५ कात्तिक, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यससँगै हालसम्म निको हुनेहरुको संख्या ९९ हार ६ सय ५ पुगेको छ । मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ६८ दशमलभ ७ प्रतिशत रहेको छ।
बुधबार ५ हजार ७४३ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । एकैदिन सङ्क्रमण पुष्टि हुनेकाे याे सङ्ख्या अहिलेसम्मकै धेरै हाे ।