×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बहराइनका राजकुमार स्वदेश फर्किए, भने- ‘नेपालमै बसौँबसौँ लाग्यो’

८ कार्तिक २०७७

काठमाडौँ : बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाले नेपालको प्राकृतिक सौन्दर्यबाट आफू ज्यादै रोमाञ्चित भएको बताउनुभएको छ । मनास्लु र लोबुचे हिमालको आरोहण सम्पन्न गरेर शुक्रबार बहराइन फर्कने क्रममा उहाँले हिमाल नै थाहा नभएको आफूलाई हिमाल चढ्दा नेपालमै बसौँबसौँ लागेको प्रतिक्रिया दिनुभएको हो ।

हिमाल चढ्दा र नेपाल बसाइको अनुभव मध्यपूर्वका जनतालाई बाँड्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभएको छ । नेपालप्रति मेरो यति लामो बसाइमा कुनै गुनासो छैन । यहाँको आतिथ्यदेखि लिएर हिमाल आरोहण र अन्य प्राकृतिक सौन्दर्यको अनुभव साँच्चै स्मरणीय रह्यो, उहाँको अनुभव थियो ।

Advertisement
Advertisement

नेपालका हिमाल आरोहण गर्न क्रिस्टिफर एन्थोनीको नेतृत्वमा राजकुमार खलिफासहित १८ सदस्यीय टोली गत भदौ ३१ मा नेपाल आएको थियो । राजकुमारसहितको उक्त टोलीलाई शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो ।

बिदाइ भेटमा मन्त्री भट्टराईले बहराइनसँगको हवाई उडान नियमित गर्न र त्यहाँका नागरिकलाई नेपाल घुम्न पठाउन सहयोगी भूमिका खेलिदिन पनि आग्रह गर्नुभएको थियो । त्यस्तै नेपालका हिमाल आरोहण गरेर पूरै मध्यपूर्वमा नेपालको सौन्दर्यका बारेमा प्रचार भएको भन्दै उहाँले राजकुमार खलिफाप्रति आभार व्यक्त गर्नुभयो ।

Advertisement

राजकुमारको उक्त आरोहण टोलीमा बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी र तीन जना बेलायती नागरिक थिए । उक्त टोलीले ८५१६ मिटर अग्लो मनास्लु र ६११९ मिटर अग्लो लोबुचो हिमाल आरोहण गरेको थियो ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top