३० असोज, बिराटनगर ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा नव निर्मित अमर प्रहरी स्मारकको अनावरण गरिएको छ । शुक्रबार विहान एक विशेष कार्यक्रमका बीच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले नव निर्मित अमर प्रहरी स्मारकको अनावरण गरेका हुन् ।

पूरानो अमर प्रहरी स्मारक नयाँ बनिरहेको प्रदेश प्रहरी कार्यालय भवनको मास्टर प्लान अनुसार नभई अन्यत्र रहेकोले मास्टर प्लान अनुसारको स्थानमा चार फिट उच्चाई भएको नयाँ र ब्यवस्थित अमर प्रहरी स्मारक निर्माण गरी शुक्रबार अनावरण गरिएको हो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक लगायतका प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

