पूर्वमन्त्री डा.डम्बरनारायण यादवको निधन

१ कात्तिक ७७, आइतबार

२ कार्तिक,विराटनगर ।
पूर्वमन्त्री डा.डम्बरनारायण यादवको ८५ वर्षको उमेरमा निधन भएको छ ।

Advertisement

विराटनगरमा उपचारको क्रममा उनको निधन भएको उनका छोरा मनोज यादवले बताए । सप्तरीस्थित आफ्नो निवासमा चार दिनअघि अचानक बेहोस भएपछि उपचारका लागि विराटनगर लगिएको थियो ।

ब्रेन हेम्ब्रेजका कारण उनको निधन भएको पारिवारिक स्रोतले बताइएको छ । पञ्चायती व्यवस्थामा शिक्षा मन्त्री रही सकेका यादव प्रजातन्त्र आएपछि नेपाल सद्भावना पार्टीमा सक्रिय भएका थिए ।

Advertisement

उनी मधेशी नागरिक समाजका अध्यक्षको हैसियतामा विभिन्न समाजिक कार्यमा समेत संलग्न हुँदै आएका थिए । उनको दाहसंस्कार आज सप्तरीमै हुँदैछ । उनका एकजना छोरा र एकजना छोरी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top