×

NEPAL TIMES UPDATES

Playing
जेनजी प्रतिवेदन थन्कियो, प्रश्न उठ्यो :सुशीला सरकार किन डरायो ? || Nepal Times
Mar 19, 2026
Playing
रविको मुद्दाको सुनुवाइ सकियो, आदेश अड्कियो, संशोधनको निर्देशन पेस गर्नुपर्ने || Nepal Times
Mar 19, 2026
Playing
कोसँग डराइरहेका छन् रवि ? || Nepal Times
Mar 19, 2026
Playing
America-Israelमा फूट! बहाना खोज्दै Trump, अब सरेंडर कसले गर्ला ? || Nepal Times
Mar 19, 2026
Playing
आशिकाको फेसबुके निर्देशन विवादमा, नमान्ने १३ पालिकाको निर्णय || Nepal Times
Mar 19, 2026
Playing
आफैंले शिखरमा पुर्याएको एमालेलाई ओलीले आफैंले सक्काए !|| Nepal Times
Mar 19, 2026
Playing
बालेन, रवि र पार्टी बिचको सम्बन्ध || Nepal Times
Mar 19, 2026
Playing
जब Rajendra Baniya लाई Surendra Pandey ले “सबै पत्रकार चोर हुन्” भनेर आरोप लगाए भने के हुन्छ?
Mar 19, 2026
Playing
World News: कतार–साउदी–युइएले चुकाउँदैछन् इजरेलको बदमासीको मूल्य || Nepal Times
Mar 19, 2026
Playing
इरानले भेद्यो अमेरिकी सुरक्षा कवच? रूबियोको घरनजिक ड्रोन,व्हाइट हाउसमा हलचल || Nepal Times
Mar 19, 2026

एकल पुरुषलाई पनि भत्ता

२ कार्तिक २०७७

२ कार्तिक, दार्चुला ।
ज्येष्ठ नागरिक, एकल महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ।

तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ । दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ। गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले गत आर्थिक वर्षबाट रु ५०० का दरले मासिक भत्ता दिन थालेको हो।

Advertisement

एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा पर्ने गरेका कारण भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए। उनीहरुको आर्थिक अवस्थामा थोरै राहत पुगोस् भन्नका लागि भत्ता दिन थालिएको हो।

गाउँपालिकाभरिका २८ एकल पुरुषले गत आर्थिक वर्षदेखि निरन्तर एकल पुरुष भत्ता खान थालेका छन्। अपिहिमाल गाउँपालिकाका अनुसार वडा नं १ का दुई, वडा नं २ का तीन, वडा नं ३ का नौ, वडा नं ४ का तीन, वडा नं ५ का पाँच र वडा नं ६ का छ जना एकल पुरुषले भत्ता पाइरहेका छन्।

गाउँपालिकाले भत्ता दिन थालेपछि एकल पुरुष पनि खुशी छन्। अपिहिमाल गाउँपालिका–४ का करवीरसिंह ठेकरेले भने, “गाउँपालिकाले मासिक रु ५०० भत्ता दिएपछि साबुन, नुन, तेल किन्न सहज भएको छ। अझै यो रकम थप गरिदिए हामी एकल पुरुषलाई पनि सहज हुनेछ।”

गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम गत वर्ष नै निर्माण गरेको छ। यस्तै गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलालाई गाउँपालिकाको तर्फबाट रु एक हजार प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख राजेन्द्रसिंह धामीले बताए।

प्रोत्साहन रकम पाउने भएपछि गर्भवती महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी हुन थालेका छन्।(रासस)

भर्खरको समाचार

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

सम्बन्धित खबरहरु

Scroll to Top