१३ कार्तिक, विराटनगर ।
सञ्चारकर्मी रवि लामिछाने र पत्नी निकिता पौडेल कोरोना भाइरस संक्रमित भएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्चालमार्फत लामिछानेले आफू र पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ ।
केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’