×

NEPAL TIMES UPDATES

Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026

खसीबोका बिक्री गरेर डेढ करोड आम्दानी

२ कार्तिक २०७७

२ कात्तिक, दमौली ।

दशैँ नजिकिँदै गर्दा तनहुँका विभिन्न ठाउँका कृषकले खसीबोका बिक्री गरेर डेढ करोडभन्दा बढी आम्दानी गरेका छन् । जिल्लाको घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका तथा लमजुङको मध्यनेपाल नगरपालिका र सुन्दरबजार नगरपालिकाका कृषकले असोजमा मात्रै रु एक करोड ७३ लाख ३० हजार बराबरको खसीबोका बिक्री गरेका छन् ।

खसीबोका बिक्रीका लागि स्थानीय स्तरमा सहकारी संस्थाले बजारीकरणको व्यवस्था गरिदिएका थिए । यस अवधिमा कृषकले एक हजार १२५ खसीबोका बिक्री गरेका छन् । भिमाद नगरपालिका–९ भानुमतिको अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाले सबैभन्दा बढी खसीबोका बिक्री गरेको छ । सहकारीले रु ३७ लाख ७७ हजार खसीबोका बिक्री गरेको अध्यक्ष देवीमोक्तान आलेले जानकारी दिइन् । तनहुँ, कास्की, लमजुङ, स्याङ्जालगायत जिल्लामा खसीबोका बिक्री गरिएको हो ।

“खसीबोका बजारीकरण गर्न सहकारीले सहयोग गर्दै आएको छ, तनहुँभन्दा बाहिरका जिल्लाका व्यापारी पनि खसीबोका किन्न आइपुग्छन्”, आलेले भनिन् । प्रतिकिलो रु एक हजार ४१० का दरले बिक्री गरेको उनले उल्लेख गरिन् । सो सहकारीमा आबद्ध २०८ कृषकले खसीपालन गरेका छन् । उक्त सहकारीले १९४ खसीबोका बिक्री गरेको थियो ।

यस्तै व्यास नगरपालिका–८ रिस्तीस्थित शुभदीप सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु २५ लाख ६२ हजार बराबरको खसीबोका बिक्री भएको छ । सहकारीका अध्यक्ष पार्वती पौडेलले कृषकलाई सजिलोका लागि सहकारीले बजारीकरणको व्यवस्था मिलाउँदै आएको जानकारी दिइन् । नगरपालिकाले खसीको उत्पादन बिक्रीमा अनुदान दिएपछि यहाँका कृषक बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।

यसैगरी घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङस्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु २१ लाख ६ हजार बराबरको खसीबोका बिक्री भएको छ । सहकारीका अध्यक्ष नानुमाया गैह्रेका अनुसार यस अवधिमा १७३ खसीबोका बिक्री भएको छ ।

भिमाद नगरपालिका–४ माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारीमार्फत रु २२ लाख ४८ हजार बराबरको खसीबोका बिक्री भएको सहकारीका अध्यक्ष सङ्गीता रानाले जानकारी दिइन् । सो सहकारीले १७४ खसीबोका बिक्री गरेको छ । सहकारीमा आबद्ध ५७० शेयर सदस्यमध्ये ४०८ जनाले बाख्रापालन गर्दै आएका छन् ।

“कोरोनाको प्रकोपका बीचमा कृषकले पालेका खसीबोका बिक्री हुन्नन कि भन्ने चिन्ता थियो । व्यापारी खोजी गरी खसी बिक्री गर्न सफल भयौ”, उनले भनिन्, “यसले गर्दा कृषकलाई पनि सहज भएको छ ।”

यस्तै घिरिङ गाउँपालिका–२ सुन्धारास्थित घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु १० लाख २३ हजार बराबरको खसीबोका बिक्री भएको छ । सहकारीका अध्यक्ष शारदा आलेले कोरोना प्रकोपका बीचमा पनि ७७ खसीबोका बिक्री गर्न सकिएको जानकारी दिइन् ।

