बिहार निर्वाचनः पहिलो चरणको मतदान जारी

११ कात्तिक ७७, बुधबार

१२ कार्तिक, एजेन्सी ।
भारतको बिहारमा पहिलो चरणको विधानसभा निर्वाचन अन्तर्गत मतदान शुरु भएको छ।

Advertisement

७१ सिटका लागि ६० दलका एक हजार ६६ जना उम्मेद्वार मैदानमा छन्। दोस्रो चरणको मतदान ३ नोभेम्बर र तेस्रो चरणको मतदान ७ नोभेम्बरका लागि तोकिएको छ। मत परिणाम भने १० नोभेम्बरमा सार्वजनिक हुनेछ।

कोभिड–१९ महामारी जारी रहेकोले चुनाव आयोगले मतदान गर्ने समय एक घण्टा बढाएको छ। विभिन्न ठाउँमा सिटअनुसारको मतदान समय छुटाइएको छ। ४ सिटका लागि बिहान ७ बजेबाट दिउँसो ३ बजेसम्मका लागि समय तोकेको छ।

Advertisement

त्यसैगरी २६ सिटको मतदानका लागि ४ बजेसम्म, ५ सिटका लागि ५ बजेसम्म र ३६ सिटका लागि ६ बजेसम्म मतदानको समय तोकेको छ।

कोभिडको समय भएकोले सावधानीपूर्वक मतदान गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले आग्रह गरेका छन्। मास्क अनिवार्य लगाउन र भौतिक दुरी कायम राख्नसमेत उनले आग्रह गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top