विराटनगरको नोबेल अस्पतालमा उपचारारत दुई कोरोना संक्रमितको मृत्यु

७ कात्तिक ७७, शुक्रबार

७ कार्तिक, विराटनगर ।
आज बिहान विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारारत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Advertisement

सुनसरीको धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको नोबेल मेडिकल कलेज विराटनगरका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार ती पुरुषमा फोक्सो र मिर्गौला सम्बन्धी समस्या थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी ५ कात्तिक विहान भर्ना भएका थिए । सोही दिन बेलुका कोरोना पोजेटिभ देखिएको थियो ।

Advertisement

त्यस्तै शुक्रबार बिहान करिब ४ बजे धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । दाहालका अनुसार महिला २९ असोजमा नोबेल मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।

सोही दिन उनलाई कोरोना पोजेटिभ देखिएको थियो । मृतकमा श्वासप्रश्वास र मधुमेह सम्बन्धी रोग थियो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top