“दशैँ नजिकिँदै गर्दा सहकारीमा आबद्ध कृषकले पालेका खसीबोका बिक्री गरेर गाउँमा पैसा भित्र्याउन सक्यौँ, शेयर सदस्य उद्यमशील बनेका छन् । सहकारीले पनि केही प्रतिशत नाफा गर्न सकेको छ”, उनले भनिन् । भिमाद नगरपालिका–२ जिलाङस्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु ७९६ हजार बराबरको खसीबोका बिक्री भएको छ ।

यसअवधिमा ५५ खसीबोका बिक्री गरिएको छ । व्यास नगरपालिका–१२ घाँसीकुवास्थित आधारशिला उद्यमी महिला सहकारी संस्थामार्फत रु पाँच लाख ८३ हजार तथा शुक्लागण्डकी नगरपालिका–१ थप्रेकस्थित दिदीबहिनी कृषि सहकारी संस्थामार्फत रु चार लाख ९५ हजार बराबरको खसीबोका बिक्री भएको छ ।

त्यसैगरी लमजुङको मध्यनेपाल नगरपालिका–१ जितास्थित सप्तधारा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु २९ लाख ९२ हजार बराबरको खसीबोका बिक्री भएको छ । सहकारीका अध्यक्ष शुभद्रा पौडेलले सहकारीमार्फत खसीबोकाको बजारीकरण गर्दा नगरपालिकाले उत्पादन बिक्रीमा अनुदान दिएको जानकारी दिइन् । “सहकारीमार्फत बिक्री वितरण गर्दा अनुदान प्राप्त हुँदा कृषक पनि सहकारीमार्फत बजारीकरण गर्न आकर्षित भएका छन्”, उनले भनिन्, “यसले किसानलाई बिचौलियाबाट ठगिन परेको छैन ।”

यस्तै सुन्दरबजार नगरपालिका–१ कुन्छास्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु सात लाख ४४ हजार बराबरको खसीबोका बिक्री भएको छ । भिमाद नगरपालिका–९ का कृषक श्रीमाया आलेले गाउँबाटै खसीबोका बिक्री गर्न पाउँदा सहज भएको बताए ।

“कोरोनाका कारण अहिले खसीबोका बिक्री हुन्न कि भन्ने चिन्ता थियो, त्यो चिन्ता अब रहेन”, उनले भने, “खसीबोका बिक्री गरेर मनग्य आम्दानी भइरहेको छ ।” भिमाद नगरपालिका–४ माझकोटका कृषक प्रेक्षा राना र पार्वती लम्सालले पनि चाडपर्व नजिकिँदै गर्दा खसी बिक्री भएपछि घरखर्च चलाउन सहज भएको बताए ।

नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँ र हेफर इन्टरनेसलन नेपालको साझेदारीमा ती सहकारीमा पशु वस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानको संस्था सबलीकरण परियोजना सञ्चालित छ । परियोजनाअन्तर्गत किसानले उत्पादन गरेका पशु वस्तुको बजारीकरणमा सहयोग, सहकारीको संस्थागत विकास तथा सुदृढीकरण, सहकारीको आवश्यक नीतिनिर्माण र कार्यान्वयन, उद्यमशील बनाउनका लागि वित्तीय सेवामा पहुँच कार्यक्रम सञ्चालन भइरहेको हेफर इन्टरनेसनल नेपालका कार्यक्रम अधिकृत सन्त भट्टराईले जानकारी दिए ।

नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले सहकारी संस्थाले खसीबोकाको बजारीकरण गरी नाफा आर्जन गर्नुभन्दा पनि किसानद्वारा उत्पादित पशुवस्तुको उचित मूल्य प्राप्त गराउन परियोजनाले सहयोग गर्दै आइरहेको बताए । “हचुवाको भरमा खरिद बिक्री हुँदै आएको कार्यलाई निरुत्साहित गर्दै जिउँदो खसीबोकाको नापतौलको आधारमा मूल्य निर्धारण गरी किसानले बिक्री गर्न सफल भएका छन्”, पौडेलले भने ।रासस

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top