×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

२२ फाल्गुन २०८२

२२ फागुन ,काठमाण्डौ ।

जेनजी आन्दोलनअघिसम्म तत्कालिन संसदको सबैभन्दा ठूलो दल रहेको नेपाली काँग्रेस हिजो बेलुकादेखि विभिन्न निर्वाचन क्षेत्रको मत पेटिका खोलिरहँदा र अहिलेसम्मको मत परिणाम हेर्दा काँग्रेसको पर्फमेन्स निकै कमजोर देखिएको छ । अघिल्लो संसदको सबैभन्दा ठूलो यो दल अहिलेसम्म दोस्रो स्थानमा त छ तर निकै धेरै अन्तरमा पहिलो दल बन्दै गरेको रास्वपालाई पछ्याइरहेको छ।

Advertisement
Advertisement

सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनबाट अपदस्थ गरी सभापति बनेका गगन थापा नेतृत्वको नयाँ कांग्रेस नै अहिले देशभर जारी मतगणनामा ९ स्थानमा मात्रै अग्रता हासिल गर्न सकेको छ । अहिलेसम्म रास्वपाले १ मा जितसहित ८७ सिटमा अग्रता कायम गर्दा काँग्रेसको मात्र ९ सिटमा अग्रता बनेको छ ।

उसका सभापतिदेखि कयौं प्रभावशाली नेताहरु रास्वपाका उमेद्वारहरुभन्दा निकै पछाडी परेका छन् । यस्तै हिमालपारिको जिल्ला मुस्ताङबाट भने कांग्रेसले जितको खाता खोलेको छ । उसका उम्मेदवार योगेश गौचन विजयी बनेका छन्। यो विजयसँगै नेपाली कांग्रेसले पनि संघीय संसदको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

गौचनले ३ हजार ७०७ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्द्रधारा विष्टले १ हजार ८०६ मत प्राप्त गरे। गौचन यसअघि २०७९ को चुनावमा पनि विजयी बनेका थिए। नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री रोमी गौचनका छोरा योगेश पर्यटन व्यवसायी हुन् ।

सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका अद्धितीयचन्द्र थकालीले ७५९ मत पाएका छन् । यो विजयसँगै मुस्ताङमा कांग्रेसले आफ्नो प्रभाव कायम राखेको छ भने निर्वाचित गौचनसामु पिताको विरासत जोगाउँदै मुस्ताङको विकास र पर्यटनलाई उचाइमा पु¥याउने चुनौती र अवसर दुवै रहेको छ ।

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा काँग्रेसको विशेष चासो छ । र यहाँ सुरुवातमा कांग्रेसले आग्रता बनाएको भएपनि पछिल्लो अपडेटमा रास्वपाले अग्रता बनाएको छ । यहाँ देउवाका विश्वासपात्र नैनसिंह महरले ५०८ मत पाउँदा रास्वपाका तारा प्रसाद जोशीले १०५२ मतसहित अग्रता बनाएका छन ।

यहाँ नेकपाका उम्मेदवार ५३० मतसहित दोस्रो स्थानमा छन् । यता गुल्मीमा अर्का प्रभावशाली नेता चन्द्र भण्डारीको पनि अवस्था नाजुक नै छ । गुल्मीको क्षेत्र नं १ मा भण्डारीसहित एमालेका नेता प्रदीप ज्ञवालीलाई रास्वपाका नेता सागर ढकालले सुरुवाती अवस्थामा पछि पारेका छन् ।

मत गणनाको सार्वजनिक अपडेट अनुसार ६२२ मत पाएका छन् भने कांग्रेसका चन्द्र भण्डारीले ३३६, एमालेका प्रदीप ज्ञवालीले ४४९ र नेकपाका सुदर्शन बरालले १७१ मत पाएका छन् । कांग्रेसका सहमहामन्त्री तथा ललितपुर १ का उम्मेदवार उदयशम्शेर राणाले भने काठमाडौँ उपत्यकाका १५ सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को क्लिनस्वीप रोक्ने सम्भावना जीवीतै राखेका छन् ।

ललितपुर १ मा कांग्रेसका राणाले ४ हजार १३३ मत ल्याउँदा रास्वपाका बुद्धरत्न महर्जनले २६ सय ६३ मत पाएका छन् । २०७९ को निर्वाचनमा कांग्रेसले काठमाडौँका १, ३, ४, ५ र १० क्षेत्र जित्दा ललितपुर १ र भक्तपुर २ जितेको थियो। यता मोरङ निर्वाचन क्षेत्र नम्बर ६ को प्रारम्भिक मतगणनाले राजनीतिक वृत्तमा ठूलो परकम्प ल्याइदिएको छ ।

