चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु

११ कात्तिक ७७, बुधबार

१२ कार्तिक, चितवन ।
चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका नवलपुर जिल्ला गैंडाकोट नगरपालिका–२ निवासी ५४ वर्षीय पुरुषको हिजो साँझ कोरोनाका कारण मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

कार्तिक ३ गते स्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा भोलीपल्ट संक्रमण पुष्टी भएको थियो । मधुमेहका विरामी उनलाई सघन उपचार कक्षमा भेन्टीलेटरको सहायताले उपचार गरिएको थियो ।

यस्तै भरतपुर सरकारी अस्पतालमा उपचाररत गोरखाकी १९ वर्षीया युवतीको पनि कोरोनाका कारण हिजो मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालिका– १ की युवतीको कार्तिक ५ गते कोभिड– १९ संक्रमण पुष्टी भई श्वासप्रश्वासमा समस्या भएपछि कार्तिक ६ गते अस्पतालको कोभिड आइसीयुमा उपचार भइरहेको थियो ।

यो सँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ सय ७८ पुगेको छ । हिजो मात्र स्वास्थ्य मन्त्रालयले थप १४ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top