अमेरिकामा काेराेना संक्रमितकाे संख्या ८० लाख पुग्याे

३० असोज ७७, शनिबार

१ कात्तिक, न्युयोर्क ।

Advertisement

अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ८० लाख पुगेको छ । अमेरिकामा कोभिड १९ सङ्क्रमितको संख्या ८० लाख ८ हजार ४०२ पुगेको हो । शुक्रबार यहाँका संक्रमितको संख्या ८० लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

अमेरिका विश्वमा नै कोभिडबाट संक्रमितहरु सबैभन्दा धेरै भएका देशमा पर्दछ । त्यसैगरी यस सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या पनि २ लाख १८ हजार ९७ जना छ ।

Advertisement

उक्त विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा पछिल्ला दिनमा पनि ठूलो संख्याका सङ्क्रमित थपिने गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top