नेपाली कांग्रेसका ’हेभीवेट’ नेता डा. शेखर कोइरालाको विरासत मानिने यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता लिएकी छिन् । आचार्यले कोइरालालाई मात्र होइन, नेकपा एमालेका उम्मेदवारलाई समेत निकै पछाडि छाड्दै ’एकतर्फी’ दौड सुरु गरेकी हुन् ।

यहाँ अहिलेसम्म रुविना आचार्यको ४६७९, डा. शेखर कोइरालाको–९८६, र श्रम संस्कृतिबाट मातृका पौडेल ९२२ र एमालेका विनोद ढकालको पक्षमा ९१० मत खसेको छ । यस्तै मोरंग क्षेत्र नम्बर ४ मा पनि काँग्रेसका महामन्त्री गुरुराज घिमिरे निकै पछाडी परेका छन् । यहाँ रास्वपाका उमेद्वारले काँग्रेस, एमाले, नेकपाका उमेद्वारहरुलाई निकै पछाडी छाडेका छन् ।

उता काठमाडौं क्षेत्र नम्बर ५मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सस्मित पोखरेलले प्रतिस्पर्धीसँगको मतान्तर बढाउँदै जाँदा कांग्रेसका प्रदीप पौडेलले ४ हजार २१९मत प्राप्त गरेका छन् । उनीहरूबीच ९ हजारको मतान्तर छ । यस्तै सभापतिले छाडेको काठमाडौं ४ मा चर्चित क्रिकेट कमेन्टेटरसमेत रहेका सचिन पोखरेल पनि पछाडी परेका छन् ।

यहाँ पनि रास्वपाले अग्रता बनाएको छ । लमजुङमा जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार कांग्रेसले अग्रता लिएको छ । यहाँ कांग्रेसका उम्मेदवार गम प्रसाद गुरुङ अगाडि देखिएका छन् । कुल ४९५ मत गणना हुँदा कांग्रेसका गुरुङले १७७ मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा (एमाले) का उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ११८ मतसहित पछ्याइरहेका छन्। यहाँ कांग्रेस र एमालेका उम्मेदवारबीच ५९ मतको अन्तर देखिएको छ । काँग्रेसका लागि सबैभन्दा प्रतिष्ठाको क्षेत्र बनेको सर्लाही ४ मा पनि अहिलेसम्म विजोग नै देखिएको छ । प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिहंले झन्डै ५ सय मतले अग्रता हासिल गरेका छन् ।

सिन्धुपाल्चोक २ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका वंशलाल तामाङले सुरुवाती अग्रता लिएका छन् । तामाङले १३५ मत ल्याउँदा दोस्रोमा नेकपाका युवराज दुलालले ९० मत पाएका छन् । त्यस्तै तेस्रोमा नेकपा एमालेका शेर बहादुर तामाङले ६९ मत ल्याएका छन् ।

रास्वपाका झलक श्रेष्ठले ५४ मत पाएका छन् । यता सुनसरी ३ मा विजय गच्छदार अहिलेसम्मको परिणामअनुसार तेस्रो स्थानमा छन् । यहाँ पनि रास्वपाका उमेद्वार नै एक नम्बरमा छन् । यता मोरंग ३ मा काँग्रेसका सुनिल शर्मा दोस्रो स्थानमा छन् । यहाँ हर्क साम्पांगको दलका उमेद्वार अमिर मगरले अग्रता बनाएका हुन् ।

यहाँ रास्वपाका गणेश कार्की अहिलेसम्म तेस्रो नम्बरमा छन् । अर्का प्रभावशाली नेता एवं पूर्वअर्थमन्त्री रहिसकेका डा मिनेन्द्र रिजाल पनि मोरंग २ मा पछाडी परेका छन् । यहाँ रास्वपाको पहिला, एमालेको दोस्रो स्थानमा मत बढीरहेको छ । यसबीच कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य रहेको बताएका छन् ।

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहेको छ र गणना भएका ठाउँमध्ये अधिकांशमा रास्वपाका उम्मेदवार अगाडि छन् । यस्तो अवस्थामा उपसभापति शर्माले मतदाताको फैसला स्वीकार्य रहेको बताएका हुन् ।

‘मतदाताको फैसला स्वीकार्य छ। ’बुलेटझबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहो¥याउँदै ’ब्यालेटझबाट आउँदैगरेको रास्वपालाई स्वागत,’ उनले सामाजिक सञ्जाल एक्समा आज लेखेका छन्, ‘०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन कि चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ।’

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top