×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

मर्दी हिमालको ‘हाइक्याम्प’मा फोन र इन्टरनेट

१३ कार्तिक २०७७

१३ कात्तिक, कास्की ।

नेपाल टेलिकम पोखराले कास्कीको चर्चित मर्दी हिमाल पदयात्रामा फोन र इन्टरनेट सेवा विस्तार गरेको छ । माछापुच्छ्रे गाउपालिका–९ स्थित तीन हजार ५५० मिटरको उचाईको ‘हाईक्याम्प’मा टावर स्थापना गरी फोन र इन्टरनेट सेवा शुरु गरिएको नेपाल टेलिकम पोखराका कार्यालय प्रमूख नरेन्द्रमान सिँह महर्जनले जानकारी दिए ।

Advertisement
Advertisement

विद्युत नभएकोले सोलार प्रणालीबाट ‘टूजी’ र ‘थ्रीजी’ मोवाईल सेवा सञ्चालन गरेको र यसबाट तीव्र गतिको ईन्टरनेट चलाउन तथा कुराकानी गर्न सकिनेछ । त्यहाँ ‘ओम्नी एन्टेना’ जडान गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्दछ मर्दी हिमाल पदयात्रा । समुन्द्री सतहबाट चार हजार ५०० मिटरको उचाइमा अवस्थित मर्र्दी हिमालको आधारशिविर पदयात्राको अन्तिम गन्तव्य हो ।

मर्दी पदयात्रामा टेलिकमको सेवा विस्तारसँगै विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर र माछापुच्छ्रे नमूना पदयात्रामा जाने पर्यटक लाभान्वित हुने सोही क्षेत्रमा पर्यटन व्यवसायमा आवद्ध सुदीप गौतम बताउँछन् ।

पोखरा बजारदेखि उत्तरतर्फको मर्दी हिमालको काखसम्म पुग्न माछापुच्छ्रे–९ सिदिङसम्म जीपमा पुग्न सकिन्छ जहाँबाट पैदलयात्रा शुरु हुन्छ । पोखराबाट पाँचदेखि छ दिनको प्याकेजमा मर्दी बेसक्याम्प पुगेर फर्किन सकिन्छ ।

हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्गल, सुन्दर डाँडाकाँडा र बस्तीको दृश्यावलोकन सहितको आनन्द लिन सकिने यो पदयात्राामा वर्षमा ४० देखी ५० हजार हाराहारीमा पर्यटक आउने गरेको पर्यटन व्यवसायी बताउँछन् । पर्यटकको आकर्षण रहेपनि सञ्चार पहुँच नहुँदा पर्यटक बाटोबाटै हराउने, गन्तव्य पहिलाउन नसक्दा अलमलिने तथा परिवारसँगको सम्पर्कबाट विमुख हुनुपर्ने बाध्यता थियो । कतिपय अवस्थामा पर्यटकको उद्धार तथा बिरामी भएमा अस्पतालसम्म लैजानलाई सम्पर्क गर्न कठिन पथ्र्यो ।

माछापुच्छ्रे गाउँपालिका वडा नं ९ ले टेलिकम पोखरालाई सेवा विस्तारको अनुरोध गरेपछि वडा र टेलिकमबीच गत वर्ष सो सम्बन्धी सम्झौता भएको थियो । अब मर्दीको आधार शिविरसम्मै फोनमा कुराकानी गर्न सकिन्छ । कार्यालय प्रमुख महर्जनले भने,“ उकाली,ओराली तथा बढी खोँच भएकाले राम्रो सेवाका लागि अझै केही स्थानमा टावर थप्नुपर्ने हुन सक्छ । गुणस्तर हेरेर अन्यत्र सेवा बढाउँछौँ ।” अन्नपूर्ण पदमार्गको देउरालीको सिडिएमए टावरका कारण कहिलेकाँही सो सेवा उपलव्ध रहेपनि प्रायःजसो सम्पर्क गर्न कठिनाई हुन्थ्यो ।

हालको टावर सञ्चालनबाट अन्नपूर्ण पदमार्गका कतिपय कूना काप्चाहरुमा समेत सेवा पुग्ने र सो मार्गका अन्य स्थानहरुमा यही टावरकै लिङ्क प्रयोग गरी सेवा विस्तार गर्न सकिने टेलिकमले जनाएको छ । सञ्चारको असुविधाका कारण कतिपय पर्यटकहरु पदयात्राका क्रममा बेपत्ता भएको र खोजी कार्यमा समेत कठिनाई हुने गरेको सोही वडाका वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले बताए।

फोन नलाग्दा पर्यटक र उनीहरुका पथप्रदर्शक तथा पर्यटन व्यवसायीबीच सम्पर्क नहुँदा कपितय अवस्थामा दुर्घटना र बिरामी पर्दा समेत समयमै उद्धारमा कठिनाई हुने गरेको बताइन्छ ।

Advertisement

मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले घाम नलागेको दिनमा साँझमा फोन र इन्टरेटमा अलि समस्या आएपनि अन्य दिनमा राम्रो सेवा प्राप्त भएको बताए। समितिले हाइक्याम्पमा टेलिकमको टावर राख्नका लागि रु छ लाख लागतमा भवन निर्माण गरेको बताए। पदयात्रीको बास बस्ने अन्तिम स्थल हाइक्याम्प हो । त्यहाँबाट आठ घण्टामा मर्दीको आधार शिविर पुगेर फर्केर आउन सकिन्छ ।रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top