३ कात्तिक, काठमाडौं ।
कोरोना महामारीका कारण तत्काल परीक्षा सञ्चालन गर्न कठिनाई भएको जनाउँदै लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ ।
आयोगले सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण परीक्षा व्यवस्थापनका कठिनाई हुने भएकाले परीक्षा स्थगित गरिएको जनाएको छ ।
आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका सम्पूर्ण लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
