×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेका छौँ : प्रधानमन्त्री

१ कार्तिक २०७७

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले दिगो कृषि विकास तथा पोषिलो आहारको सुनिश्चतताका लागि तीनै तहका सरकारहरुको तालवद्ध र समन्वयात्मक प्रयास आवश्यक हुने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले संविधानले कृषि तथा खाद्य सुरक्षासम्वन्धी विषय संघ, प्रदेश सरकार र स्थानीय तहको अधिकार सूचीमा राखेको चर्चा गर्नुहुँदै यस सन्दर्भमा नेपाल सरकारले लिएका नीतिहरुको सफल कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहहरुलाई हातेमालो गरी अघि बढ्न आह्वान गर्नुभयो ।

उहाँले ४० औं विश्व खाद्य दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिनुहुँदै सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको दायित्व भएको चर्चा गर्नुभयो ।

उहाँले खाद्यसम्बन्धी हकलाई संविधानले मौलिक हकको रुपमा ब्यवस्था गरेकालले गरिवीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने ब्यावहारिक अभ्यास अघि बढाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राज्यले यस्ता प्रयास अघि बढाउँदा त्यसलाई सफल बनाउनु आम नागरिकको दायित्व हो । जनताको खाद्य सुरक्षाको हक स्थापित गर्ने यस प्रयासमाथि सहयोगात्मक अभियान अघि बढ्नुपर्दछ भन्ने म ठान्दछु ।”

उहाँले दिगो विकास लक्ष्यमा ‘भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्ने तथा दिगो कृषि प्रणालीको प्रवर्धन गर्ने’ विषय समेटिएको चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, “यसबाट निर्देशित रही कृषि विकास रणनीति, शून्य भोकमरी चुनौती एवं बहुक्षेत्रीय पोषण योजना दोस्रो लगायत क्षेत्रगत नीति र खाद्य तथा पोषण सुरक्षा हासिल गर्न उपयुक्त रणनीति र कार्यनीतिको प्रभावकारी कार्यान्वयन हुँदै आएको छ ।”

उहाँले चालु १५ औं योजनाले खाद्य उपलब्धताको सुनिश्चितता, आयआर्जनमा सुधार गरी खाद्य पहुँचमा वृद्धि र खाद्य सम्प्रभुता, दीगो खाद्य तथा पोषण सुरक्षा सहितको समाज निर्माण गर्ने सोच लिएको बताउनुभयो ।

उहाँले मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने सरकारको संकल्प जनताको खाद्य सुरक्षाको सफलतासँग जोडिएको बताउनुभयो ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

सम्बन्धित खबरहरु

Scroll to Top