×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

आईपीएल : बेंगलोरलाई हराउँदै मुम्बई प्लेअफमा

१३ कार्तिक २०७७

१३ कात्तिक, एजेन्सी ।
रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गर्दै साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० काे प्ले अफमा पुगेको छ । मुम्बईले बुधबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको आईपीएलको ४८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको हो ।

जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९।१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईको जितमा सूर्यकुमार यादव ४३ बलमा १० चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहे । काइरन पोलार्ड ४ रनमा अविजित रहे ।

Advertisement
Advertisement

मुम्बईले पहिलो विकेट छैटौं ओभरको तेस्रो बलमा क्विन्टन डी ककलाई १८ रनमा गुमाएको थियो । डी कक मोहम्मद शिराजको बलमा गुरक्रित सिंहमानबाट क्याच आउट हुन पुगेका थिए । आठौं ओभरको पाँचौ बलमा ईशान किशनलाई युजभेन्द्र चहलले २५ रनमा क्रिस मोरिसबाट क्याच आउट गराए । किशनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

सौरभ तिवारी ५ रनमा क्याच आउट भए । चहलले १४ औं ओभरको पाँचौ बलमा कु्रनाल पान्ड्यालाई १० रनमा क्रिस मोरिसबाट क्याच आउट गराए । क्रिस मोरिसको १९ औं ओभरको पाँचौ बलमा हार्दिक पान्ड्या मोहम्मद शिराजबाट १७ रनमा क्याच आउट भए । हार्दिकले १५ बलमा २ छक्का प्रहार गरे । युजभेन्द्र चहलले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराजले ३।१ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । क्रिस मोरिसको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको बेंगलोरले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । पाडिक्कलले ४५ बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक ७४ रनको योगदान दिए । सुरुवात राम्रो गरेपनि अन्त्य कमजोर गर्दा बेंगलोर विशाल योगफल बनाउन चुकेको हो । बेंगलोरले अन्तिम पाँच ओभरमा ३५ रन जोड्न ४ विकेट गुमाउन पुगेको थियो ।

बेंगलोरलाई दुई युवा ओपनर ओपनर देवदत्त पाडिक्कल र जोश फिलिपेले ७।५ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुई ओपनरबीचको साझेदारी स्पिनर राहुल चहरले क्विन्टन डी ककबाट फिलिपेलाई स्टम्पिङ आउट गराउँदै तोडेका थिए । फिलिपेले २४ बलमा ४ चौका र १ छक्का सहित ३४ रनको योगदान दिए । फिलिपेको खुट्टा जमिनको सतह भन्दा केहिमाथी भएको अवस्थामा स्टम्पिङ हुन पुगेका थिए ।

जस्प्रित बुमराहले कप्तान विराट कोहलीलाई १२ औं ओभरको दोस्रो बलमा सौरभ तिवारीबाट ९ रनमा क्याच आउट गराए । कप्तान काइरन पोलार्डको १६ औं ओभरको दोस्रो बलमा एबी डि भिलियर्स चहरबाट १५ रनमा क्याच आउट हुन पुगे । डी भिलियर्सले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

१७ औं ओभरमा बुमराहले दुई विकेट सहित मेडन राख्दै खेलमा फर्काएका थिए । तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा शिवम् दुबे दुई रनमा सूर्यकुमार यादवबाट क्याच आउट हुन पुगे । पाँचौ बलमा पाडिक्कल बोल्टबाट समातिन पुगे । ट्रेन्ट बोल्टको १८ औैं ओभरको दोस्रो बलमा क्रिस मोरिस ४ रनमा जेम्स प्याटिनसनबाट क्याच आउट हुन पुगेका थिए । गुरक्रित मानसिंह ११ बलमा २ चौका सहित १४ रनमा अविजित रहे ।

वासिन्टन सुन्दर ६ बलमा १ चौका सहित १० रनमा अविजित रहे । जस्प्रित बुमराहले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर ३ विकेट लिए । राहुल चहर, ट्रेन्ट बोल्ट र कप्तान काइरन पोलार्डको नाममा एक एक विकेट रह्यो । बेंगलोरले अव शनिवार सनराइजर्स हैदराबादसँग खेल्नेछ भने मुम्बईले शनिबारनै दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ ।

आईपीएलको अंक तालिकामा मुम्बई १२ खेलमा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर १२ खेलमा ७ मा जित र ५ मा हार सहित दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स १२ खेलमा ७ मा जित र ५ मा हार तेस्रो स्थानमा छ । पन्जाब १२ खेलमा ६ मा हार र ६ मा जित सहित चौथो स्थानमा छ ।

Advertisement

कोलकाता १२ खेलमा ६ मा जित र ६ मा हार सहित पाँचौ स्थानमा छ । सनराइजर्स हैदराबाद १२ खेलमा ७ मा हार र ५ मा जित सहित छैटौं स्थानमा उक्लिएको छ । राजस्थान १२ खेलमा ७ मा हार र ५ मा जित सहित सातौं स्थानमा पुगेको छ । चेन्नई सुपर किंग्स १२ खेलमा ८ मा हार र ४ मा जित सहित पुछारमा छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top