक अग्रवाल र राहुलले ८ ओभरमा ७८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । अग्रवाललाई स्पिनर युजभेन्द्र चहलले ४५ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता हात पारे । अग्रवालले २५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । बेंगलोरका युजभेन्द्र चहल बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । मोहम्मद शामीले अन्तिम ओभरमा तीन छक्का र एक चौका सहित कुल २४ रन खर्चेका थिए । क्रिस मोरिस ८ बलमा ३ छक्का र १ चौका सहित २५ रनमा अविजित रहे । इसुरु उडाना ५ बलमा १ छक्का सहित १० रनमा अविजित रहेका थिए ।

बेंगलोरले सुरुवात मध्यम गरेको थियो । ओपनर आरोन फिन्च र देवदत्त पाडिक्कलले पाँचौ ओभरको पहिलो बलमा ३८ रनको साझेदारी गरेका थिए । युवा तीव्र गतिका बलर अर्शदीप सिंहले पाडिक्कललाई निकोलस पुरनबाट १८ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । पाडिक्कले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे । सातौं ओभरको तेस्रो बलमा स्पिनर मुरुगन आश्विनले फिन्चलाई २० रनमा बोल्ड आउट गरे । फिन्चले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

११ औं ओभरको तेस्रो बलमा आश्विनले वासिन्टन सुन्दरलाई १३ रनमा क्रिस जोर्डनबाट क्याच आउट गराए । सुन्दरले १४ बलमा १ चौका प्रहार गरे । जोर्डनले १६ औं ओभरको अन्तिम बलमा शिवम दुबेलाई कप्तान लोकेश राहुलबाट २३ रनमा क्याच आउट गराए । दुबेले १९ बलमा २ छक्का प्रहार गरे ।

१८ औं ओभरको तेस्रो बलमा मोहम्मद शामीले आक्रामक ब्याट्सम्यान एवि डिभिलियर्सलाई दीपक हुडाबाट दुई रनमा क्याच आउट गराएपछि बेगलोरको ठूलो योगफलको सम्भावना सकिएको थियो । डी भिलियर्स आउट भएको दुई बल पछि कोहली राहुलबाट ४८ रनमा क्याच आउट भए । कोहलीले ३९ बलमा ३ चौका प्रहार गरे ।

स्पिनर मुरुगन आश्विनले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । क्रिस जोर्डन र अर्शदीप सिंहको नाममा समान एक एक विकेट रह्यो । जारी आइपिएलमा यो पन्जाबको दोस्रो जित हो । यसअघि लिग चरणको पहिलो खेलमा पन्जाबले बेंगलोरलाईनै ९७ रनले पराजित गरेको थियो । पन्जाबले अव आइतबार मुम्बई इन्डियन्ससँग खेल्ने छ भने बेंगलोरले शनिबार राजस्थान रोयल्ससँग खेल्ने छ ।

बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित अंक तालिकामा तेस्रो स्थानमा छ । किंग्स इलेभेन पन्जाब ८ खेलमा ६ मा हार र २ मा जित सहित पुछारमा छ । दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा छ । मुम्बई ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक जोड्दै दोस्रो स्थानमा छ ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top