×

NEPAL TIMES UPDATES

Playing
जेनजी प्रतिवेदन थन्कियो, प्रश्न उठ्यो :सुशीला सरकार किन डरायो ? || Nepal Times
Mar 19, 2026
Playing
रविको मुद्दाको सुनुवाइ सकियो, आदेश अड्कियो, संशोधनको निर्देशन पेस गर्नुपर्ने || Nepal Times
Mar 19, 2026
Playing
कोसँग डराइरहेका छन् रवि ? || Nepal Times
Mar 19, 2026
Playing
America-Israelमा फूट! बहाना खोज्दै Trump, अब सरेंडर कसले गर्ला ? || Nepal Times
Mar 19, 2026
Playing
आशिकाको फेसबुके निर्देशन विवादमा, नमान्ने १३ पालिकाको निर्णय || Nepal Times
Mar 19, 2026
Playing
आफैंले शिखरमा पुर्याएको एमालेलाई ओलीले आफैंले सक्काए !|| Nepal Times
Mar 19, 2026
Playing
बालेन, रवि र पार्टी बिचको सम्बन्ध || Nepal Times
Mar 19, 2026
Playing
जब Rajendra Baniya लाई Surendra Pandey ले “सबै पत्रकार चोर हुन्” भनेर आरोप लगाए भने के हुन्छ?
Mar 19, 2026
Playing
World News: कतार–साउदी–युइएले चुकाउँदैछन् इजरेलको बदमासीको मूल्य || Nepal Times
Mar 19, 2026
Playing
इरानले भेद्यो अमेरिकी सुरक्षा कवच? रूबियोको घरनजिक ड्रोन,व्हाइट हाउसमा हलचल || Nepal Times
Mar 19, 2026

रिपब्लीकन सिनेटरहरुले ट्वीटर, फेसबुक र गूगलका प्रमुखमाथि सोधपुछ गर्ने

१२ कार्तिक २०७७

१२ कात्तिक, वासिङ्टन।

अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टी आबद्ध सिनेटरहरुले ट्वीटर, फेसबुक र गूगलका प्रमुख कार्यकारी अधिकृतमाथि सम्भावित पूर्वाग्रहका बारेमा बयान लिने भएका छन् ।

Advertisement

सिनेटको व्यापार समितिले ट्वीटरका प्रमुख कार्यकारी ज्याक डर्सी, फेसबुकका मार्क जुकरबर्ग र गूगलका सुन्दर पिचाईलाई बयानका लागि बुधबार समितिको बैठकमा डाकेको छ । अदालतबाट आदेश पूर्जी जारी गर्न सक्ने धम्की दिइएपछि उनीहरु तीनै जना भर्चुअल बैठकमा उपस्थित हुन मञ्जुर भएका थिए ।

यसै महिना फेसबुक र ट्वीटरले दक्षिणपन्थी झुकाव राख्ने न्यूयोर्क पोष्ट अखबारले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनका सम्बन्धमा प्रकाशित समाचारलाई फेसबुक र ट्वीटरले आफ्ना प्लेटफर्ममा राख्न नदिए पछि त्यसको रिपब्लीकन पार्टीले विरोध गरेको थियो ।

न्यूयोर्क पोष्टले छापेको समाचारलाई अमेरिकाका अरु प्रमुख संचारमाध्यमले प्रकाशन नगरेको तथा बाइडेनका छोरा हन्टरले पठाएका भनिएका इमेलहरु पुष्टी नभएको ट्वीटर र फेसबुकले जनाएका छन् । यी इमेलहरु रिपब्लीकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका समर्थकहरुले प्रकाशन गर्न लगाएको र ती पूर्वाग्रही रहेको बताइएको छ ।

प्रमुख कार्यकारीहरुसँग प्रश्न गर्नुका अलावा सिनेटरहरुले अनलाइन माध्यममा अभिव्यक्तिको कानुनी संरक्षणका बारेमा पनि सोधपुछ गर्नेछन् । अभिव्यक्ति स्वतन्त्रता र सञ्चार माध्यमले प्राप्त गरिरहेको संरक्षण हालसम्म अनलाइन, सामाजिक सञ्जालजस्ता प्लेटफर्मले पनि प्रयोग गरिरहेका छन् ।

अमेरिकी न्याय विभागले प्लेटफर्मले प्राप्त गरिरहेका कतिपय संरक्षणहरु हटाउन अमेरिकी तल्लो सदन कंग्रेस समक्ष अनुरोध गरिसकेको छ । राष्ट्रपति ट्रम्पले सन् १९९६ को सञ्चार कानुन अन्तर्गत यस्तो संरक्षणको हकलाई चुनौती दिँदै एउटा कार्यकारी आदेशमा यसअघि नै हस्ताक्षर गरिसकेका छन् ।

सिनेटको बाणिज्य समितिका अध्यक्ष सिनेटर रोजर विकरले लामो समयदेखि सामाजिक सञ्जालका प्रविधि प्लेटफर्मले आफूखुशी वा आफूलाई मन नपरेका व्यक्तिले पोष्ट गरेका सामग्रीलाई सेन्सर गर्ने गरेको बताए ।

अमेरिकी राष्ट्रपतिको चुनावअघि राष्ट्रपति ट्रम्प र उनका समर्थकका विवादास्पद एवं झुठा सामग्रीलाई फेसबुक, ट्वीटर र गूगलले हटाउने, रोक्ने वा सेन्सर गर्ने गरेका छन् । ट्रम्प र उनका समर्थकको विचारमा यी प्रमुख सामाजिक सञ्जालले डेमोक्रेटिक पार्टी र यसका उम्मेदवार जो बाइडेनलाई समर्थन गरेको आरोप लगाइरहेका छन् ।रासस / एपी

भर्खरको समाचार

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

सम्बन्धित खबरहरु

Scroll to Top