×

NEPAL TIMES UPDATES

Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026
Playing
Iran यु द्धबाट America ले उठायो आर्थिक फाइदा, कसरी ? || Nepal Times
Mar 11, 2026
Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026

दशैँमा पनि गुडेनन् सबै बस

७ कार्तिक २०७७

काठमाडौँ: दशैँको छैटौँ दिन बितिसक्दा पनि पूरै सङ्ख्याका लामो तथा मध्यम दूरीका सार्वजनिक बस सञ्चालन हुन सकेनन् । गत चैत ११ देखि थन्किएका बस साउन ७ गते बन्दाबन्दी खुलेपछि चलाउन अनुमति पाए पनि यात्रु नपाएर ग्यारेजमै थन्किएका छन् ।

सामान्य अवस्थामा दिनमा नयाँ बसपार्कबाट मात्रै दैनिक २५ सय बस बाहिरिन्थे तर हाल दशैँको अवसरमा पनि दैनिक छ सय बस मात्र बाहिरिएका छन् । यात्रु नभएका कारण बस कम चलेका हुन् । कोरोनाको बन्दाबन्दीपछि यात्रुको रोजाइ बसभन्दा पनि हवाई यातायात परेको छ । ट्राफिक प्रहरीका अनुसार असोज १ देखि कात्तिक ४ सम्म काठमाडौँ उपत्यकाबाट एक लाख ५२ हजार ६३८ सवारीसाधन बाहिरिए । विगतका वर्षमा झन्डै ३० लाख मानिस राजधानीबाट बाहिरिने गर्दथे ।

त्यसैगरी एक महिनामा छ लाख ७० हजार ८१ यात्रु काठमाडौँबाट बाहिरिए भने एक लाख ५३ हजार ६१० सवारीसाधनबाट छ लाख २० हजार ८९ भित्रिए । यही कारण दशैँको चलपहलले यातायात व्यवसायलाई छोएको छैन । हाल जम्मा ४० प्रतिशत मात्र बस चलेका छन् भने ६० प्रतिशत ग्यारेजमै थन्किएका छन् ।

यात्रु नभएपछि सबै बस नचलाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । दशैँमा पनि यात्रुको चाप नभएपछि व्यवसायी अचम्मित छन् । व्यवसायबाटै पलायन हुने सम्भावना देखिएको सरोकारवालाको भनाइ छ ।

महासङ्घका महासचिव सरोज सिटौला भन्नुहुन्छ, “परिस्थिति सोचेभन्दा बाहिर भयो । यतिसम्म होला भनेर सोचेकै थिएनौँ । ४० प्रतिशत मात्रै बस चलेका छन् अरू थन्किएका छन् । चलेकाको पनि खर्च धान्न सक्ने अवस्था छैन । ”

बजारमा चहलपहल भए पनि मानिसहरू यात्रा गर्न भने डराइरहेका छन् । अति आवश्यक काम परेका वा विदेशबाट आएकाबाहेक बसले यात्रु पाएका छैनन् । दशैँ मनाउन घर जाने भनेर बस चढ्नेको सङ्ख्या ३० प्रतिशत पनि नरहेको सिटौलाको दाबी छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top