चितवनमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

६ कात्तिक ७७, शुक्रबार

७ कात्तिक, चितवन ।

जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा ८४ वर्षीया महिला र ७० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ । राप्ती नगरपालिका–५ निवासी ८४ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ४ः१९ बजे मृत्यु भएको हो । कात्तिक ५ गते श्वासप्रश्वास र उच्च ज्वरोको समस्या भई अस्पताल भर्ना भएकी उनमा ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उच्च रक्तचाप, बाथ रोग र निमोनियाको समेत समस्या रहेकी उनलाई सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

Advertisement

सोही कलेजमा उपचाररत ७० वर्षीय सङ्क्रमित पुरुषको आज बिहान ८ः४४ बजे मृत्यु भएको छ । चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार भरतपुर महानगरपालिका–७ निवासी पुरुषको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । कात्तिक २ गते श्वासप्रश्वास र मिर्गौलाको समस्या भई अस्पतालमा भर्ना भएका उनको सोही दिन कोरोना पुष्टि भएको थियो । उनी मिर्गौला र उच्च रक्तचापको समेत बिरामी थिए ।

यस्तै भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको बिहीवार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। कात्तिक ६ गते सङ्क्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनमा असोज २६ गते कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा बसेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि उपचारका सबै उपाय गर्दागर्दै मृत्यु भएको पौडेलले जानकारी दिए ।

Advertisement

रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top